All about Sunuwar

News

now browsing by category

 

किरात कोइँच कि सुनुवार – क-कसको के भूमिका –

सुनुवार डट ओआरजि समाचार विश्लेषण ।
सुनुवार जातिको असली मौलिक नाम ‘कोइँच’ हो । केही वर्षअगाडिदेखि पत्रपत्रिकामा कोइँच कलमीहरुले कलम चलाउँदै आएको पाइन्छ । र, सुनुवार सेवा समाज -सुसेस) आर्पैm पनि कोइँचबु -सुनुवार वन्धुत्व) मुखपत्र २०४७ देखि प्रकाशन गर्दै आएको छ -हेर्नोस् सुसेस का पर्ूव प्रकाशित मुखपत्र कोइँचबुका अंकहरु) । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ अनुसूची १ अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त आदिवासी जनजाति हो सुनुवार जाति । तर नेपाल सरकारद्वारा अनुमोदित अन्तराष्ट्रिय श्रम संगठन महसन्धी नंं. १६९ नेपालको बाध्येत्मक कानुन बनेपछि र आदिवासी जनजाति सम्बन्धि मानवाधिकार संयुक्त राष्ट्र संघको घोषणा-पत्रमा नेपालले हस्ताक्षर गरेपछि भने आम आदिवासी जनजातिको लागि आफ्नो मौलिक मातृभाषाबाट रहेको जातीय नाम लेख्न पाउने कानुनी अधिकार प्राप्त भयो । यसै महौलमा सुनुवार भनिएका र आफ्नो मातृभाषाबाट आफैलाई चिनाउने जातिय नाम कोइँचहरु मौलिक जातिय नामबाट चिनिन रुचाए । सुनुवारलाई कोइँच भन्नु हुँदैन यसले सुनुवारको पहिचान दिँदैन, फाइदा गर्दैन भन्ने सुनुवार पनि अझै छँदै छन् । यस सम्बन्धी कुमारी सन्सारमा चर्को वहस नै चलेको पनि छँदै छ र व्यक्तिगत लाण्क्षणा पनि लगाएको देखिन्छ । यस्तो अवस्था आम र्सवसाधारण सुनुवारलाई झन अन्यौल पारेको देखिन्छ । यस विषयमा सुनुवार सेवा समाजले के गरीरहेको छ त – सबै ध्यान सुसेसमा केन्द्रीत हुनसक्छ वा छ । सुनुवार सेवा समाजका महासचिव खडोस सुनुवारले सुनुवार सेवा समाज सातौं कार्य समितिका टंकराम सुनुवार अध्यक्ष हुँदा २०६६ जेठ २३ गते बसेको केन्द्रीय समितिको बैठकले जनजाति प्रतिष्ठानमा सुनुवार सेवा समाज नामको सट्टा किरात कोइँच रुमदेल सुचीकृत गराउन साधारण सभामा प्रस्ताव लाने निर्णयगरिएको र सोही निर्णयकै आधारमा सुनुवार जातिय नामको सट्टा ‘किरात कोइँच’ मौलिक माातृभाषी जातिय नाम सूचीकृत भएको प्रतिवेदन आएको जानकारी दिँदै अगाडि थप्नु भयो, ‘सो प्रतिवेदन बाहिर आएपछि सोही समितिको २०६७ साउन ३ गते बसेको सचिवालय बैठकलेे आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले र्सार्वजनिक गरेको प्रतिवेदनमा भूलवस सुनुवारको सट्टा किरात कोइँच सूचीकृत गरिनु पर्ने पत्र लेखिन गएको जानकारी गराउँदै सुनुवार -किरात कोइँच) जातीय नाम संशोधन गर्न पत्रचार गर्ने निर्णयवमोजिम २०६७ साउन ४ गते मन्त्रीपरिषदको सचिवलाई सम्बोधन गरी सुनुवार -किरात कोइँच) सूचीकरण गरीदिन पत्रचार गरिएको र सो निर्णयलाई २०६७ भदौ १३ गते बसेको सुनुवार सेवा समाज केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हुनले हामीले पर्ूव केन्द्रीय समितिको निर्णयलाई कार्यन्वयनमा ल्याउने काम गरेका हौं । सोही अनुसार राष्ट्रिय जनगणना – २०६८ मा जातिमा सुनुवारको सट्टा ‘कोइँच -सुनुवार)’ लेखाऔं भनी प्रचारप्रसार गरेका हौं । यो ‘कोइँच’ जातीय नाम लेख्ने अवधारण हामी आठौं समितिको वा अन्य कुनै पनि व्यक्तिको एकल अवधारणा होइन ।’ साथै उहाँले बाहिर जे जसरी वादप्रतिवाद चले त पनि सुसेसमा सुनुवारको सट्टा ‘कोइँच’ लेख्नु हुँदैन भनेर कसैले लिखित गुनासो पेश नगरेको पनि अवगत गराउनु भयो । Read More

चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।

सुनुवार डट ओआरजि समाचारदाता
१४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Mizoram, Indiaका आदिवासीहरुको डकुमेन्ट्री Guinness World Record The Largest Bammboo Dance (cheraw) प्रदर्शन गरियो ।

