News
now browsing by category
शब्द उही हो वाक्य उही : कविले मात्र कला भर्छन कविता बनाउन
वृहस्पति सुनुवार/चेरेहामसो क्याःब, सुनुवार डट ओआरजि–
आसार १५, ललितपुर । ‘मैले धेरै पहिलादेखि भन्दै आएको छु, उद्घोषक भाईले भने जस्तै खस भाषा मात्र नेपाली भाषा होइन नेपालमा बोलिने सबै भाषा नेपाली भाषा हो । प्राज्ञ तुलसी दिवसले अदेखा फुलका गीतहरु विमोचन गर्दै अगाडि भन्नु भयो– शब्द उही हो, वाक्य त्यही, तर कविले कला भरेर कलात्मक ढंगले अभिव्यक्ति प्रस्तुत गर्छन् । यस कवि डा. लाल श्याँकारेलु रापचा यस अर्थमा सफल भएका छन् जापनी साहित्यिक शैलीलाई अबलम्वन गरेका हुन कि भन्ने लाग्छ ।’ आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जाउलाखेलमा डा. लाल श्याँकारेलु रापचाद्वारा लिखित कविता सङ्ग्रह ‘माततिक फुके कुमसोपुकि र अदेखा फुलका गीतहरु’ का कविता सङ्ग्रश विमोचन भयो ।
‘एक सय तीन जाति भएको नेपालमा अहिलेसम्म खस भाषालाई मात्र नेपाली भाषा र अन्यलाई अनेपाली भाषाको रुपमा चित्रण गर्ने यो देशको एक जातीय तथा एक भाषा, धर्मको राज्य बनाउने प्रयास गरीरहेको राज्यमा डा. लाल श्याँकारेलु रापचाको यो कृति आम आदिवासी जनजातिको नियतिलाई राम्ररी चित्रण गर्नु भएको छ । यो कोइँच जातिको लागि खुशीको कुरा हो किनकि पहिलो पटक कोइँच भाषाले आफ्नै लिपिमा साहित्य सङ्ग्रह पाएको छ भन्दै माततिक फुके कुमसोपुकि लोकार्पण गर्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अगाडि थप्नु भयो, २०६२/६३ बाट कोइँच साहित्यको तीव्रतर विकास भएको छ, यो एक किसिमले भन्दा कोइँच सौन्दर्यलाई आम देशी विदेशी साहित्यप्रेमीहरुको लागि खुशीको कुरा हो । उनको यो यात्रा अविरल रहोस् ।’ Read More
वृक्षारोपण कार्यक्रम २०६८ सम्पन्न भयो ।
ललितपुर, अषाढ ५ । सानो हात्तिवन किरात माङहिम मन्दिर ब्यवस्थापन समितिको आयोजनमा “हरियाली जोगाऔ प्राकृती संगै रमाऔ । ” भन्ने मुल नाराका साथ किरात धार्मिक वन सानो हात्तिवनमा वृक्षारोपण कार्यक्रम २०६८, यहीँ अषाढ ४ गते सु–सम्पन्न भयो जसका प्रमुख अथिति सभासद पम्फा भुसाल हुनुहुन्थ्यो ।
सुनुवार सेवा समाजको २३औं स्थापना दिवस सम्पन्न
ओआरजी संवाददाता, २५ जेष्ठ, २०६८ । सुनुवार सेवा समाजको २३औं वार्षिकोत्सव आज सुसेस भवन कोटेश्वरमा भव्यताका साथ सम्पन्न भयो । सो कार्यक्रममा सुनुवार जातिमा वर्षभरिमा मनाइने विभिन्न चाडपर्वको बारेमा एक प्रस्तावित खाका प्रस्तुत गरियो ।
चाडपर्वका बारेमा प्रकाश पार्दै केन्द्रीय सदस्य उत्तम सुनुवारले वर्षभरिको बाह्र महिनामा मनाइन चाडपर्वहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो । कार्यक्रमका अतिथि ले. मानबहादुर सुनुवारले सुनुवार कोइँच जातिको किपटबारे प्रकाश पार्दै अहिलेको संक्रमणकालमा आफ्नो पुख्र्यौली किपटको रक्षा गर्दै मुलुक संघीयतामा प्रवेश गर्न लागेको अवस्थामा वल्लो किराँत राज्यको माग अपरिहार्य भएको बताउनुभयो । हाल चालु जनगणनामा आफ्नो पहिचान नगुमाउन सबै सुनुवारहरुलाई स्पष्ट रुपमा धर्म र जात उल्लेख गर्नसमेत आग्रह गर्नुभयो ।
