All about Sunuwar

News

now browsing by category

 

सुनुवार सेवा समाज प्रीति गाउँ समितिको दुई दिने भव्य कार्यक्रम

सुनुवार सेवा समाज प्रीति गाउँ समिति रामेछापको आयोजनामा खुला नृत्य तथा गायन प्रतियोगिता एवम् चिठ्ठा उपहार कार्यक्रम सम्पन्न भयो । कार्यक्रम नयाँ वर्ष २०६८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नको लागि आयोजना गरिएको कुरा प्रीति गाउँ समिति रामेछाप सुनुवार सेवा समाजका अध्यक्ष एवम् कार्यक्रमका आयोजक अध्यक्ष श्री सन्जीतकुमार सुनवारले बताउनुभयो । कार्यक्रम यही २०६८ साल वैशाख ४ र ५ गते गरी दुई दिन गरी सम्पन्न भयो ।
खुला नृत्य तथा गायन प्रतियोगितामा प्रीति गाउँका ७ वटा कलाकार समूह एवम् क्लवहरूबाट प्रतिनिधित्व गरिएको थियो । आयोजक टोलीबाट सुनुवार सेवा समाज कलाकार समूह, प्रीति– ७, तिलौरी खोला माइव्रmो हाइड्रोपावरका कलाकार समूह शोअ्तखोला– प्रीति–५, नव सिर्जना युवा क्लब, ग्युःदु– प्रीति–३, उद्देश्य युवा क्लब, गैरीखर्क– प्रीति–७, त्रिवेणी युवा क्लव, झिङामाइलि– प्रीति–४, बेंसीटोल जोशिला युवा क्लव, चिलउने– प्रीति–५, दिव्यज्योति युवा क्लव, क्याःदालु (थालनागि), प्रीति–७ हरूको सहभागिता रहेको थियो । खुला नृत्य तथा गायन प्रतियोगितालाई मौखिक गायन तथा नृत्य, सेला नृत्य र लोक दोहोरी नृत्य गरी तीन चरणको प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमको नतिजा २०६८ साल वैशाख ५ गते (कार्यक्रमको दोस्रो दिन) चिठ्ठा कार्यक्रमको उपहार नतिजा कार्यक्रमसँगै नतिजा प्रकाशन गरी नगद, शिल्ड तथा प्रमाण–पत्र वितरण गरिएको थियो । Read More

प्राकृतिक स्रोतमाथि आदिवासीको अधिकार स्थापित गर्न कोइँच (सुनुवार) जागे

सुनुवार डट ओआरजि/चुप्लु ।
कोइँच (सुनुवार) को भूमि, भू–अधिनत्व रागान चुप्लु (ओखलढुंगा) मा लिखु ४ जलविद्युत परियोजना बन्दै छ ।  कोइँचहरुको मानव अधिकार हनन् भएको ठहर गर्दै जिल्ला विकास समिति, ओखलढुंगामा भूमि, भू–अधिनत्व र प्राकृतिक स्रोत माथि आदिवासी कोइँचको अधिकार विषयमा सुनुवार सेवा समाजले अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न ग¥यो । सो गोष्ठीमा सरकारी अधिकारी, राजनीतिकर्मी तथा मानवाधिकारकर्मी र आदिवासी विशेषज्ञ वीच अन्तरक्रिया भएको थियो ।
उक्त अन्तरक्रियमा सुनुवार सेवा समाजको तर्पmबाट कोइँचबु काःतिचले लिखु ४ जलविद्युत परियोजनाले कसरी कोइँचहरुको मानव अधिकार हनन् भयो भन्ने विषयमा घटना अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भयो भने २० मिनेटको वृत्तचित्र पनि देखाइएको थियो । सो जानकारीपछि जिल्ला विकास समितिका इञ्जिनीयर ओम ढुंगानाले लिखु ४ जलविद्युत परियोजनाप्रति स्थानीय जनताहरुले के कारण विरोध गरेका हुन् ? प्रष्ट पार्न अनुरोध गर्नु भएकोमा रगनीकै बासिन्दा तथा चण्डेश्वरी उच्चा माविका प्रधानाध्यपक वेदबहादुर रोक्काले स्थानीय जनता तथा त्यस क्षेत्रका आदिवासी कोइँच (सुनुवार)सँग स्वतन्त्र पूर्व सुसूचित मञ्जुरी बेगर परियोजना आफुखुशी एकलौटीरुपमा सञ्चालन गर्दै लगेको हुँदा जनताले पाउनु पर्ने सूचनाको अधिकार स्पष्टरुपमा पाउनु प¥यो र उनीहरुको संलग्नतामा सम्भाव्यता तथा वातावरण प्रभाव मुल्याङ्कन हुनुप¥यो भन्ने मागको वेवास्ता भएको हुँदा लिखु ४ जलविद्युत परियोजनाको विरोध भएको जानकारी गराउनु भयो । उक्त जानकारी पछि परियोजनाले आइजिडिपी (आदिवासी जनजातिको विकास कार्यक्रम) बनाउनु नै पर्ने र क्यालेस्ट्रोल तथा रेसिस्टर नापी गरेर पीडित पक्षलाई उचित क्षतिपूर्ति दिर्नु पर्ने इञ्जिनियर ढुंगानाले बताउनु भयो । Read More