क्युइँतबु कल्याण कोष तथा सुसेसका प्रथम उपाध्यक्ष दुर्घटनामा

चुप्लु समाचारदाता । क्युइँतबु कल्याण कोषका अध्यक्ष तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष श्री रनविर सुनुवार दुर्घटनामा पर्नुभएको छ । आज विहान ४:३० बजे ठिमी चारदोबाटोस्थित नयाँ बाटोमा हिडिरहेको अवस्थामा बा. ५ च. ५७१८ नम्बरको पीकअपले ठक्कर दिई दुघर्टना भएको थियो । दुघर्टनालगतै उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उहाँको टाउँकोमा तीनवटा टाँका लगाएपछि उहाँलाई खतरामुक्त भएको भन्दै घर फर्काएको अस्पताल सूत्रले जनाएका छन् । उक्त पीकअप दुघर्टनालगतै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

समाचार विश्लेषण: डा. लाल श्याँकारेलु रापचाद्वारा कोइंच बु को विगत, वर्तमान र भावी कार्यनीति सम्वन्धि कार्यपत्र प्रस्तुत

-सुनुवार डट् ओ आर् जि

७ असोज्, २०६८

कोइंच् खिं:, कोटेस्वोर्, यलाखोम् (काठ्मान्डु)

सुनुवार सेवा समाज, केन्द्रीय समिति द्वारा आयोजित एक कार्यक्रममा डा. लाल श्याँकारेलु रापचाले सुनुवार सेवा समाजको विगत, वर्तमान र भविश्यको कार्यनिति सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा कोइंच सुनुवारको विगतका कालो कथा र कोइंच संस्था स्थापनको संघर्शका दिनहरुको वारेमा प्रष्ट पार्दै विगतमा भएका मुख्य मुख्य उपलव्धिहरुको जानकारी गराइएको थियो ।  स्थापनाकाल देखि खोटो रहेको बिधानका उद्देश्यहरु सम्सोधन पछि पनि औचित्यहिन रहेको औंल्याउदै डा. रापचाले कोइंचहरु सांच्चिकै ननिदाएर निदाएको जस्तो स्वाङ् पारिरहेको कुरा दोहोर्याउनु भयो ।

सु से स केन्द्रीय अधक्ष्य श्री मन प्रसाद सुनुवारको सभापतित्वमा संचालित कार्यक्रममा, सु से स, सु म स र सु वि स का भुतपुर्व पदाधिकारीहरुको उपस्थिति निकै कम मात्रामा थियो । कार्यपत्रमा किराँत कोइंचका चेतना र क्रान्तिका सात बुटिहरु (भाषिक/साहित्यिक, आर्थिक, सांस्कृतिक/धार्मिक, शैक्षिक, राजनैतिक-कुटनैतिक, सामाजिक) अन्तर सम्वन्धित र आधारभूत रहेको औंल्याइएको थियो भने किराँती कोइंच जातिको नश्ल तथा  भाषिक र साहित्यिक नक्शा प्रस्तुत गरिएको थियो । डा. रापचाले कार्यपत्र प्रस्तुत गर्दै किराँती कोइंच सुनुवारको सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्वन्धलाइ रेखाचित्रद्वारा स्पष्ट पारेका थिए साथै वर्तमान सुनुवारी अर्थशास्त्र र शैक्षिक आधारहरु प्रस्तुत गरेको थिए । Read More

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी
Read More

नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघद्वारा सम्मान कार्यक्रम

-सुनुवार डट ओ आर जी सम्वादाता
भदौ ३१, ०६८
काठमाडौँ

नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ केन्द्रीय समितिले एक कार्यक्रमको आयोजना गरि ०६७ सालको एस एल सी परिक्षामा उत्तीर्ण सुनुवार विद्यार्थीहरु तथा “समिट टु सी” नामक यात्रामा सफल यात्री साहसी श्री सानो बाबु सुनुवार लाई सम्मान गर्नुका साथै विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गर्यो ।
Read More

चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।

सुनुवार डट ओआरजि समाचारदाता
२४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो  जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Boliviaका आदिवासीहरुको डकुमेन्ट्री building dignity प्रदर्शन गरियो । बृत्तचित्रको बारेमा किरात विज्ञान सँस्थानका डा. लाल श्याँकारेलु रापचाले समिक्षा गर्दै नेपाल र विश्वमा किराँती–कोँइच स्वाभिमान निर्माणका आधार र उपायाहरु बताउनुका साथै कोँइच कविता “गसुम सुम्ती” सुनाउनु भयो । कर्यक्रममा श्री अतित मुखिया ज्यूले डकुमेन्ट्री माथी थप टिप्पणी गर्नुका साथै केहि कोँइच हिस्ट्री पनि सुनाउनु भयो । कर्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारद्वारा कर्यक्रममको बारे प्रस्तुत  गर्नुको सथै  “आदर स्याम्दार ” कविता सुनाउनु भएको थियो भने प्रथम उपाध्यक्ष रणवीर सुनुवारद्वारा धन्यवाद ज्ञापनका साथ “सुनकोशी” कविता सुनाउनु भएको थियो ।