सुसेसका भूतपूर्व अध्यक्ष श्री लोकप्रिय सुनुवारले किरात चाडपर्वहरुको समीक्षा गर्दै सुनुवार जातिलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उधौली उभौलीलाई अझ परिष्कृत र भव्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
सुसेसका संस्थापक सदस्य श्री टीकाराम मुलिचाले विगतका तीतो अनुभवहरु र भोगाइले नै यस संस्थाको स्थापना ऊर्जा थपेको स्मरण गर्दै स्थापनापश्चात आजसम्म भएका प्रगति र उतारचढावको समीक्षा गर्नुभयो । साथै संस्थाको संस्थापक अध्यक्ष स्व. देवीबहादुर सुनुवारको स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभयो । सुनुवारका चाडपर्वहरुबारे प्रकाश पार्दै उहाँले विभिन्न अवसरमा मनाइने चाडहरु व्यवस्थित र परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । विभिन्न चाडपर्व तथा शुभजन्मोत्सव साथै अन्त्येष्टि कार्यमा प्रयोग गरिने सामग्रीहरुको विस्तृत जानकारीमूलक पुस्तिका बनाउनुपर्ने सुझाव दिनुभयो ।
संस्थाका संस्थापक सदस्य श्री गुञ्जबहादुर सुनुवारले संस्थाको २३औं स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण सुनुवारवन्धुलाई बधाई दिँदै, किरात सुनुवारको चाडपर्वहरु अझ स्पष्ट र परिष्कृत हुनुपर्ने बताउनुभयो । सुनुवारको चाडपर्वहरुलाई लिखित रुपमा मात्र टिप्पणी नगरी यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिनुभयो । वार्षिक तालिकामा उल्लेखित उत्सवहरु संस्था स्वयंले आयोजना नगरे तापनि सहभागिताको लागि विशेष जोड दिइ आयोजनामा सहयोग पु¥याउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा “लाबलामा” स्मृति दोस्रो महिला तथा पुरुष बुद्धिचाल प्रतियोगिताका विजयी खेलाडीहरुलाई अतिथि तथा संस्थापक सचिव गुञ्जबहादुर सुनुवार, संस्थापक कोषाध्यक्ष टीकाराम मुलिचा र संस्थापक सदस्य तीर्थबहादुर सुनुवारले नगद पुरस्कार तथा प्रमाणपत्र संयुक्त रुपमा प्रदान गरियो । उक्त
प्रतियोगितामा पुरुषतर्फ प्रथम रिजन सुनुवार, दोस्रो तेजेन्द्र सुनुवार र तेस्रो मानबहादुर सुनुवार हुनुभएका थिए भने महिलातर्फ प्रथम झनकुमारी सुनुवार, दोस्रो मालती सुनुवार तथा तेस्रो उर्मिला सुनुवार भएका थिए ।
कार्यक्रमका अन्त्यमा संस्थाका अध्यक्ष श्री मनप्रसाद सुनुवारले विभिन्न त्रुटी र अवरोधका बाबजुद पनि सुसेससका २३औं स्थापना दिवस भव्यताका साथ सफल भएको पुष्टि गर्दै आगामी दिनहरुमा अझ भव्य र व्यवस्थित बनाउँदै लाने प्रण गर्दै कार्यक्रम समापन गर्नुभयो ।
उभौली ष्यांदर २०६८ का केहि तस्विरहरु
