February, 2012
now browsing by month
-:::: हार्दिक निमन्त्रणा ::::-
नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघको दोस्रो केन्द्रीय महाधिवेशन निम्न मिति, समय र स्थानमा हुन गैरहेकोले सो कार्यक्रममा उपस्थिति भै भव्यताका साथ सफल पारिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं !
कार्यक्रम :
मिति : २०६८ फाल्गुन १३ गते शनिवार
समय : विहान १०:०० वजे
स्थान : श्री समाज सामुदायिक भवनको हल
वसुन्धरा, श्री टोल, काठमाण्डौ
आयोजक :
कमल प्रकाश सुनुवार
अध्यक्ष
नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ,
केन्द्रीय कमिटि
Sunuwar bhasa Radio 2068-10-25
Click on play icon to play koinch ( sunuwar ) radio
परिपत्र
श्री …………………
……………………..
……………………..
बिषयः परिपत्र
नेपाल लोकतान्त्रिक किरात सुनुवार सघं समग्र प्रगतिशिल देशभक्त, लोकतान्त्रिक गणतन्त्रवादीहरुको सशक्त र गतिशील साझा संगठनको रुपमा विगत पाँच वर्ष देखि क्रियाशील रहेको सबैलाई बिदितैछ । सक्रमणकालिन राष्ट्रिय राजनीतिको चपेटाका विचमा अलग जातीय पहिचानका साथ राजनैतिक कार्यकर्ता निर्माण तथा राजनैतिक उद्देश्यमा स्पष्टता सहितर्का सगंठन निर्माणले नै संख्या र जातिय सबाललाई स्थापित गर्ने कुरामा दुईमत रहन्न । देशको मुल कानून संविधान निर्माणको पूर्ण सन्ध्यामा छ । यस्तो अवस्थामा हाम्रो निष्ठापूर्ण क्रियाशिलताको खाँचो अझ टडकारो बनेको छ । परिस्थितीको यस चापलाई मध्येनजर गर्दै २०६८ श्रावण २१ मा सम्पन्न केन्द्रिय कमिटिको बैठकले नेपाल लोकतान्त्रिक किरात सुनुवार सघंको दोस्रो केन्द्रिय महाधिवेशन यहि २०६८ फल्गुण १३ र १४ गते सम्पन्न गर्ने निर्णय गरेको समाचार सम्प्रेषण गर्न पाउँदा हामीलाई अत्यन्त खुशि लागेको छ । विगतमा झै सस्थाको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउनु मातहत कमिटि र सम्पूर्ण सदस्यहरुको दायित्व हो । उक्त महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न त्यस जिल्लामा विधान बमोजिम कमिटिलाई व्यवस्थित गरि तयारीको कामलाई अघी बढाउन हुन हार्दिक अनुरोध गर्दछौ ।
कमल प्रकाश सुनुवार
अध्यक्ष
जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सुनुवार डट ओआरजि समाचारदाता
२८ माघ, यालाखोम । जलवायु परिवर्तन तथा रेड सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासँघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको साझेदारीमा सुनुवार सेवा समाज केन्द्रीय समितिले आज सुनुवार सेवा समाजको भवन कोटेश्वरमा भव्यता साथ सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । पत्रकार खिम घले तथा आदिवासी जनजाति कार्यकर्ता बुद्धे । लामाले उक्त जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना गराएका थिए । Read More
स्वेच्छ वचत समुह र सुनुवार विद्यार्थी समाजलाई सम्मान तथा शुभकामना वधाई
सुनुवार डट ओआरजि समाचार दाता
