News
now browsing by category
किराँति सुनुवारहरुको महान चाड उभौली ष्याँदर सम्पन्न
सुनुवार डट् ओआरजी,
ललितपुर, यलाखोम्,
३ जेष्ठ, २०६८ ।
किराँतिहरुको महान चाड ष्यांदर, साकेला, चासोक (उभौली) आज प्राकृतिक देवी-देवता तथा कुलपितृहरुको पुजा-आजा गरेर भव्य रूपमा मनाइदै छ । यसै अवसरमा किराँत सुनुवारहरुले ललितपुरको हात्तिवन स्थित ष्यांदर थान गई सुनुवारी रिती-थिती र परम्परा ( कोइँच् मुल्केम ) अनुसार पुजा-आजा गरी हर्षोल्लासका साथ ष्यांदर मनाइरहेका छन् ।
किराँति कोइँचहरु विहान सवेरै सोलि, लिंगा, ढोल, झ्याम्टा र विभिन्न पुजा सामग्रीका साथ ष्यांदर थान पुगेका थिए । मध्यान्ह १२:३० पश्चात पुजा सकेर ललितपुरको नखिपोट स्थित
खेलकुद मैदानमा आइ ढोल झ्याम्टाका साथ विभिन्न लय र तालमा नाचगान गरियो ।
सुनुवार महिलाहरुका अगुवा व्यक्तित्व मध्यका एक सभासद् दाल कुमारी सुनुवारका अनुसार, विभिन्न कारणले आफ्नो पुर्खौली किपट थात-थलोमा मनाउने ष्यांदर र ललितपुरमा मनाइने ष्यांदरमा केहि भिन्नता भएता पनि ष्यांदरको औचित्य र सारमा केहि भिन्नाता छैन ।
अपरान्ह ५:०० वाट ललितपुरको नखिपोट स्थित सुनुवार टोलमा “सुरो चोतेक्” कार्यको थालनि गरियो । गत सालको उभौली देखि ललितपुरमा आरम्भ गरिएको, “सुरो चोतेक्” कार्य भन्नाले ढोल झ्याम्टाका साथ घर-घरमा गई
न्हा:सोले रितिअनुसार पिदार गरेर लक्षिण हुलि आशिर्वाद तथा कामना गर्ने कार्य हो भन्ने स्पष्ट पार्दै सु से स जिल्ला समितिका अधक्ष्य याम वहादुर सुनुवारले भन्नुभयो – “सुरो चोतेक् कार्यलाइ अझ हामि परिस्कृत र नियमित गर्दै लैजाने छौं ।” साथै, सुरो चोतेक् कार्य तीन दिन सम्म जारि रहने जानकारि पनि दिनुभयो ।
ललितपुरमा “बुल्फे: थुल्तेक” कार्य सम्पन्न गरियो
सुनुवार डट ओआरजि,
ललितपुर, २ जेष्ठ, २०६८ ।
किराँत सुनुवारको महान चाड उभौलीको पुर्व सन्ध्यामा, सु. से. स. ललितपुरमा “बुल्फे: थुल्तेक” कार्य सम्पन्न गरियो ।
कार्यविधी वारे स्पष्ट पार्दै सु. से .स. केन्द्रीय समितिका सल्लाहकार श्री अतित सुनुवारज्युले भन्नुभयो- “‘बुल्फे: थुल्तेक’ किराँत सुनुवार जातिले ष्याँदारको अघिल्लो साँझ आफ्ना सम्पुर्ण प्रकृतिक देवी देवता तथा कुलपितृ (मुली) लाई सुचना दिने कार्य हो ।”
आफ्नो थाँत थलो र गाउं-ठाउँमा नियमित गरिने “बुल्फे: थुल्तेक्” कार्य यहाँ गत साल देखि शुरुवात गरेको जानकारि दिदै सु. से. स. गिल्ला समिति ललितपुरका अधक्ष्य श्री याम वहादुर सुनुवार ज्युले भन्नुभयो – ” गाउं-ठाउँमा पौराणिक र
प्राकृतिक रुपमा गरिने यो कार्य महत्वपुर्ण भएकोले यहाँ पनि नियमित र परिष्कृत गर्दै लैजाने छौं ।”
lalitapura, 2 jeShTha, २०६8 । kiraa**ta sunuwaarako mahaana chaaDa ubhauleeko purwa sandhyaamaa, su se sa lalitapuramaa “bulfe: thulteka” kaarya sampanna gariyo.
