Notice Board
now browsing by category
हार्दिक समावेदना
केर लाँ मालाचा लाल लाँ लाचा
लाल लाँ मालाचा बुइश-शि लाँ लाचा
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज केन्द्रीय समिति कोषध्यक्ष श्रि उत्तम कुमार सुनुवार कातिच ज्यूको जेठा दाइ ओखल्ढुङ्गा खिजि काति निवाशि श्रि पदम कुमार सुनुवार ज्यू को असमुहिक निधन हुनु भएकोमा हार्दिक श्रदानजलि ब्यक्त गर्दाछोै ।सुनुवार डट ओआरजि, चुप्लु समाज, रेडियो लिखु, चुप्लु फाउण्डेशन, दर्ुदा डट कम परिवार ।
कोइँच (सुनुवार)हरुले नयाँ बर्ष तथा समिबुँ पिदार मनाए ।
सुनुवार डट ओआरजी
काठमाण्डौं, माघ १ । किराँति कोइँच (सुनुवार)हरुको नयाँ बर्ष तथा समिबुँ पिदार अर्थात चेलीबेटिलाई पुजा गर्ने दिनको रुपमा मनाईन्छ । किराँती कोइँच (सुनुवार)को नक येले थोचे ५०७५ तथा समिबुँ पिदार सुनुवार सेवा समाज केन्द्रिय भवन कोटेश्वरमा आफ्नै संस्कृती अनुसार पिदार गर्नुका साथै , वन तरुल खाएर समि(चेली)हरुलाई टीका लगाउनुका साथै विभिन्न उपस्थित अतिथिहरुले संस्कार संस्कृतिको बिशेषता र संरक्षणको आवश्यकताको बारेमा बोल्नु हुँदै कार्यक्रम सु-सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सस्कृतीक प्रस्तुती साथै बछ्छे बाजामा रमाउदै नाचेका थिए ।
सुचना । सुचना ।। सुचना ।।।
यस सुनुवार विद्यार्थी समाज केन्द्रिय समितिको चौथो कार्य समितिको पदावधि यही मिति २०७१ माघ १४ गते समापन हुने भएकोले समयमै पाँचौ राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गरि जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने भएको हुँदा¸ यस सुनुवार विद्यार्थी समाज केन्द्रिय समितिको बैठकले गरेको निर्णय अनुसार¸ सुनुवार विद्यार्थी समाजका का बा अध्यक्ष श्री मान ब सुनुवारको सयोजकत्व र सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यतामा ’सम्पुर्ण सुनुवार विद्यार्थीहरुको शैक्षिक जागरणका लागि हाम्रो अभियान । सामाजिक भाषा-सस्कृति¸ आर्थिक र राजनीतिक विकासका लागि पाँचौ राष्ट्रिय महाधिवेशन ।।´ भन्ने मुल नाराको साथ तपशिलको मिति¸ स्थान र समयमा सब्य तथा भब्य रुपले पाँचौ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय सर्वसहमतिबाट पारित गरिएको व्यहोरा जानकारी गराउँदछौ¨ ।
साथै यस पाँचौ राष्ट्रिय महाधिवेशन कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण सुनुवार विद्यार्थी¸ मातृ सस्था¸ जिल्ला कार्य समिति¸ विभिन्न विद्यार्थी सङ्गठन¸ राजनैतिक दल¸ पत्रकार¸ व्यवसायी¸ व्यापारी¸ कर्मचारी¸ अधिकारकर्मी¸ कानुनव्यवसायी¸ समाजसेवी¸ मजदुर¸ बुद्धिजिवी लगायत सम्पूर्ण व्यक्तिहरुलाई आ-आफ्नो तहबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपशिल
मिति: २०७१ माघ ३ गते शनिबार
स्थान: सु से स भवन कोटेश्वर¸ काठमाण्डौ¨ ।
समय: विहान ठिक ९:३० बजे ।
सयोजक
मान ब सुनुवार
आयोजक समिति
पाँचौ राष्ट्रिय महाधिवेशन
काठमाण्डौ¸ नेपाल ।
सम्पर्कका लागि
सयोजक: मान ब सुनुवार (९८४१०१०९८६)
सह-सयोजक: छविलाल सुनुवार (९८५१००८५२३)
सचिब: बीर ब सुनुवार (९८४४१४७३७१)
कोषाध्यक्ष: सागर सुनुवार (९८४९३८६१०७)
सुचना !सुचना!! सुचना!!!
आदिबसी जनजाती राष्ट्रिय आन्दोलन , नेपालको घोषित जनजागरन कार्यक्रम तथा किरात समुदयको उधौली चाड अर्थात रापवा श्यदर पिदारको उपलक्छेमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण सुनुवार समुदय,वल्लो किरात संघिय राज्य परिषदका घटक जातिय संस्थाका प्रतिनिधिज्युहरु,वल्लो किरात भुमी बासी आदिबसी जनजातिहरु,गैर जनजाती लगायत न्याय प्रेमी जनताहरुमा उक्त दिनको कार्यक्रममा सहभागीताको निम्ती सुनुवार सेवा समाज केन्द्रिय समिती तथा वल्लो किरात संघिय राज्य परिषद हार्दिक अनुरोध गर्दछ ।
पुनस्च :-
मिती : २०७१ मङ्सिर १९ गते ।
स्थान : सुनुवार सेवा समाज भवन कोटेश्वर ,काठमाण्डौ ।
समय : बिहान १०३० बजे ।
कार्यक्रम आयोजक
सुनुवार सेवा समाज केन्द्रिय समिती ।
सह-आयोजक
वल्लो किरात संघिय राज्य परिषद ।
हार्दिक श्रद्धाञ्जली
केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइ–शि लाँ लाचा ।
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज ललितपुरका कोषाध्यक्ष खिम बहादुर सुनुवार (श्याम सुनुवार–रिल्मा) – रामेछाप जिल्ला प्रिती ८ का पुजनीय पिता श्रीमान सुनुवार (बाम–ना याअÞता) को ९१ वर्षको उमेरमा यही २०७१ साल कार्तिक १८ गते असमायिक निधन भएको हुँदा सम्पूर्ण परिवार जनमा पर्न गएको पीरमर्का तथा दुःखमा हार्दिक समावेदना प्रकट गर्दै स्व. श्रीमान सुनुवारको आत्मले बुइशि लाँ समाओस् भनी देयिलिकि इँगिहोपोसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
–सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु फाउण्डेशन, चुप्लु समाज, रेडियो लिखु, सुनुवार सेवा समाज केन्द्रीय समिति तथा सम्पूर्ण परिवार ।