All about Sunuwar

Archives

now browsing by author

 

सैपू चण्डीमा सुनुवारहरुले दिलखोलेर कम्मर मर्काईमर्काई नाच्ने भए

नेपाल सरकार, संस्कृति मन्त्रालयको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्द्धारा सैपू गा.वि.स.को जिर्णोदार चण्डीस्थान र मैदान निर्माण हुने भएको छ । उमेरले ६० को डाँडा काटेता पनि युवा जोसजाँगरका धनी अग्रज ईन्द्रशेन सुनुवारको विषेश पहलकदमिमा यसपाली सैपू चण्डीस्थानको मर्मत सम्भार हुने भएको हो । आजहुने काम आजै गर्नु पर्दछ र समयको वहुत ख्याल गर्नु पर्दछभन्ने मान्यता वोक्नुहुने उहाँकै उत्प्रेरणाका कारण सैपूका युवाहरु, जोसजाँगरका साथ आफ्ना संस्कृति संस्कार र ग्रामिण क्षेत्रका विकासमा एकजुटभएर लागि परेकाछन् । विकासले विनास पनि सँगै ल्याउछ Read More

हार्दिक अनुरोध

* वैशाख ११ गते देश व्यापी मसाल जुलुस समय साँझ ५ वजे स्थान शान्ति वाटिका रत्नर्पाक
* वैशाख १३ गते मोटर साईकल ¥याली समय दिनको १ वजे स्थान भृकुटि मण्डप
* वैशाख १४ गते जनप्रदशन समय दिनको १ वजे स्थान वसन्तपुर काठमाण्डौं
उक्त कार्यक्रममा वल्लो किरात प्रदेश प्राप्तिको निम्ति व्यानर, झण्डा र प्लेकार्ड सहित जनप्रदशर्ण पनि गरिने हुनाले सम्पूर्ण वल्लो किरात प्रदेश वासी आम समुदयमा हार्दिक अनुरोध ।

आयोजक

आदिवासी जनजाति महासंघ र
संयूक्त संघर्ष समिति

नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ज्ञापन पत्र

सुनुवार डट ओआरजि समाचारदाता
८ वैशाख, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरियोस् भनेर नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा पाँच बुँदे ज्ञापनपत्र बुझाउने क्रममा आज नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उहाँको निवासमा बुझाइयो ।

सुनुवार भाषा गोष्ठी एवम् सुनुवार भाषा प्रशिक्षण कार्यक्रम

“सुनुवार जातिको पहिचानको एउटा महत्वपूर्ण पक्ष सुनुवार भाषा हो । भाषा र संस्कृति बिना जातिको अस्थित्व रहँदैन । यो अमूल्य नीधि र सम्पत्ति हो जसले हाम्रो पहिचानको लागि महत्वपूर्ण स्थान ओगटेको हुन्छ ।”
“भाषा नरहे संस्कृति पनि रहँदैन, संस्कृति र संस्कारनै नरहे हामी सुनुवारहरुको अस्तित्व पनि समाप्त हुन्छ ।” न यो किन्न नै सकिन्छ, न बेच्न नै, बरु यस्तो सम्पदा र संस्कृतिलाई एउटा पुस्ताबाट अर्काेमा हस्तान्तरण गर्न भने सकिन्छ ।
सुनुवार सेवा समाज सैपू गाउँ समिति र नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको साझेदारी कार्यक्रम अन्गर्तत मिति २०६८/१२/१८ का दिन जिल्ला रामेछाप , गा.वि.स. सैपू, वडा नं. ६, सुविदार टोल, आहालडाँडामा नेपालका सीमान्तकृत समूहका आदिवासी जनजाती सुनुवारहरुको मातृभाषा संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले “सुनुवार भाषा गोष्ठी एवं प्रशिक्षण कार्यक्रम २०६८” उद्घाटन समारोहकासाथ सुचारु भएको छ । Read More

रामेछापको दुर्गम गाउँ सैपूमा कम्प्यूटर प्रशिक्षण संचालन हुने

युवातथा खेलकुद मन्त्रालय, युवासाझेदारी कार्यक्रमको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्, सैपूद्धारा ग्रामिण युवाहरुका लागि कम्प्यूटर प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । हलो, अन्नू, कोदालो, हसिँया समाउने र भकारोका गोवर सोहर्ने पौरखिहातहरुका औलाहरु अव कम्प्यूटरका किबोर्ड माथी नाच्ने भएकाछन् । संस्थाका अध्यक्ष प्रकाशचन्द्र सुनुवारका अनुसार कम्प्यूटर प्रशिक्षण कार्यक्रमको उद्घाटन यही वैशाख २४ गतेका दिन भव्यतापूर्वक सैपूमा आयोजना गरी प्रशिक्षणलाई विधिवत रुपमा अगाडि वढाउने जानकारी उहाँले गराउनु भएको छ । कम्प्यूटर प्रशिक्षण कार्यक्रमका लागि मन्त्रालयबाट प्राप्त अनुदानबाट कम्तीमा ४ सेट कम्प्यूटर र एउटा प्रिन्टर खरिदका लागि आवश्यक प्रक्रिया समेत अगाडि वढाई सकिएको जानकारी कार्यक्रमका वित्तिय व्यवस्थापक असीस सुनुवारले गराउनु भएको थियो । अहिले एकाइसौ सताव्दीमा पनि कम्प्यूटर शिक्षामा नेपालका वहुसंख्यक युवाहरुको पहँुच नभइरहेको अवस्थामा लिखु सुसेली संरक्षण परिषद्ले ग्रामिण क्षेत्रमा संचालन गर्ने कम्प्यूटर प्रशिक्षणले ग्रामिण यूवाहरुको सीप विकासका साथै ग्रामिण विज्ञान तथा सूचना प्रविधीमा समेत युवाहरुको चासो वढनगइ राष्ट्रकै विकासमा महत्वपूर्ण सहयोग पुग्ने संस्थाका सल्लाहकार गुन्जबहादुर सुनुवारको धारणा रहेको छ । प्रशिक्षण अवधी अहिले तीन महिनाका लागि भएता पनि आगामि दिनमा समेत कम्प्यूटर प्रशिक्षणलाई नियमित रुपमा अगाडि वढाउने र वहुसंख्यक ग्रामिण युवाहरुलाई प्रशिक्षण प्रदान गर्ने लक्ष रहेको जानकारी संस्थाका सहसचिव अमरदिप सुनुवारले वताउनु भयो । सोही अनुरुप अहिलेका लागि १६ जना प्रशिक्षार्थि र दुईजना प्रशिक्षकको छनौट कार्य समेत अगाडि वढाइसकिएको उहाँले जानकारी दिनु भयो । Read More

कोइँच बु पत्रिका

किराँतहरुको महान पर्व श्याँदर पिदारको अवसरमा सुनुवार सेवा समाज केन्द्रीय समिति द्वुरा प्रकासित ” कोइँच बु ” पत्रिकाको  लागी सुनुवार लेखक ज्यूहरुले आफना रचनाहरु samusu@gmail.com वा कार्यलयमा उपलब्ध गराउनु होला।

Sunuwar bhasa Radio 2068-12-11

[audio:http://www.sunuwar.org/radio/ramechap_2068_12_11.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)