News
now browsing by category
दिमागको तार चुँडिएकाहरुको तर सोल्डरिङ कार्य ः आदिवासी जनजातिको अभियान
सुनुवार डट ओआरजि समाचारदाता । २६ मङ्सीर । ‘स्रष्टाहरुका मातृभाषामा रचनाहरु सुन्यौं । आफ्ना रचना सुनाउँदा सुनाउँदै एक जना साथीले साहित्यकारलाई एक खालको उपमा नै दिनु भयो दिमागको तार चुँडिए पछि मात्र साहित्यकार भइन्छ भन्ने। तर हामीले खोजको भूमिका भने के हो भने तार चुँडाएर होइन त्यही चुडिएको तार जोडेर आफ्नो पहिचान, दर्शन, विचारसहितको भूमिका स्थान खोजेको हो । हामीले त्यही विशिष्ट पहिचानको आन्दोलन अगाडि बढाएको हौं, सिर्जनशील अराजकतालाई अगाडि बढाएको हौंे । त्यसका एक सदस्य कुलदीप सुनुवार पनि हुन् । उनी सुनुवार सेवा समाजमा बसेर भाषा, कला-संस्कृति, धर्म, सामाजिक चालचलनप्रति समर्पित हुन खोज्नु नै आफ्नो छुट्टै पहिचानको खोजी गर्नु हो । यस कार्यमा साथसहयोग पुर्याउन अहिले कुलदिप सुनुवार स्मृति कोष समितिले कुलदीप सुनुवार जहाँ पढे त्यहाँका स-साना चार बालबालिकाका लागि छत्रवृत्ति घोषाणा गरेर जुन सिर्जनाशील कार्य गरियो त्यससम्बन्धमा उनको पहिचानको अभियान हामी पनि समाहित भएर सदा सम्झीरहेका छौं । र, सम्झीरहनु पर्दछ ।’ प्रमुख अतिथि सिर्जनशील अराजक समूहका एक सदस्य साहित्यकार राजन मुकारुङले कुलदीप सुनुवार स्मृति कोष समितिद्वारा आयोजित ‘साहित्यिक गोष्ठी तथा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति-२०६८’ कार्यक्रमलाई सम्बोधन गर्नु भयो । सो कार्यक्रममा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति नियमावली प्रस्तुतीसहित कुलदिप सुनुवारले शिक्षार्जन गरेको पाठशाला कुण्डली माविका चार विद्यार्थीहरुलाई रु. पचीससय एक मुष्ट छात्रवृत्ति दिएको घोषणा समितिका सचिव नितेश सुनुवारले गर्नु भएको थियो भने संरक्षक सदस्य नरेश तथा श्यामकर्ण सुनुवारले तत्काल कोषको श्री वृद्धिको लागि रु. एक-एक लाख अक्षय कोष प्रदान गर्नु भएको थियो । Read More
नवराजको स्वास्थ्यमा सुधार तर अझै सहयोगको आपेक्ष
चुप्लु दामलोच-
२५, मङ्सिर । दुई तले घरको ढलनबाट लडेर टाउकोमा गम्भिर चोट लागेका नवराजको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अहिले बोल्न, हिड्न र मान्छे चिन्न नसक्ने भए ता पनि पहिलाको भन्दा स्वास्थ्यमा धेरै सुधार आएको उनका दाई इन्द्रले जानकारी दिएका छन् । उनी भन्छन्- ‘केही गर्न सकेको छुइन । कोइँच (सुनुवार) ले अझै साथ सहयोग गर्न सक्थे होला । तर म बिरामी छाडेर उनीहरु माझ पुग्न सकिन । जो जो स-हृदयी सुनुवारहरु छन् उनीहरु स्वयम यहीँ आएर सहयोग पुर्याउनु भएको छ । उनीहरु सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । अस्पतालले केही दिन अगावै विरामी घर लैजान भने पनि आर्थिक अभावका कारण डिस्चार्ज गर्न सकिएको छैन । सिन्धुलीबाटै एम्बुलेन्स पठाउन सकिन्छ कि भनेर भाई नविनलाई खबर गरी पठाएको छु ।’
भोलि वीर अस्पतलको बेडबाट उनी घर जाने सम्भावना भए पनि उनको स्वास्थ्यमा सुधार आउन अझै एक देखि दुई वर्षलाग्ने जानकारी उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अझै पनि उनको स्वास्थ्यमा सुधार गर्नको लागि पुन चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार सेवा समाज आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछ ।
