News
now browsing by category
सहयोगको अपिल : मुत्युसँग जुद्धै नवराज वीर अस्पतालमा
अर्को अर्थ नलगाइए वा अपवादलाई नलिने हो भने प्राणी जगत्को विश्वासिलो पात्र आमा नै हुन् । तर आमा नै नभएपछि जीवन जीउनुको संघर्ष महाखतरनाक हुन्छ । हो, त्यस्तै एक जना कोइँच (सुनुवार) युवा यस्तै जीवन जीउनुको महासंघर्षमा अनेकान खतरासँग जुद्धाजुद्धै मृत्युको सँघारमा पुग्नु परेको छ । अमले गा.वि.स, सिन्धुलीका नवराज क्याःब सुनुवार वीर अस्पतालको सघन उपचार कक्षा (आइसीयू) मा मृत्युसँग कुस्ती खेलीरहेका छन् । सानै उमेरमा बुबा वितेपछि आमाले पनि आत्महत्या गरिन । तत्पस्चात उनी टुहुरो जीवन वाँच्न बाध्ये भए । यताउता आफन्तहरुको आछापिछामा भर्खर युवा उमेरमा प्रवेश गरेका उनी काठमाडौंमा घर बनाउने डान्डीफर्मको काम गर्दै आएका थिए । पाटनकै एक भर्खर बनाउँदै गरेको घरमा बसेका उनी सोही घरको दुई तलामाथिबाट अचानक कार्तिक ८ गते खसेपछि अभैm अचेत अवस्थामा छन् । हालसम्म आफन्त र सिन्धुली अमलेबाटै उठाएर पठाएको सहयोगले केही भरथेग भए पनि औषधि किन्न नसकिएको हुँदा उनलाई बचाउन उनका दाई तथा नाताले दाई पर्ने अर्का भिमबहादुर सुनुवारले आम नेपाली दाजुभाई दिदीबहिनीहरुसँग सहयोगको अपिल गरेका छन् । हजुर, एक दिनको खाजा खर्च वा एक विहानको दुधचिया खर्च वा एक पटक साइवर पसेर इमेल, इन्टरनेट हेर्ने खर्च बचाएर मस्तिष्कमा गम्भीर चोट पुगेका वेसहरा नवराज सुनुवारलाई सहयोग जुटाइदिन आम नेपाली दाजुभाई दिदीवहिनीहरुमा हामी (चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम) पनि सहयोग गर्न अनुरोध गर्छौं ।
विरामीको नाम ः नवराज सुनुवार, वेड नं. २७३, सघन उपचार कक्ष, वीर अस्पताल, काठमाडौं ।
सम्पर्क व्यक्ति ः इन्द्रबहादुर सुनुवार, ९८१३७२६५९२, भीमबहादुर सुनुवार, ९८४९२९२३४६ काठमाडौं ।
सही जातीय जनसंख्या प्रशोधनको लागि सुनुवार सेवा समाजको अनुरोध तथा सूझाव–पत्र उपयोगी
–कोइँचबु काःतिच÷१६ कार्तिक । सुनुवार सेवा समाजले कोइँच (सुनुवार) जातिको सही तथ्याङ्क निकाल्न नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्ललाई बुधवार पाँच बुँदे अनुरोध तथा सुझाव–पत्र बुझाएको छ । समाजका अध्यक्ष मनप्रसाद सुनुवारले उक्त पाँच बुँदे अनुरोध तथा सुझाव–पत्र बुझाउँदै विगतका राष्ट्रिय जनगणनाहरुमा पनि कोइँच (सुनुवार) को सही तथ्याङ्क आउन नसकेको हुँदा यस पटकको राष्ट्रिय जनगणनामा कम
त्रुटि होस् भनि विभागलाई सही तथ्या प्रशोधन गर्न अनुरोध सहित सुझाव दिँदै सहयोग गरेको जानकारी गराउनु भयो । जाति, थर, मातृभाषा, दोस्रो भाषा, धर्म
सोधिएका महलमा गणकहरुले टिपेको जवाफहरुमा एक रुपता आउन नसक्ने र ती प्रश्नहरुको जवाफलाई कोडिङ तथा प्रशोधन गर्दा तथ्याङ्क विभागमा कोइँच (सुनुवार) Read More
किरात कोइँच कि सुनुवार – क-कसको के भूमिका –
सुनुवार डट ओआरजि समाचार विश्लेषण ।