HEART 2 HEART APPEAL CHARITY RUN 2011

ON THE 10TH APRIL 2011 TWENTY MEMBERS FROM KSWS UK PARTICIPATED ON HEART TO HEART APPEAL CHARITY RUN WHICH WAS ORGANISED BY FRIMLEY PARK HOSPITAL. THE MAIN OBJECTIVE OF THIS EVENT IS TO HELP RAISE MONEY TOWARDS HEART 2 HEART APPEAL TO PROVIDE THE BEST POSSIBLE TREATMENT FOR HEART ATTACK HERE AT FRIMLEY PARK. THE FOLLOWING MEMBERS WERE PARTICIPATED IN THIS EVENT.
PRESIDENT JANGA SUNUWAR, SECRETARY CHHATRA SUNUWAR, TREASURER, PURNA SUNUWAR, BADRI SUNUWAR, DHARMA RAJ SUNUWAR, BHAWANA SUNUWAR, PUSHPA SUNUWAR, PRASILA SUNUWR, KALPANA LIMBU SUNUWAR, MRS RAM SUNUWAR, CHUNA SUNUWAR, SIRMI SUNUWAR, JENNY SUNUWAR, KAMALA SUNUWAR, NANU SUNUWAR,SISIR SUNUWAR, KANCHANA SUNUWAR, NAWARAJ SUNUWAR, BISHNU SUNUWAR, JUNEL SUNUWAR.    ON BEHALF OF THE KSWS UK I WOULD LIKE TO EXPRESS BIG THANK YOU TO ALL PARTICIPANT WHO CONTRIBUTED THEIR VALUABLE TIME FOR THIS EVENT.

JANGA SUNUWAR
CHAIRMAN
KSWS UK

वृहद् फुट्बल टुर्नामेन्टको आयोजना

 

सुनुवार डट् ओ आर् जी;
खिं:चि, ओखल्ढुङ्गा

किराँत् सुनुवारहरुको ऐतिहांसिक गाउँ खिजी (खिं:चि) चन्डेश्वोरीमा, यहि २०६७, चैत्र २१ देखि, खिजी चन्डेश्वोरी गा वि स तथा पवित्र युवा क्लवको संयुक्त पहलमा वृहद् फुट्बल टुर्नामेन्टको आयोजना हुनगैरहेको कुरा आयोजक पवित्र युवा क्लबले जनाएको छ ।

सवै नेपालीको नव वर्षको उपलक्ष्यमा आयोजना हुन गैरहेको यस् टुर्नामेन्टमा ४ जिल्लाका १६ भन्दा वढि क्लवहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सर्वोच्च अदलतमा कस्ले पु¥यायो सुनुवार सेवा समाजलाई

सुनुवार डट ओआरजि समाचारदाता । माबर सुनुवार, विष्णु सुनुवार, प्रकाश सुनुवार, दिपक सुनुवार र उदयबहादुर सुनुवारको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले २२२ जना राष्ट्रिय प्रतिनिधिले चयन गरेको कोइँच (सुनुवार) हरुको प्रतिनिधि संस्था सुनुवार सेवा समाज वर्तमान (आठौं) कार्य समितिलाई अवैधानिक भएको भनी बदर गरे पछि सरकार पक्षले आदिवासी जनजातिहरुको संस्था माथि हस्तक्षेप गरेको ठहर गर्दै सुनुवार सेवा समाजले सर्वोच्चमा रिट दायर गरेपछिको सर्वोच्च अदलतले हाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त आदेश कार्यान्वयन नगर्नु भनि उत्पेषण जारी गरेको छ । Click here  to read more ->>

पुस्तक बिमोचन कार्यक्रम !

सुनुवार डट ओआरजि,
काठमाण्डौं, ७ चैत्र, २०६७ । कबि “आँकाला” (राम कृष्ण सुनुवार)का सन्तानहरु र कथाकार “सिर्सेलि” (टंक राम सुनुवार)का परेङ नयां पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाद्वुरा बिमोचन गरियो।

श्री हुपिन महिला जागरण तथा शीप विकास केन्द्रको दोस्रो साधारण सभा समपन्न भयो।

सुनुवार डट ओआरजि,
काठमाण्डौं, २९ फाल्गुन, २०६७ । श्री हुपिन महिला जागरण तथा शीप विकास केन्द्र मन्थली रामेछापको दोस्रो साधारण सभा सुनुवार सेवा समाज केन्द्रिय कार्यलय कोठेश्वरमा सम्पन्न भयो । उक्त सभाले निम्न बमोजिमका पदाधिकारीहरु चयन ग¥यो ।
नामावली
१. अध्यक्ष श्रीमति दाल कुमारी सुनुवार
२. उपाध्यक्ष सुश्री सरस्वती श्रेष्ठ Read More