kaaryabidhee baare spaShTa paardai su se sa kindreeya samitikaa sallahakaara shree atita sunuwaarajyule bhannubhayo “bulfe: thulteka” kiraa**ta jaatile Shyaa**daarako aghillo saa**jha aafnaa sampurNa prakritika dewi dewataa tathaa kulapitri(mulee)laaii suchanaa dine kaarya ho.
aafno thaa**ta thalo ra gaau*-Thaau**maa niyamita garine “bulfe: thultek” kaarya yahaa** gata saala dekhi shuruwaata gareko jaanakaari didai su se sa gillaa samiti lalitapurakaa adhakshya shree yaama wahaadura sunuwaara jyule bhannubhayo – ” gaau*-Thaau**maa pauraaNika ra praakritika rupamaa garine yo kaarya mahatwapurNa bhaekole yahaa** pani
Financial support to Bhakta bahadur sunwar
Members of KSWS UK have provided financial support to Bhakta bahadur sunwar with amount of £1007.10 pence. This is not final amount we are still receiving contribution from members. He has had his left hand paralysed due to a stroke and he is proceeding to Nepal shortly. KSWS UK has been providing financial support to all Koinch bu residing in the UK in terms of critical health condition and unforseen circumstances. On behalf of the KSWS UK i would like express thank you to all members for their generous support in this difficult situation towards Bhakta bahadur sunwar.
Janga Sunwar
Chairman
KSWS UK
सुनुवार सेवा समाजको राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी अभियान
सुनुवार सेवा समाज केन्द्रीय समितिको आह्वानमा देशव्यापि सञ्चालित अभियान “जाति, थर, भाषा, धर्म, संस्कृति आदिवासी कोइँच सुनुवारको पहिचान, राष्ट्रिय जनगणनामा सही सूचना दिई गरौं आफ्नो पहिचान” भन्ने नारासहित “राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी सचेतना अभियान कार्यक्रम” सुनुवार सेवा समाज सिन्धुली जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न भयो ।
उक्त सचेतना अभियान कार्यक्रम सुनुवार सेवा समाज सिन्धुली जिल्ला कार्य समितिका कार्यवहाक अध्यक्ष श्री तोरणबहादुर सुनुवारज्यूको सभापतित्व केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार, महासचिव खडोस सुनुवार, केन्द्रीय सदस्य समीर मुखिया (सुनुवार)को उपस्थितिम सञ्चालन भएको हो । Read More
रामेछाप साँस्कृतिक महोत्सव : तस्वीर आँफै बोल्छ ।
सुनुवार डट ओआरजि । कोइँच (सुनुवार) को भू अधिनत्व लेङलेङ (रामेछाप) मा पहिलो पटक सम्पन्न रामेछाप साँस्कृतिक महोत्सवले रामेछापवासीहरुलाई आफ्नो जिल्लाप्रति आत्म गौरव गर्न लगाएको छ । विभिन्न जातजातिहरुको झाँकीहरु समावेश सो महोत्सवलाई शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले उदघाटन गर्नु भएको थियो । उक्त महोत्सवमा विविध कृषि सामाग्री तथा अन्य व्यवसायिक उत्पादनहरु प्रदर्शनमा राखिएको थियो । to see photos click here
सुनुवार सेवा समाज प्रीति गाउँ समितिको दुई दिने भव्य कार्यक्रम
