All about Sunuwar

February, 2012

now browsing by month

 

Sunuwar bhasa Radio 2068-11-10

[audio:http://www.sunuwar.org/radio/sunuwar program 2068-11-10.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

मन्थली, रामेछापमा आदिवासी कोइँच शक्ति पर्दशन हुँदै

चुप्लु दामलोच-
११ फागुन, मन्थली । कोइँचहरुको मूल वस्ती अर्थात पूख्र्यौली थलोका कोइँचहरु इतिहासमा पहिलो पटक रामेछाप जिल्लाको सदरमुकाममा आफ्नो शक्ति पर््रदर्शन गर्ने भएका छन् । सुनुवार सेवा समाज रामेछाप जिल्ला सम्मेलनको अवसर पारेर गर्न लागिएको शक्रि पर््रदर्शनले कोइँचको पूख्र्यौली भूमिमा कोइँचको पहुँच हुननसकेको जहिल्यै पनि बाहिरिए र कोइँचले मौका पाए पनि खस बाहुन गिदीबाट मागदर्शित बाहुनवादी कोइँचहरुको मात्र हलीमुहली भएको रामेछाप संगठन विस्तार संयोजक अमृत सुनुवारले बताउनु भयो । Read More

कोइँच लोःमि बाइबाल ; केही खुशी, केही विचार बहस

सुनुवार डट ओआरजि समाचारदाता । १० फागुन, यालाखोम । बल्खु एमाले केन्द्रीय कार्यालय परको गैरा । रिङरोडभित्र लगभग दर्ुइ सय मिटरमा सानो खोल्सा तरेपछि ठूलो कम्पाउण्डमा जस्ताको भव्य सालोन चर्च । देशी-विदेशी पाहुनाहरु वीच कोइँच भेषभूषामा सजिएको कोइँच युवायुवती, बालबालिका र वृद्धाहरु । आत्यधुनिक बाजागाजामा सेमी कोइँच भाषामा कोइँच लोःमा अनुदित बाइबलका भजनहरुको गुञ्जन । अनुशासित तौरले साना साना बालबालिका समेत भर्ुइमा पलेटी कसेर बसेका । लाग्थ्यो, कुनै तालिम प्राप्त सैन्यको टुकडीले कुनै शुभोत्सवको एक्काइस तोपको सलामी दिनाको लागि Read More

Sunuwar bhasa Radio 2068-11-03

[audio:http://www.sunuwar.org/radio/sunuwar_radio_2068-11-03.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

-:::: हार्दिक निमन्त्रणा ::::-

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट समुद्घाटन हुने नेपाल प्रज्ञा–प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०६८ मा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध ।
मिति : २०६८ फागुन ९ गते, मङ्गलबार
समय : दिनको १२:३० बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान
कमलादी, काठमाडौं

सुनुवार विद्यार्थीका पदाधिकारीहरुलाई शुभकामना तथा वधाई

सुनुवार डट ओआरजि समाचारदाता
६ फागुन, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय कार्य समितिले औपचारिकरुपमा आज सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना तथा बधाई दिएको छ । सुनुवार सेवा समाजको भवन, कोइँचनगर कोटेश्वरमा शुभकामना तथा वधाई कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सुसेस सल्लाहकार लोकप्रिय सुनुवारले शुभकामना तथा वधाई दिँदै धेरै वर्षछि नयाँ जोश र जाँगर बोकेर आएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले कोइँच चिनारीको लागि नयाँ योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै गरी अर्का सल्लाहकार टेकबहादुर सुनुवारले पनि सुविस नयाँ समितिले कोइँचको पहिचान अक्षुण्ण राख्ने काममा लागी पर्नु पर्ने बताउनु भयो । कानुनी सल्लाहकार अतीत मुखियाले युवा जोश र जाँगरले भरिएका नयाँ कार्यसमितिले अध्ययन अनुसन्धानतिर लाग्नु पर्ने जसले गर्दा कोइँच पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनु भयो । Read More

जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम तथा वेबसाइड सार्वजानिक

५ फागुन, यालाखोम । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको सहयोगमा जलवायु परिवर्तन तथा रेड कार्यक्रम सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा चलचित्र महासंघले आफ्नो वेबसाइड धधध। ाष्लाष्।यचन।लउ पनि सार्वजानिक गरेको छ ।
विहान ८ बजेदेखि शुरु भएको सचेतना कार्यक्रम साँझ ५ बजे सकिएको थियो । कार्यक्रमलाई विहानको खाजा र रजिष्ट्रेशन ८ देखि ९ बजेसम्म, उद्घाटन कार्यक्रम ९ देखि १० बजे सम्म, परिचय तथा लालिम व्यवस्था १० देखि १०.३० सम्म, वृत्तचित्र प्रदर्शनी तथा प्रवचन १०.४० देखि १२ बजेसम्म, खाना १२ देखि १ बजेसम्म, समुह प्रस्तुतीकरण १ बजे देखि ३ बजेसम्म, Read More