News
now browsing by category
वल्लो किरात स्वयत्त प्रदेशप्रति आदिवासी जनजाति सभासद (ककस) को समर्थन
चुपलु दामलोच
काठमाडौं । इतिहासमा पृथ्वीनारायण शाहको समयसम्म वल्लो किरात प्रदेश अस्तित्वमा रहेको उल्लेख छ । यही ऐतिहासिक साझा पहिचानलाई लिएर सुनुवार सेवा समाजले २०६३ मा वल्लो किरात स्वायत्त प्रदेशको विषयलाई अगाडि उठान गर्दै आएको हो । पछिल्लो समयमा कोइँच (सुनुवार), बाहि, जेरो, जिरेल, हायु, सुरेल, थामी लगायत अन्य आदिवासी समुदायको संयुक्त पहलमा वल्लो किरात स्वायत्त परिषद साझा संगठनमा रहेर विभिन्न पार्टी, संविधान सभा सभामुख, प्रधानमन्त्री, संविधान सभाको विषयगत समितिका सभापति र विभिन्न सभासदहरुलाई आदिवासी जनजातिको सभासदहरुलाई राज्यपुनसंरचना हुँदा ऐतिहासिकता साझा जातीय पहिचानसहित वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्ने जिकीरसहित ज्ञापनपत्र तथा घोषणापत्र बुझाउँदै अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा राज्यपुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले प्रस्तुत गरेको सुनकोशी प्रदेशको विरोध गर्दै सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश नामाकरण गराउन वल्लो किरात राज्य परिषदले आदिवासी जनजातिको सभासदहरु (ककस) कोलाई समेत लाविं गर्न अनुरोध गरे अनुसार ककसको आप्mनो अवधारणा पत्रमा सुनकोशी प्रदेशको सट्टा वल्लो किरात स्वायत्त प्रदेश संशोधन गर्न प्रस्तावक गरेको छ ।
उक्त अवधारणा पत्र यही भदौ १० गते मल्ल होटेल लैनचौरमा सभामुख सुवाशचन्द्र नेम्वांले लोकार्पण गर्नु भएको थियो । Read More
चुपलुमि शारिरेँशोच (चुलाचौकामा कवि जमघट) सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१०, भदौ । चुप्लु समाज, सुनुवार डट ओरआरजी तथा दुर्दा डट कमद्वारा आज सुनुवार सेवा समाजको भवनमा चुपलु (चुलाचौका)मा साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विभिन्न कोँइच साहित्यकारहरुले आआफ्ना श्रृजना वाचन गर्नु भएको थियो । साथै कार्यक्रममा वाचन गरिएका श्रृजनाहरुको कवि अधिवक्ता श्री अतित मुखिया ज्युले समिक्षा तथा समालोचना गर्नु भयो । उक्त कार्यक्रममा कोँइच (सुनुवार) नेपाली तथा खस नेपाली भाषामा लेखिएका श्रृजनाहरु प्रस्तुत गएिका थिए । साथै उक्त अवसरमा कोँइच नेपाली भाषाका अगुवा अभियानकर्ता श्री कोँइचबु कातिचले कस्ता साहित्यलाई कोँइच साहित्य भन्ने ? भन्ने विषयमा सहभागीहरु माझ छलफल तथा अन्तर्किृया गर्दै उक्त विषयमा प्रष्ट्याउनु भयो । Read More
आदिवासी किरात महासंगको रास्ट्रिय सम्मेलन घोषणा
सुनुवार डट ओअरजि समाचारदाता ।
३१, साउन । आदिवासी किरात महासंघको दोस्रो रास्ट्रिय सम्मेलन भदौ ३ गते गरिने जानकारी सम्मेलन मुल समितिका संयोजक शक्ति वान्तवाले गराउनु भयो।
बिभिन्न किरातीहरुका साझा संगठन बनाउने घोषणा सहित जातिय तथा धर्मिक युद्ध खस बहुनहरुले चाहेका र आदिवासी जनजातिको आधिकार कटौती गर्ने काम गरेको हुँदा ती खसबाहुनले आदिवासीहरुको संहार गर्न शिव सेना, मुस्कान सेना र रणवीर सेनाको नाममा सशस्त्र संघर्षको तयारी गरी रहेको हुँदा यसको प्रतिकारमा लाग्ने आदिवासी किरात महासंघको मुख्य एजेन्डा रहेको जानकारी गराइयो।
उक्त महासंघको कार्यक्रममा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणबीर सुनुवारले सम्मेलन सफलता तथा सहकार्यको लागि प्रतिबद्धता जाहेर गर्नु भयो ।
१७औं विश्व आदिवासी जनजाति दिवस सम्पन्न भयो ।
सुनुवार डट ओआरजी समाचारदाता ।