२७ माघ, ललितपुर । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले एम्बुलेन्सका लागि सहयोग उपलब्ध गराउने स्वेच्छ वचत समूह हङकङ र नव निर्वाचित सुनुवार विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरुलाई सम्मन तथा शुभकामना वघाई ज्ञापन गरेको छ । रु. ४५,००० पैतालिस हजार नगद प्रदान गरेको स्वेच्छ वचत समूहका अध्यक्ष भिषण सुनुवारलाई ताम्रपत्र सहितको पुष्पगुच्छाले सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार र ललितपुर अध्यक्ष यामबहादुर सुनुवारले सम्मान गर्नुभयो । सुनुवार सेवा समाजका अध्यक्ष लगयत ललितपुर सुनुवार सेवा समाजका सम्पूर्ण पदाधिकारीहरुले पुष्पागुच्छासहित खादा ओढाएर शुभकामनासहित वधाई ज्ञापन गर्नु भयो । Read More
बल्ला दुई प्रतिष्ठानले कोइँचलाई पत्तायो : बौद्धिक प्रतिस्परधा शुरु
-कोइँचबु काःतिच
२६ माघ, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले क्रमशः आदिवासी कोइँच मौलिक साहित्य थेअनिको सैद्धान्तिक सौन्दर्य अध्ययनको लागि ईश्वरकिरण सुनुवार र कोइँच भाषाको निजात्मक निवन्ध लेखनको लागि डा. लाल श्याँकारेलु रापचालाई थोरै भए पनि अध्ययन तथा लेखन खर्च दिएको छ । कोइँच (सुनुवार) भाषाको साहित्य लेखनको चार दशक पछि बल्ला नेपाली साहित्यको इतिहासमा कोइँच भाषाको साहित्यमा सौन्दर्यशास्त्र छ भन्ने महसुश राज्यले गरेको छ । हुन त माओवादी सरकारका वेला विवादित प्राज्ञ चयन हुँदा टिकाराम सुनुवारको नाम पढ्न र देख्नमा आएको थियो । तर ती सुनुवार कोइँच सुनुवार हुन वा दलित सुनार हुन् अभैm अत्तो पत्तो छैन र हाम्रो सम्पर्क आएका पनि छैनन् र उनको नाम ठेगना अभैm पत्तो पाउन सकेका छैनौं । र, कोइँच सुनुवार नै हुन् भने पनि कोइँच भाषा साहित्यका प्रवद्र्धक अवश्य पनि होइनन् र थिएनन् । निजात्मक तीन वटा लामा बास्साइ बाजा, टुङना गीत लेखेर कोइँच साहित्य लेखनको वाश पिदार गर्ने दोलखा फाचे नेपानेका क्या. तिलकबहादुर सुनुवार अहिले धोवघिाट ललितपुरमा बुढौलीले गलेर बसेका छन् । कोइँच सवाई कथ्ने टि. पारगाच कहाँ छन् को हुन् अत्तो पत्तो छैन । (पारुहाङ सम्पादक टंकबहादुर राईका अनुसार उनी खिँचीका हुन् रे भन्नेसम्म सुनियो तर पतता लाग्न सकेको छैन ।) देवी बहादुर, डिकमान विरही, के.वि. जेँतिच यस संसारबाट विदा लिईसक्नु भयो । Read More
किराँत सुनुवार सेवा समाज युकेको नयाँ कार्य समिति गठन
–भावना परिष्कृत सुनुवार
४ फेब्रुअरी २०१२ शनिबारको दिन फार्नब्रो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा किराँत सुनुवार सेवा समाज (कि.सु.से.स.) युकेको वार्षिक भेला सम्पन्न भएको छ । उक्त बैठकमा पुरानो कार्य समितिको कार्यकाल पूरा भएकोले नयाँ कार्य समितिको चयन समेत गरिएको छ ।
संस्थाको अध्यक्ष जङ्ग सुनुवारको अध्यक्षतामा उक्त बैठक सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा सचिव छत्रबहादुर सनुवारले उपस्थित सबै सहभागीलाई स्वागत गर्दै सम्पन्न हुन गइरहेको बैठक तथा नयाँ कार्य समिति गठन कार्यक्रमबारे प्रकाश पारेका थिए । यसको साथै सन् २००९ देखि आफ्नो २ वर्षे कार्यकालभरि भए गरेका संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्ण सुनुवारले कार्यकालभरिको आर्थिक प्रतिवेदनलाई पारदर्शीरूपमा प्रस्तुत गरेका थिए । जसलाई सर्वसम्मतिबाट अनुमोदन गरिएको थियो । Read More

