All about Sunuwar

February, 2012

now browsing by month

 

वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै… इन्द्रसेन कोरमोच सुनुवारको गजल

सुस्त सुस्त हिर्डाई देशको कछुवाको चाल जस्तै
समयको रफ्तार भने सुनकोशीको छाल जस्तै ।

साँढे जुद्धा बाछाहरु मिचाइमा त परेकै छन्
रगतको होली खेल्या उही पुरानो साल जस्तै ।

देश दुःखेर निस्सासिँदै आशाहरु चोइटा पर्दा
वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै ।

सडकभरि रगत पोती गणतन्त्र आए पनि
परिवर्तन भन्नु मात्रै सबै राणा काल जस्तै ।

-माझगाउँ (दाःथेदेल) खिँची, चुप्लु ओखलढुंगा
(यो गजल सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाजको संयुक्त साहित्यिक तथा चलचित्र प्रदरसनी कार्यक्रममा वाचन गरिएको हो ।)

आइँके दा बैंजा रोङगुमि ः कोइँच देलमि कोइँच लोः, मुलकेम नु ओलोके रेँमसार

कोइँचबु काःतिच
नामसेवाल हाइ नाम सेवाल
प्लेततिमि जाअÞबा नेलआनकाल
नाया सालङा सालङा नामसेवाल
नामसेवाल हाइ नाम सेवाल
नामसेवाल हाइ नाम सेवाल ।
सिमेबुमे देउता पानिको
वाशरेलु पुजा पानिको
शाँदार सिल पाचा नाइला
पाउनाके थुँ काइयो माखाइला
एकोन आइँ थुँमि मिमशो चाउँ
एकोन आइँ थुँमि मिमशो चाउँ ।
वाशरेलु पुजा पाकानु
शाँदार थान जाःकानु
पाउना नेलकालि रिमशो चाउँ
इनकालि थुँले मिमशो चाउँ ।
नामसेवाल हाइ नाम सेवाल
प्लेततिमि जाअÞबा नेलआनकाल
नाया सालङा सालङा नामसेवाल
नामसेवाल हाइ नाम सेवाल
नामसेवाल हाइ नाम सेवाल । Read More

भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम

सुनुवार डट ओआरजि समाचारदाता–
माघ २०, यालाखोम । सुनुवार सेवा समाजको भवनमा भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन समिति, सुनुवार सेवा समाज, केन्द्रीय समिति, कोटेश्वर, काठमाडौंले भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम ऋगकतयmबचथ ब्लअभकतचब िज्यmभबिलम ःबउउष्लन या प्ष्चबलतष्(प्õष्तक इचष्लतबतष्यल उचयनचबmmभ आज शुरु भयो । स्थलगत अध्ययनकर्ताहरुलाई भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन गर्न सहज र सहयोगी बनाउन जिपिएस, जिआइएस, पुरख्यौली थलो र प्राकृतिक स्रोत अध्ययनको तौरतरिका बारे सामान्य जानकारी गराउने उद्देश्य रहेको सो कार्यक्रम दुई दिन सञ्चालन हुने छ । आज डा. बि.बि. मुखिया र डा. लाल रापचाले अनुशिक्षण दिनु भयो । कोइलँचबु काःतिच (उत्तमकुमार सुनुवार), रणवीर सुनुवारले सहजीकरण गर्नु भएको थियो भने सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्दै शुरु भएको सो कार्यक्रम भोलिसम्म चल्ने छ । भोलि प्रकाश झा, योगेन्द्र गुरुङ, खगेन्द्र जगेबुले अनुशिक्षण गर्नु हुने छ ।