सुनुवार सेवा समाज प्रीति गाउँ समिति रामेछापको आयोजनामा खुला नृत्य तथा गायन प्रतियोगिता एवम् चिठ्ठा उपहार कार्यक्रम सम्पन्न भयो । कार्यक्रम नयाँ वर्ष २०६८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नको लागि आयोजना गरिएको कुरा प्रीति गाउँ समिति रामेछाप सुनुवार सेवा समाजका अध्यक्ष एवम् कार्यक्रमका आयोजक अध्यक्ष श्री सन्जीतकुमार सुनवारले बताउनुभयो । कार्यक्रम यही २०६८ साल वैशाख ४ र ५ गते गरी दुई दिन गरी सम्पन्न भयो ।
खुला नृत्य तथा गायन प्रतियोगितामा प्रीति गाउँका ७ वटा कलाकार समूह एवम् क्लवहरूबाट प्रतिनिधित्व गरिएको थियो । आयोजक टोलीबाट सुनुवार सेवा समाज कलाकार समूह, प्रीति– ७, तिलौरी खोला माइव्रmो हाइड्रोपावरका कलाकार समूह शोअ्तखोला– प्रीति–५, नव सिर्जना युवा क्लब, ग्युःदु– प्रीति–३, उद्देश्य युवा क्लब, गैरीखर्क– प्रीति–७, त्रिवेणी युवा क्लव, झिङामाइलि– प्रीति–४, बेंसीटोल जोशिला युवा क्लव, चिलउने– प्रीति–५, दिव्यज्योति युवा क्लव, क्याःदालु (थालनागि), प्रीति–७ हरूको सहभागिता रहेको थियो । खुला नृत्य तथा गायन प्रतियोगितालाई मौखिक गायन तथा नृत्य, सेला नृत्य र लोक दोहोरी नृत्य गरी तीन चरणको प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमको नतिजा २०६८ साल वैशाख ५ गते (कार्यक्रमको दोस्रो दिन) चिठ्ठा कार्यक्रमको उपहार नतिजा कार्यक्रमसँगै नतिजा प्रकाशन गरी नगद, शिल्ड तथा प्रमाण–पत्र वितरण गरिएको थियो । Read More
प्राकृतिक स्रोतमाथि आदिवासीको अधिकार स्थापित गर्न कोइँच (सुनुवार) जागे
सुनुवार डट ओआरजि/चुप्लु ।
कोइँच (सुनुवार) को भूमि, भू–अधिनत्व रागान चुप्लु (ओखलढुंगा) मा लिखु ४ जलविद्युत परियोजना बन्दै छ । कोइँचहरुको मानव अधिकार हनन् भएको ठहर गर्दै जिल्ला विकास समिति, ओखलढुंगामा भूमि, भू–अधिनत्व र प्राकृतिक स्रोत माथि आदिवासी कोइँचको अधिकार विषयमा सुनुवार सेवा समाजले अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न ग¥यो । सो गोष्ठीमा सरकारी अधिकारी, राजनीतिकर्मी तथा मानवाधिकारकर्मी र आदिवासी विशेषज्ञ वीच अन्तरक्रिया भएको थियो ।
उक्त अन्तरक्रियमा सुनुवार सेवा समाजको तर्पmबाट कोइँचबु काःतिचले लिखु ४ जलविद्युत परियोजनाले कसरी कोइँचहरुको मानव अधिकार हनन् भयो भन्ने विषयमा घटना अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भयो भने २० मिनेटको वृत्तचित्र पनि देखाइएको थियो । सो जानकारीपछि जिल्ला विकास समितिका इञ्जिनीयर ओम ढुंगानाले लिखु ४ जलविद्युत परियोजनाप्रति स्थानीय जनताहरुले के कारण विरोध गरेका हुन् ? प्रष्ट पार्न अनुरोध गर्नु भएकोमा रगनीकै बासिन्दा तथा चण्डेश्वरी उच्चा माविका प्रधानाध्यपक वेदबहादुर रोक्काले स्थानीय जनता तथा त्यस क्षेत्रका आदिवासी कोइँच (सुनुवार)सँग स्वतन्त्र पूर्व सुसूचित मञ्जुरी बेगर परियोजना आफुखुशी एकलौटीरुपमा सञ्चालन गर्दै लगेको हुँदा जनताले पाउनु पर्ने सूचनाको अधिकार स्पष्टरुपमा पाउनु प¥यो र उनीहरुको संलग्नतामा सम्भाव्यता तथा वातावरण प्रभाव मुल्याङ्कन हुनुप¥यो भन्ने मागको वेवास्ता भएको हुँदा लिखु ४ जलविद्युत परियोजनाको विरोध भएको जानकारी गराउनु भयो । उक्त जानकारी पछि परियोजनाले आइजिडिपी (आदिवासी जनजातिको विकास कार्यक्रम) बनाउनु नै पर्ने र क्यालेस्ट्रोल तथा रेसिस्टर नापी गरेर पीडित पक्षलाई उचित क्षतिपूर्ति दिर्नु पर्ने इञ्जिनियर ढुंगानाले बताउनु भयो । Read More
