All about Sunuwar

Archives

now browsing by author

 

नवराजको स्वास्थ्यमा सुधार तर अझै सहयोगको आपेक्ष

चुप्लु दामलोच-
२५, मङ्सिर । दुई तले घरको ढलनबाट लडेर टाउकोमा गम्भिर चोट लागेका नवराजको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अहिले बोल्न, हिड्न र मान्छे चिन्न नसक्ने भए ता पनि पहिलाको भन्दा स्वास्थ्यमा धेरै सुधार आएको उनका दाई इन्द्रले जानकारी दिएका छन् । उनी भन्छन्- ‘केही गर्न सकेको छुइन । कोइँच (सुनुवार) ले अझै साथ सहयोग गर्न सक्थे होला । तर म बिरामी छाडेर उनीहरु माझ पुग्न सकिन । जो जो स-हृदयी सुनुवारहरु छन् उनीहरु स्वयम यहीँ आएर सहयोग पुर्‍याउनु भएको छ । उनीहरु सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । अस्पतालले केही दिन अगावै विरामी घर लैजान भने पनि आर्थिक अभावका कारण डिस्चार्ज गर्न सकिएको छैन । सिन्धुलीबाटै एम्बुलेन्स पठाउन सकिन्छ कि भनेर भाई नविनलाई खबर गरी पठाएको छु ।’
भोलि वीर अस्पतलको बेडबाट उनी घर जाने सम्भावना भए पनि उनको स्वास्थ्यमा सुधार आउन अझै एक देखि दुई वर्षलाग्ने जानकारी उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अझै पनि उनको स्वास्थ्यमा सुधार गर्नको लागि पुन चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार सेवा समाज आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछ ।

शाँदार पिदार : सुख, समृद्धि, र शान्तिको कामना गर्दै शुरुआत

सुनुवार डट ओआरजि समाचारदाता ।
२४ मंसीर, ललितपुर । २०५८ सालदेखि मंसीरमा पनि शाँदार पिदार गर्ने चलन आए अनुसार २०६८ साल मंसीरमा दश वर्ष पुगेको छ । यस अवसरमा आज सुनुवार सेवा समाज, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात याक्थुं चुम्लुं मिलेर ललितपुर सानो हात्तिवनमा धुमधामसँग शाँदार पिदार शुरुआत गरेका छन् । काठमाडौं उपत्यकाभित्र बसेका सुनुवारले मंसीर र वैशाखमा दुई पटक शाँदार पिदार गर्ने चलन शुरु भए अनुसार राज्यले पनि वर्षको दुई पटक कोइँच लगायत किरातीहरु लगायत नेपालीहरुलाई सार्वजानिक विदा दिएको छ । आज किरातीहरुले घर घरमा पूजा गरेर शाँदार पिदार पूजा गरे पनि काठमार्डौका किरातीहरुले ललितपुर हात्तिवनमा जम्म भएर शाँदार पिदारको उठान गरेका छन् । हात्तिवनबाट ललितपुर नखिपोट आएर धुमधामसँग नाचगान गर्दै हाँसालतामसाल गरेका थिए ।

Sunuwar bhasa Radio 2068-08-21

[audio:http://www.sunuwar.org/radio/program 2068-8-21.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

हार्दिक समबेदना (श्रदान्जली)

क्युइँतबु कल्याण कोषका सल्लाहकार तथा यस सस्थाका नाशो दल बहादुर सुनुवारको  के.एम.सी हस्पिटलमा उपचारको क्रममा २०६८/०८/१८ गतेका दिन असामयिक निधनले क्युइँतबु कल्याण कोषका सम्पूर्ण सदस्यलाई स्तब्ध बनाएको छ । दिवंगत आत्माको चिर शान्तिको कामना प्रकट गर्दै शोकाकुल परिवारजनमा धर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ ।

अध्यक्षः रणवीर सुनुवार
क्युइँतबु कल्याण कोष परिवार

Sunuwar bhasa Radio 2068-08-10

[audio:http://www.sunuwar.org/radio/sunuwar2068- 08-10.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

राज्य पुन:संरचना र आदिवासी जनजाति सरोकार विषयक आन्तारक्रियात्मक वहस कार्यक्रम सम्पन्न भयो।

सुनुवार डट ओआरजि समाचारदाता ।
१७ मङ्सीर, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा र आदिवासी तथा जनजाति संस्था महासंघ नेपाल,(NGO-FONIN)को प्रायोजकमा राज्य पुन:संरचना र आदिवासी जनजाति सरोकार विषयक आन्तारक्रियात्मक वहस कार्यक्रम आज अनमोल क्याटरीङ नयाँवानेश्वरमा सम्पन्न भयो।

के लेखे मुखिया स्रष्टाहरुले ? परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!

सुनुवार डट ओआरजि समाचारदाता ।
१६ मङ्सीर, काठमाडौं । अतीत मुखियाको नारी आहत सम्बन्धि रेखाखण्डकाव्य ‘अचानो आहत’, भानु सुनुवारको गजल सङ्ग्रह ‘रहरको बिस्कुन’ र केदार सङ्केतद्वारा सम्पादित नियात्रा संस्मरण ‘यात्रा र्स्पर्श’ आज गुरुकुल, पुरानो बानेश्वारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ वैरागी काइँलाले विमोचन गर्नुभायो । सोही क्रममा प्रमुख अतिथि प्राज्ञ काइँलाले साहित्य सँगालो डट कमद्वारा २०१० मा आयोजित अनलाइन साहित्य प्रतियोगितामा पुरस्कृत नेपाल च्याप्टर विभिन्न स्रष्टाहरुलाई पनि पुरस्कार सहित सम्मान प्रदान गर्नुभयो ।
प्राज्ञ बुँद रानाको सभाध्यक्षतामा चुप्लु समाज (कोइँच चुप्लु) द्वारा आयोजित लोकार्पण तथा पुरस्कार वितरण समारोहमा टंक साम्बाहाम्फेले रेखा दर्शन र यसका अभियान्ताहरुका बारे, प्राज्ञ ललिजन रावलले रहरको विस्कुन, नियात्रा निवन्धकार युवराज नयाँघरेले यात्रा र्स्पर्श र डा. सुधा त्रिपाठीले अचानो आहत लोकार्पित कृतिहरुका बारेमा छोटो समिक्षा गर्नु भयो भने रमेश पौडेलले स्रष्टा साहित्य चौतारी पुरस्कार र प्रतियोगितका बारेमा बोल्नु भएको थियो । Read More