साउन २४, यालाखोम । १७औं विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा एक महिना लामो विभिन्न कार्यक्रम गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघको सम्पुर्ण कार्यक्रम आज विभिन्न नेपालका आदिवासी जनजातिहरुको झाँकी, जुलुससहित सहर परिक्रम गर्दै राष्ट्रिय सभागृहमा सभामा परिणत भएको थियो । यस दिवसको लागि राष्ट्रपति, सभामुख लगायत तीन ठूला दलले सम्बोधन गरेका छन् । विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार कोइँच लगायत १४ अन्य आदिवासीको तर्फबाट राष्ट्रिय सभागृहमा आज सम्बोधन गरेको थियो।
सुन्नुहोस् आज सुनुवार सेवा समाजका अध्यक्ष श्री मनप्रसाद सुनुवार ज्युले कोइँच भाषामा दिनु भएको सम्बोधन ।
[flv image=”http://www.sunuwar.org/video/interview/adibasi.jpg”]http://www.sunuwar.org/video/interview/adibasi.flv[/flv]
संविधानले सबै भाषालाई समान अधिकार दिएको छ तर विभेद जस्ताको तस्तै
सुनुवार डट ओआरजी समाचारदाता ।
साउन २०, यालाखोम । ‘आजको सर्न्दर्भमा मातृभाषामा साहित्य सिर्जनाको महत्व’ नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य -मातृभाषा) विभागद्वारा आयोजित विचार विमर्श गोष्ठी आज नेपाल प्रज्ञा-प्रतिष्ठानको पुस्तकालय हलमा सम्पन्न भयो । भाषाशास्त्री अमृत योञ्जनले नेपालका धेरै मातृभाषामा साहित्य सिर्जना हुन नसकेको बताउँदै बाल-साहित्य र समालोचनामा कुनै पनि मातृभाषामा साहित्य लेखन नभएको तथ्य प्रस्तुत गर्नु भयो । योञ्जनले पहिलो पटक इण्डियन ल्याङ्ग्वाइज र्सर्भे गर्दा सन् १९०८ मा सुनुवार लगायत नेपालका धेरै मातृभाषामा एक देखि दर्ुइ वटासम्म कथा अनुवाद भएको तथ्य फेला परेको पनि बताउनु भयो । डा. रामदायल राकेशले सातौं शताब्दीमै तर्राईमा मैथली भाषाको अस्तित्व रहेको तथ्य फेला परे पनि नेपालमा मैथली भाषामा विभेद गरिएको बताउनु भयो भने अर्को प्रवचनकर्ता शान्ति चौधरीले राज्यले मातृभाषालाई मार्ने काम गरेको आरोप लगाउँदै भन्नु भयो- ‘म काठमाडौंमै जन्मे हर्ुर्केँ मेरो मातृभाषा खस नेपाली भाषा भयो । मलाई मेरो मातृभाषा बोल्न पाउने अधिकार खोख्यो । किनभने त्यतिबेल उल्पीडित जाति खस, बाहुनले गाली गर्दार् न तँ थारु भने पछि कुनै पनि थारुले आफुलाई थारु जाति भनेर पहिचान दिन र थारु भाषा बोल्न आँट गर्ने भएनन् । त्यसैले राज्यले यसको बदलामा क्षतिपर्ूर्ति तिर्नु पर्छ । आम आदिवासी जनजातिहरु आफ्नु खुशीले होइन राज्यले बुनेको जालले जबर्जस्ती मातृभाषा बोल्नबाट बञ्चित हुनु पर्यो ।’ Read More
सानुबाबु सुनुवार र लाक्पा छिरी शर्पाको सम्मान कार्यक्रम सम्पन्न भयो ।
२६ असार, काठमाडौ । सुचना तथा संचार मन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख अथितिमा सानुबाबु सुनुवार र लाक्पा छिरी शर्पाको सम्मान कार्यक्रम सम्पन्न भयो । इतिहासमै पहिलो पल्ट, रामपुर रामेछापका सानुबाबु सुनुवार, २९ र चौरीखर्क, सोलुखुम्बुका लाक्पा छिरि शेर्पा, ३५ ले २०६८, जेठ ७ गते तदनुसार May 21st, 2011 ८:३० मा सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको चुचुरोभन्दा ३० मिटर माथीसम्म प्याराग्लाइडिङ गरी उडेर नाम्चेमा ओर्लिन आइपुगेका उनीहरु प्याराग्लाइडिङ, कायाकिङ, क्यानोइङ, साइकल र पैदल यात्रा गरी साहासिक खेल खेल्दै विश्वको अग्लो चुचुरोदेखि शुरु गरेको Summit to sea नामक साहासिक यात्रा शून्य तह बंगालखाडी हिन्द–महासागरमा २०६८ असार १४ गते अर्थात June 28th 2011 दिनको १:३० बजे पुगी विश्व रेकर्ड कायम गरेका छन् । Read More