सुनुवार जातिको असली मौलिक नाम ‘कोइँच’ हो । केही वर्षअगाडिदेखि पत्रपत्रिकामा कोइँच कलमीहरुले कलम चलाउँदै आएको पाइन्छ । र, सुनुवार सेवा समाज -सुसेस) आर्पैm पनि कोइँचबु -सुनुवार वन्धुत्व) मुखपत्र २०४७ देखि प्रकाशन गर्दै आएको छ -हेर्नोस् सुसेस का पर्ूव प्रकाशित मुखपत्र कोइँचबुका अंकहरु) । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ अनुसूची १ अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त आदिवासी जनजाति हो सुनुवार जाति । तर नेपाल सरकारद्वारा अनुमोदित अन्तराष्ट्रिय श्रम संगठन महसन्धी नंं. १६९ नेपालको बाध्येत्मक कानुन बनेपछि र आदिवासी जनजाति सम्बन्धि मानवाधिकार संयुक्त राष्ट्र संघको घोषणा-पत्रमा नेपालले हस्ताक्षर गरेपछि भने आम आदिवासी जनजातिको लागि आफ्नो मौलिक मातृभाषाबाट रहेको जातीय नाम लेख्न पाउने कानुनी अधिकार प्राप्त भयो । यसै महौलमा सुनुवार भनिएका र आफ्नो मातृभाषाबाट आफैलाई चिनाउने जातिय नाम कोइँचहरु मौलिक जातिय नामबाट चिनिन रुचाए । सुनुवारलाई कोइँच भन्नु हुँदैन यसले सुनुवारको पहिचान दिँदैन, फाइदा गर्दैन भन्ने सुनुवार पनि अझै छँदै छन् । यस सम्बन्धी कुमारी सन्सारमा चर्को वहस नै चलेको पनि छँदै छ र व्यक्तिगत लाण्क्षणा पनि लगाएको देखिन्छ । यस्तो अवस्था आम र्सवसाधारण सुनुवारलाई झन अन्यौल पारेको देखिन्छ । यस विषयमा सुनुवार सेवा समाजले के गरीरहेको छ त – सबै ध्यान सुसेसमा केन्द्रीत हुनसक्छ वा छ । सुनुवार सेवा समाजका महासचिव खडोस सुनुवारले सुनुवार सेवा समाज सातौं कार्य समितिका टंकराम सुनुवार अध्यक्ष हुँदा २०६६ जेठ २३ गते बसेको केन्द्रीय समितिको बैठकले जनजाति प्रतिष्ठानमा सुनुवार सेवा समाज नामको सट्टा किरात कोइँच रुमदेल सुचीकृत गराउन साधारण सभामा प्रस्ताव लाने निर्णयगरिएको र सोही निर्णयकै आधारमा सुनुवार जातिय नामको सट्टा ‘किरात कोइँच’ मौलिक माातृभाषी जातिय नाम सूचीकृत भएको प्रतिवेदन आएको जानकारी दिँदै अगाडि थप्नु भयो, ‘सो प्रतिवेदन बाहिर आएपछि सोही समितिको २०६७ साउन ३ गते बसेको सचिवालय बैठकलेे आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले र्सार्वजनिक गरेको प्रतिवेदनमा भूलवस सुनुवारको सट्टा किरात कोइँच सूचीकृत गरिनु पर्ने पत्र लेखिन गएको जानकारी गराउँदै सुनुवार -किरात कोइँच) जातीय नाम संशोधन गर्न पत्रचार गर्ने निर्णयवमोजिम २०६७ साउन ४ गते मन्त्रीपरिषदको सचिवलाई सम्बोधन गरी सुनुवार -किरात कोइँच) सूचीकरण गरीदिन पत्रचार गरिएको र सो निर्णयलाई २०६७ भदौ १३ गते बसेको सुनुवार सेवा समाज केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हुनले हामीले पर्ूव केन्द्रीय समितिको निर्णयलाई कार्यन्वयनमा ल्याउने काम गरेका हौं । सोही अनुसार राष्ट्रिय जनगणना – २०६८ मा जातिमा सुनुवारको सट्टा ‘कोइँच -सुनुवार)’ लेखाऔं भनी प्रचारप्रसार गरेका हौं । यो ‘कोइँच’ जातीय नाम लेख्ने अवधारण हामी आठौं समितिको वा अन्य कुनै पनि व्यक्तिको एकल अवधारणा होइन ।’ साथै उहाँले बाहिर जे जसरी वादप्रतिवाद चले त पनि सुसेसमा सुनुवारको सट्टा ‘कोइँच’ लेख्नु हुँदैन भनेर कसैले लिखित गुनासो पेश नगरेको पनि अवगत गराउनु भयो । Read More
चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।
सुनुवार डट ओआरजि समाचारदाता
१४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Mizoram, Indiaका आदिवासीहरुको डकुमेन्ट्री Guinness World Record The Largest Bammboo Dance (cheraw) प्रदर्शन गरियो ।
क्युइँतबु कल्याण कोष तथा सुसेसका प्रथम उपाध्यक्ष दुर्घटनामा
चुप्लु समाचारदाता । क्युइँतबु कल्याण कोषका अध्यक्ष तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष श्री रनविर सुनुवार दुर्घटनामा पर्नुभएको छ । आज विहान ४:३० बजे ठिमी चारदोबाटोस्थित नयाँ बाटोमा हिडिरहेको अवस्थामा बा. ५ च. ५७१८ नम्बरको पीकअपले ठक्कर दिई दुघर्टना भएको थियो । दुघर्टनालगतै उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उहाँको टाउँकोमा तीनवटा टाँका लगाएपछि उहाँलाई खतरामुक्त भएको भन्दै घर फर्काएको अस्पताल सूत्रले जनाएका छन् । उक्त पीकअप दुघर्टनालगतै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार विश्लेषण: डा. लाल श्याँकारेलु रापचाद्वारा कोइंच बु को विगत, वर्तमान र भावी कार्यनीति सम्वन्धि कार्यपत्र प्रस्तुत
-सुनुवार डट् ओ आर् जि
७ असोज्, २०६८
कोइंच् खिं:, कोटेस्वोर्, यलाखोम् (काठ्मान्डु)
सुनुवार सेवा समाज, केन्द्रीय समिति द्वारा आयोजित एक कार्यक्रममा डा. लाल श्याँकारेलु रापचाले सुनुवार सेवा समाजको विगत, वर्तमान र भविश्यको कार्यनिति सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा कोइंच सुनुवारको विगतका कालो कथा र कोइंच संस्था स्थापनको संघर्शका दिनहरुको वारेमा प्रष्ट पार्दै विगतमा भएका मुख्य मुख्य उपलव्धिहरुको जानकारी गराइएको थियो । स्थापनाकाल देखि खोटो रहेको बिधानका उद्देश्यहरु सम्सोधन पछि पनि औचित्यहिन रहेको औंल्याउदै डा. रापचाले कोइंचहरु सांच्चिकै ननिदाएर निदाएको जस्तो स्वाङ् पारिरहेको कुरा दोहोर्याउनु भयो ।
सु से स केन्द्रीय अधक्ष्य श्री मन प्रसाद सुनुवारको सभापतित्वमा संचालित कार्यक्रममा, सु से स, सु म स र सु वि स का भुतपुर्व पदाधिकारीहरुको उपस्थिति निकै कम मात्रामा थियो । कार्यपत्रमा किराँत कोइंचका चेतना र क्रान्तिका सात बुटिहरु (भाषिक/साहित्यिक, आर्थिक, सांस्कृतिक/धार्मिक, शैक्षिक, राजनैतिक-कुटनैतिक, सामाजिक) अन्तर सम्वन्धित र आधारभूत रहेको औंल्याइएको थियो भने किराँती कोइंच जातिको नश्ल तथा भाषिक र साहित्यिक नक्शा प्रस्तुत गरिएको थियो । डा. रापचाले कार्यपत्र प्रस्तुत गर्दै किराँती कोइंच सुनुवारको सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्वन्धलाइ रेखाचित्रद्वारा स्पष्ट पारेका थिए साथै वर्तमान सुनुवारी अर्थशास्त्र र शैक्षिक आधारहरु प्रस्तुत गरेको थिए । Read More
क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न
क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न
चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी
Read More
