All about Sunuwar

Notice Board

now browsing by category

 

समावेदना

सुनुवार सेवा समाज शाखा, दोहा कतारका द्रीतिय उपाध्यक्ष हेम बहादुर सुनुवार का पिता हर्क बहादुर सुनुवार हिजो बिहान स्वर्गरोहन हुनु भएको खबरले सुनुवार सेवा समाज शाखा, दोहा कतार परिवार मर्महित भएका छौ । यस दुखद घडिमा मृत आत्मालाई चिरशान्ति मिलोस साथै सोकाकुल परिवार प्रती धर्यधारणा गर्ने शक्ति स्वयमता अपनाउने समर्थया मिलोस भनी पर्मेश्वर सग प्रथर्ना गर्दछौ ।
सुनुवार सेवा समाज शाखा, दोहा कतार, परिवार

कोइँचहरुको शाँदार पिदारका केही झलकहरु

shyanderकोइँचहरुको शाँदार पिदारका केही झलकहरु click here to see more

सुचना !सुचना!! सुचना!!!

आदिबसी जनजाती राष्ट्रिय आन्दोलन , नेपालको घोषित जनजागरन कार्यक्रम तथा किरात समुदयको उधौली चाड अर्थात रापवा श्यदर पिदारको उपलक्छेमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण सुनुवार समुदय,वल्लो किरात संघिय राज्य परिषदका घटक जातिय संस्थाका प्रतिनिधिज्युहरु,वल्लो किरात भुमी बासी आदिबसी जनजातिहरु,गैर जनजाती लगायत न्याय प्रेमी जनताहरुमा उक्त दिनको कार्यक्रममा सहभागीताको निम्ती सुनुवार सेवा समाज केन्द्रिय समिती तथा वल्लो किरात संघिय राज्य परिषद हार्दिक अनुरोध गर्दछ ।
पुनस्च :-
मिती : २०७१ मङ्सिर १९ गते ।
स्थान : सुनुवार सेवा समाज भवन कोटेश्वर ,काठमाण्डौ ।
समय : बिहान १०३० बजे ।
कार्यक्रम आयोजक
सुनुवार सेवा समाज केन्द्रिय समिती ।
सह-आयोजक
वल्लो किरात संघिय राज्य परिषद ।

हार्दिक समावेदना

केर लाँ मालाचा लाल लाँ लाचा
लाल लाँ मालाचा बुइश-शि लाँ लाचा
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष रमेशकुमार ख्योम्पातिच सुनुवारको पुजनीय पिता दिलबहादुर ख्योम्पातिचको ९७ वर्षो उमेरमा असामायिक निधन भएको हुँदा उहाँको आत्मको चिरशान्तिको कामना गर्दै बुइश-शि लाँको बाटो प्राप्त गुरुन् भनि इँगिसोरिसँग पर््रार्थना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समावेदना प्रकट गर्दछौं ।
सुनुवार डट ओआरजि, चुप्लु समाज, रेडियो लिखु, चुप्लु फाउण्डेशन, दर्ुदा डट कम तथा सुनुवार सेवा समाज केन्द्रीय समिति परिवार ।

गणेश र्राईसँगको विशेष कुराकानी

शर्तविहीन आन्दोलन भएको हुँदा पद्मरत्नको नेतृत्वमा हुनलागेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा कसैको स्वार्थ छ भन्न नसकिने भनाई छ आदिवासी जनजातिको मानवाधिकार सम्बन्धि निरन्तर रिपोर्टिङ गरिरहनु भएका पत्रकार गणेश राइको । आदिवासी जनजाति नेतृत्व आदिवासी जनजातिको मानवाधिकारको मुद्दामा भन्दा पनि व्यक्तिगत र्स्वर्थमा बढी केन्द्रित देखिएका हुनाले आदिवासी जनजातिको मानवाधिकार रक्षाको लागि चालिएको आन्दोलन कमजोर भएको विश्लेषण गर्छन् र्राई । नेपाल आदिवासी जनजाति महासंघसहितको आन्दोलन भएको हुँदा वर्तमानमा विभिन्न सञ्चार माध्यमले आदिवासी जनजाति आन्दोलनमा विवाद रहेको बजारीय हल्लामा सत्यता नरहेको वताउनु हुने पत्रकार गणेश र्राईसँग आदिवासी जनजातिको मानवाधिकार सुनिस्चितताको लागि गरिने आन्दोलनको उपलब्धि के कस्तो हुन सक्छ त – यसै सेरोफेरोमा गरिएको गणेश र्राईसँगको विशेष कुराकानी मात्र आदिवासी जनजाति रडियो : रेडियो लिखु ९१.३ मेघाहर्जमा ।

हर्दिक समाबेदना

bhanu bubaस्वा. गडुल बहादुर सुनुवार


जन्मा १९९० स्वर्गारोहण २०७१


सुनुवार सेवा समाज शाखा दोह, कतार प्रमुख सल्लाहाकार भानु सुुनुवारको पिता ज्यु गडुल बहादुर सुनुवारको असामायिक स्वर्गारोहण भएको आज १३औ दिन पुण्य तिथिमा दिवनगत आत्माको चिरशान्तिको कामना गर्दै भाबपूर्ण श्रदाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछु ।

सुनुवार सेवा समाज शाखा
देहा, कतार

हार्दिक श्रद्धाञ्जली

bhanu buba

हाम्रा परम मित्र साहित्यकार भानु सुनुवारका पुजनीय पिता गडुलबहादुर सुनुवार, रामेछाप जिल्ला रामपुर ८ को ८१ वर्षको उमेरमा असामायिक निधन भएको हुँदा उहाँको आत्मको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
चुप्लु समाज, सुनुवार डट ओआरजि परिवार