Archives
now browsing by author
जलविधुत विकास तथा स्वतन्त्र पूर्व सुसुचित मञ्जुरीको अधिकार
सुनुवार डट ओआरजि समाचारदाता
२० जेठ, यालाखोम । कोइँच (सुनुवार)को पुख्र्यौली थलोको प्राकृतिक स्रोत माथिको नाङ्गो हस्ताक्षेप भएको विरुध्द एसियाको आदिवासीहरुको प्रतिनिधिमूलक संस्था एसियन इन्डिजिनिस पिपुल्स प्याक्ट थाइल्याण्ड बाट लिखु ४ को अध्यायन प्रतिवेदन प्रकाशित भएको छ । कोइँच बस्तीमा लिखु ५, खिम्ती २ जल विधत अर्को परियोजना अध्ययन क्रममा छ । यो अध्ययन सुनुवार सेवा समाज, लाहुर्निप र एआइपिपि लागि शंकर लिम्बु, भिम राईको बिशेष सल्लाह र निर्देशनमा कोइँचबु काःतिच (उत्तम) र रणवीर सुनुवारले गरेका छन् । अध्ययन रिर्पोट हेर्न यहाँ किल्क गर्नुहोस्
वाच्पु शाँदार पिदारका केहि झलकहरु
ओखलढुंगा जिल्ला पोकलि गा.वि.स वाच्पुमा शाँदार पिदार यसपाली परम्परागत नभै सबै गाउँले मिलेर सुनुवार सेवा समाजको आयोजनामा चोखो शाँदार पिदार गरेका छन् । केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ
सुनुवार डट ओआरजि समाचारदाता
१४ जेष्ठ, यालाखोम । आज पनि सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा नाराहरुका साथै बिभिन्न संग सस्थाहरुका प्रतिनिधिबाट मन्तव्य, गित तथा सुनुवारहरुको श्याँदर सिल पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगतै सम्पूर्ण जनजातिहरु मिलेर संयूक्त रुपमा रतभर दबाब दिनका निम्ती नयाँबानेश्वर एभरेष्ट होटेल अगाडी नारा लगाउदै बसेका छन् ।
बेलायतमा शाँदर पिदार उभौली सम्पन्न
२० मे आइतबारको दिन, फान्ब्रोरो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा शाँदर पिदार (चण्डी पूजा) उभौली पर्व भव्यताको साथ सम्पन्न भयो । उक्त उभौली शाँदर पिदार कार्यक्रम किराँत सुनुवार सेवा समाज यु.के.को आयोजना तथा संस्थाका अध्यक्ष जंग सुनुवारको संयोजकत्वमा सम्पन्न भएको थियो ।
सचिव छत्र सुनुवारले स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराउनुका साथै चण्डी पर्वको सांस्कृतिक महत्व माथि प्रकाश पार्नुभएपछि संस्थाका अध्यक्ष जंग सुनुवारले आमन्त्रित अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत मन्तव्य तथा येले सम्बत ५०७३ शाँदर पिदारको शुभकामना व्यक्त गर्नुभएको थियो । “किराँतीहरू पितृ, प्रकृति र आत्माको पूजक हौ । भुमी पुत्र किराँतीहरूको साझा पर्व उभौली मनाउनुको सार र महत्व सबै किराँतहरूको एउटै हो । सामुहिक रूपमा पितृदेवको आराधना उपाशना गरी पाकेको नयाँ अन्न बालीको परिकार बनाई चढाउने र नौगी खाने गरिन्छ । Read More
कतारमा किरातीहरुको महानचाड उभौली साकेला/शाँदार पिदार कार्यक्रम भव्यताका साथ सम्पन्न
–भानु सुनुवार
१८ मे, दोहा, कतार
कतारमा किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदारको उपलक्ष्यमा उभौली साकेला/शाँदार पिदार समारोह– येले सम्वत् ५०७२ संयुक्त कार्यक्रम– २०६९” सम्पन्न भएको छ । किरात राई यायोख्खा शाखा कतार, तथा प्रवासी सुनुवार सेवा समाज दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम १८ मे शुक्रवारका दिन कतारको दोहा शहर स्थित सिटी प्लाजा होटलमा भव्यताका साथ सम्पन्न भयो ।
एउटै किरात धर्म मान्ने भएरै पनि किरातीहरुमा बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले गर्यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात Read More
Sunuwar bhasa Radio 2069-2-03
Click on play icon to play koinch ( sunuwar ) radio


