Archives
now browsing by author
Sunuwar bhasa Radio 2069-1-20
Click on play icon to play koinch ( sunuwar ) radio
वल्लो किरात संघिय परिषदको अपिल
ऐतिहासिक वल्लो किरात वासी सम्पूर्ण किरात लगायत वहुल भाषीक संस्कृतिक पहिचानको आधारमा संघिय राज्य वल्लो किरातको माग अव वन्ने संविधानमा सुनिश्चित गराउन विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्दै आएको व्यहोरा यहाहरुलाई विदितै छ आगामि जेठ ६ गते पनि कोणसभा गर्ने कार्यक्रम भएको हुदा यहाहरुको सकृय सहभागिका लागि हार्दिक अपिल गर्दछौं ।
स्थान :
सरस्वती मंदिर तीनकुने
समय : मध्यान्न १ वजे
कार्यक्रमको स्वरुप
झाकि सहित कोण सभा
सम्पर्क नं.
४१५४०५०
९८५१०७९९३३
प्लेतति शाँदार पिदारका केहि झलकहरु
२०६९ वैशाख २४ गतेका दिन प्लेततिमा कोइँचहरुले मनाएका शाँदार पिदारका केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
सहभागी हुन हार्दिक अनुरोध
जातिय पहिचान सहित प्रदेश घोषण गर्न दबाब दिनका लागि आदिवासी जनजाति संघसंस्थाहरुको विरोध कार्यक्रमहरु
* जेठ ३ गते सि.टी जुलुस समय २ बजे स्थान हनुमानथान अनामनगर
* जेठ ५ गते मोटरसाइकल ¥याली
* जेठ ६ गते आमसभा समय २ बजे नयाँ बनेश्वर, एभरेश्ट होटेल
आयोजक
आदिवासी जनजाति महासंघ र
संयूक्त संघर्ष समिति
अनुरोध
सुनुवार सेवा समाज
वल्लो किरात संघिय राज्य परिषद
सुचना !!! सुचना !!! सुचना !!!
वल्लो किरातका सम्पूण सुनुवार, सुरेल, जिरेल, वाहिङ, जेरो, थामी, कुलुङ, थुलुङ, वम्वुले, खालिङ किरातहरुले संवैधानिकरुपमै वल्लो किरात स्वायत्त प्रदेशको सुनिश्चित गरियोस भनि २०६६ सालबाटै सम्पूर्ण वल्लो किरातका किरात जातीय संस्थाको छाता संगठन वल्लो किरात संघीय राज्यपरिषद गठन गरि विभिन्न क्रिया कलाप गर्दै आईरहेको जानकारी गराउछौ अगामी दिनहरुमा अझ सशक्त आन्दोलन गर्नु पर्ने भएकोले संघर्ष गर्न अनुरोध गर्दै वल्लो किरात भूमि, वल्लो किरातका किरातहरुको सामूहिक पहिचान खुल्नेगरी वल्लो किरातको प्रादेशिक गान आवश्यक परेकोले याँहहरुमा हार्दिक अनुरोध गरीन्छ । उत्कृष्ट गीतको निम्ति रु ५,००० पुरस्कार प्रदान गरीने छ ।
वल्लो किरात संघिय राज्य परिषद
केन्द्रीय समिति, कोटेश्वर : ३५
काठमाण्डौं
उभौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान
सुनुवार डट ओआरजि समाचारदाता
१९ वैशाख, काठमाडौं । किरात येले सम्वत ५०७३ को उभौली शाँदारपिदारको उपलक्ष्यमा सुनुवार सेवा समाज केन्द्रीय समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा विभिन्न किरातजन्य संस्थाका प्रतिनिधिलगायत अन्य संघसंस्थाबाट समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा सभासद मणि खम्बुले किरात समुदायको सुनुवारहरुमा प्रचलित शाँदार संस्कार पिदारको उठानले आपूmलाई निकै प्रभावित पारेको बताउँदै वास्तवमा जातीय संस्कार र संस्कृतिमा हामी निकै धनी रहेको बताउनुभयो । आसन्न संविधान निर्माणमा पनि हामीले जातीय पहिचानको आधारमा संघीयता हुनुपर्छ भन्ने बारम्बार माग राख्दै आएको कुरा पनि उहाँले बताउनुभयो । Read More
वल्लो किरात प्राप्तिका निम्ति जनप्रशन
सुनुवार डट ओआरजि समाचारदाता
१४ वैशाख, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरियोस् भनेर नेपाल आदिवासी जनजाति महासंघ र संयूक्त संघर्ष समितिको आयोजनमा गरीएको जनप्रदशन विभिन्न ठाँउहरुबाट नारा जुलुस गर्दै बसन्तपुरमा भेला भएका थिए । भेलामा वल्लो किरात प्राप्तिका निम्ति व्यानर, झण्डा र प्लेकार्ड सहित जनप्रशन गर्दै शान्ति वाटिका, रत्नपार्कबाट बसन्तपुर पुगेको थियो र कार्यक्रममा उपस्थितहुने सम्पूर्ण वल्लो किरात वासिहरुलाई वल्लो किरात संघयि राज्य परिषद र सुनुवार सेवा समाजको तर्फबाट अध्यक्ष मन प्रशाद सुनुवारले धन्यवाद दिनु भयो ।

