All about Sunuwar

Notice Board

now browsing by category

 

हार्दिक श्रद्धाञ्जली

shree man

हार्दिक श्रद्धाञ्जली

केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइ–शि लाँ लाचा ।
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज ललितपुरका कोषाध्यक्ष खिम बहादुर सुनुवार (श्याम सुनुवार–रिल्मा) – रामेछाप जिल्ला प्रिती ८ का  पुजनीय पिता श्रीमान सुनुवार (बाम–ना याअÞता) को ९१ वर्षको उमेरमा यही २०७१ साल कार्तिक १८ गते असमायिक निधन भएको हुँदा सम्पूर्ण परिवार जनमा पर्न गएको पीरमर्का तथा दुःखमा हार्दिक समावेदना प्रकट गर्दै स्व. श्रीमान सुनुवारको आत्मले बुइशि लाँ समाओस् भनी देयिलिकि इँगिहोपोसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
–सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु फाउण्डेशन, चुप्लु समाज, रेडियो लिखु, सुनुवार सेवा समाज केन्द्रीय समिति तथा सम्पूर्ण परिवार ।

हार्दिक अनुरोध

sagun sunuwarChild Icon 2014 की प्रतियोगी कक्षा ५ मा अध्ययनरत कोइँच तामि सगुन सुनुवारलाई जिताउन CI<space>55 type गरी 5005 मा SMS गरी Vote गरी दिनहुन सबै कोइँचबन्धुलाई हार्दिक अनुरोध गरिन्छ ।
भोट गर्ने म्याद : २०७१ कार्तिक १० गतेसम्म मात्र ।

सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।

rally“समानता कायम गर्दै आदिवासी जनजातिको हधिकार कार्यान्वयन गर” आदिवासी जनजातिको अडान ! पहिचान सहितको संघीय संविधान !! भन्ने मुल नाराका साथ २० आँैं विश्व आदिवासी दिवस २०७१ साउन २४ गते शनिबार (सन् २०१४ अगष्ट ९) को मुल समाहोरह कार्यक्रममा साँस्कृतिक ¥यालिसहित सहभागीहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।
सहभागीहरुको नामवली यस प्रकार रहेको जानकारी गराउदछांै ।
केन्द्रीय समिति बाट
१.  अध्यक्ष मन प्रसाद सुनुवार
२.  उपाध्यक्ष रणवीर सुनुवार
३.  ,, देवीन्द्र कुमार मुखिया
४  माहासचिव समीर मुखिया सुनुवार
५. कोषध्याक्ष उत्तम कुमार सुनुवार
सदस्यहरु
१.  अमृत बहादुर सुनुवार
२.  प्रेम कुमार सुनुवार
३.  नारायण सुनुवार
४.  शान्त्ति माया सुनुवार
सुनुवार सेवा समाज केन्द्रीय कार्यालय बाट Read More

हार्दिक अपिल !

दोलखा जिल्ला हावा गाउँ विकास समिति वडा नं. ७ निवासी आशा सुनुवार सिकिस्त बिरामी भइ नोबेल अस्पताल सिनामंगलमा उपचार गराइरहेकोले अत्याधिक रक्तस्राव भएको कारण B+ रगतको आवश्यकता भएकोले B+ (बी पोजिटिभ) रगत हुने सुनुवार दाजुभाइ दिदीबहिनीहरुबाट कृपया सहयोग गर्नुहुन निम्ति विनम्र अनुरोध छ ।
सम्पर्क: भरतबहादुर सुनवार, 9807626444

वृहत धर्ना कार्यक्रममा सहभागी बनौं !!

आदिवासी जनजातिको आह्वान !
पहिचान सहितको संघीय संविधान !!

यही २०७१ जेष्ठ ३ गते शुक्रबार १ बजे
संविधान सभा भवन बानेश्वर जाऔं !
वृहत धर्ना कार्यक्रममा सहभागी बनौं !!

१.   संवैधानिक व्यवस्थाअनुसार मन्त्री परिषद्को मनोनयन गर्ने २६ सिटमा संविधानसभामा छुटेका आदिवासी जनजाति समुदायबाट तुरुन्त मनोनयन गर ।
२.  राज्य पुःसंरचना आयोग र राज्यशक्ति बाँडफाँड समितिले सिफारिस गरे अनुसारको राज्यको पुःनसंरचना गर ।
३.  आदिवासी जनजातिको अधिकारसम्बन्धी आइएलओ १६९ तुरुन्त कार्यान्वयन गर ।
४.  आदिवासी जनजाति जिन्दावाद ।
५.  हाम्रो आन्दोलन जारी छ ।

सुनुवार सेवा समाज
केन्द्रीय समिति

नेपाल आदिवासी जनजाति महासंघ

संघीय परिष द्सचिवालय

सूचना ! सूचना !! सूचना !!!

सुनुवार सेवा समाजको २५औं वर्ष (रजत महोत्सव) को समापन समारोह यही २०७१ बैशाख २५ गते बिहीबार १२ः३० बजे केन्द्रीय भवन कोटेश्वरमा सम्पन्न हुन गइरहेको हुनाले सम्पूर्ण सुनुवार दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछ ।

सुनुवार सेवा समाज
केन्द्रीय समिति