किराँत सुनुवारहरुले आ-आफ्नो किपट, थांत-थलो, गाउं-ठाउंमा आ-आफ्नै रिति-थिति अनुसार उभौली ष्याँदर हर्शोल्लाषका साथ मनाएका थिया । हेर्नुहोस विभिन्न ठाउका किराँत सुनुवारहरुले मनाएक उभौली ष्यांदर २०६८ का केहि तस्विरहरु; जस्मा प्लीती, बुज, सर्लाही र टुडिखेलका समावेश छन् । click her to see photos
आदिवासी जनजातिद्वारा संविधानसभा घेराउ
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति अधिकारसहितको नयाँ संविधान जारी गर्नुपर्ने भन्दै बिहीबार संविधानसभा भवन अगाडि घेराउ कार्यक्रम गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध विभिन्न जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहित ¥याली निकाल्दै दिउँसो १ बजेदेखि ३ बजेसम्म संविधानसभा भवन घेराउ गरेका थिए । सो कार्यक्रममा माओवादी, एमाले र कांग्रेसनिकट जातीय मोर्चा र आदिवासी जनजाति सम्बद्ध राजनीतिक दल र आदिवासी जनजातिका विज्ञहरूको पनि सहभागिता रहेको थियो ।
जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाको लैनचौर, प्रदर्शनीमार्ग, बसन्तपुर,
माइतीघर, सातदोबाटो, अनामनगरलगायतका स्थानबाट झाँकीसहितको ¥याली निकालेका थिए । महासंघले सो अवसरमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मागपत्र पनि बुझाएको महासंघका महासचिव आङकाजी शेर्पाले बताए ।
सूदुर पूर्वको संस्कृति पस्चिमी माटोमा मौलाउँदो : बेलायतमा किरात सुनुवारहरुको शाँदार पिदार
भावना ”परिस्कृत”
मे, फन्ब्रोरो, । ब्रिटिश सरकारलाई पहिलो विश्वयुद्धपूर्वदेखि हालसम्म नेपालका अन्य नेपालीहरुले जे जसरी सहयोग गरे त्यस्तै गरी कोइँच (सुनुवार)हरुले पनि मानव संशाधन उपलब्ध गराएर सहयोग गरिरहेको छ । हुन त अहिले ब्रिटिश गोर्खा आर्म फोर्समा मात्रै होइन ब्रिटेनमा अन्य पेशामा पनि कोइँच (सुनुवार) हरु पनि व्रिटेनमा बसोबास गरिरहेका छन् । यसरी ब्रिटेनमा ब्रिटिश गोर्खा आर्मीलाई आवसीय प्रवेशाज्ञ दिएपछि परिवारसहित बेलायतमा कोइँच (सुनुवार) हरु बसोबास गर्न थाले पछि भने कोइँच संस्कृतिको उपस्थितिले पनि मौलाउने मौका पायो । यसै क्रममा २१ मे शानिवार, फन्ब्रोरो स्थित वोकफम स्कूलको कम्युनिटी हलमा किरात कोइँच सुनुवारहरुको महान चाड शाँदार पिदार सम्पन्न भएको छ । किरात सुनुवार सेवा समाज (किसुसेस) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष जंग सुनुवारले गर्नु भएको थियो । Read More
फोटो ग्यालरी हेर्नुहोला
रूपमा केहि भिन्नता देखिएता पनि सार एउटै हो । किराँत सुनुवारहरुले आ-आफ्नो किपट, थांत-थलो, गाउं-ठाउंमा आ-आफ्नै रिति-थिति अनुसार उभौली ष्याँदर हर्शोल्लाषका साथ मनाए । हामिले त ललितपुरको हातिवनमा यसरि मनायौं (फोटो ग्यालरी हेर्नुहोला), तपाइहरुले नि? ललितपुरमामा मनाइएको उभौली ष्यांदर २०६८ का केहि तस्विरहरु; जस्मा बुल्फे थुल्तेक् र सुरो चोतेक् पनि समावेश छन् । click her to see photos