शाँदार पिदार : सुख, समृद्धि, र शान्तिको कामना गर्दै शुरुआत
सुनुवार डट ओआरजि समाचारदाता ।
२४ मंसीर, ललितपुर । २०५८ सालदेखि मंसीरमा पनि शाँदार पिदार गर्ने चलन आए अनुसार २०६८ साल मंसीरमा दश वर्ष पुगेको छ । यस अवसरमा आज सुनुवार सेवा समाज, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात याक्थुं चुम्लुं मिलेर ललितपुर सानो हात्तिवनमा धुमधामसँग शाँदार पिदार शुरुआत गरेका छन् । काठमाडौं उपत्यकाभित्र बसेका सुनुवारले मंसीर र वैशाखमा दुई पटक शाँदार पिदार गर्ने चलन शुरु भए अनुसार राज्यले पनि वर्षको दुई पटक कोइँच लगायत किरातीहरु लगायत नेपालीहरुलाई सार्वजानिक विदा दिएको छ । आज किरातीहरुले घर घरमा पूजा गरेर शाँदार पिदार पूजा गरे पनि काठमार्डौका किरातीहरुले ललितपुर हात्तिवनमा जम्म भएर शाँदार पिदारको उठान गरेका छन् । हात्तिवनबाट ललितपुर नखिपोट आएर धुमधामसँग नाचगान गर्दै हाँसालतामसाल गरेका थिए ।
के लेखे मुखिया स्रष्टाहरुले ? परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!
सुनुवार डट ओआरजि समाचारदाता ।
१६ मङ्सीर, काठमाडौं । अतीत मुखियाको नारी आहत सम्बन्धि रेखाखण्डकाव्य ‘अचानो आहत’, भानु सुनुवारको गजल सङ्ग्रह ‘रहरको बिस्कुन’ र केदार सङ्केतद्वारा सम्पादित नियात्रा संस्मरण ‘यात्रा र्स्पर्श’ आज गुरुकुल, पुरानो बानेश्वारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ वैरागी काइँलाले विमोचन गर्नुभायो । सोही क्रममा प्रमुख अतिथि प्राज्ञ काइँलाले साहित्य सँगालो डट कमद्वारा २०१० मा आयोजित अनलाइन साहित्य प्रतियोगितामा पुरस्कृत नेपाल च्याप्टर विभिन्न स्रष्टाहरुलाई पनि पुरस्कार सहित सम्मान प्रदान गर्नुभयो ।
प्राज्ञ बुँद रानाको सभाध्यक्षतामा चुप्लु समाज (कोइँच चुप्लु) द्वारा आयोजित लोकार्पण तथा पुरस्कार वितरण समारोहमा टंक साम्बाहाम्फेले रेखा दर्शन र यसका अभियान्ताहरुका बारे, प्राज्ञ ललिजन रावलले रहरको विस्कुन, नियात्रा निवन्धकार युवराज नयाँघरेले यात्रा र्स्पर्श र डा. सुधा त्रिपाठीले अचानो आहत लोकार्पित कृतिहरुका बारेमा छोटो समिक्षा गर्नु भयो भने रमेश पौडेलले स्रष्टा साहित्य चौतारी पुरस्कार र प्रतियोगितका बारेमा बोल्नु भएको थियो । Read More
नारायणीहिटीको रहस्यमय लाल बाकस कहाँ छ ?
सुनुवार डट ओआरजि समाचारदाता ।
मंसीर, यालाखोम । किरात येले सम्वत् अध्ययन समितिको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा आयोजित ‘नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरु विषयक दर्ुइ दिने विचार गोष्ठी’ आज सम्पन्न भएको छ । सभामुख सुवाशचन्द्र नेम्वाङले उद्घाटन गर्नु भएको उक्त विचार गोष्ठी आज संस्कृति तथा राज्य पुनः संरचना मामिला मन्त्री गोपाल किराँतीले सम्मान एवम् मायाको चिनो स्वरुप यलम्बरको मिनियचर प्रदान प्रदान गर्नु भएको छ । सभामुख नेम्वाङले ‘किरात येले सम्वत् नामक अभिलेख’ पुस्तक विमोचन गर्नु भएका छ । इस्वी सम्वत्, ल्होसार सम्वत्, बुद्ध सम्वत्, विक्रम सम्वत्, लिच्छविकालमा चलेका संवत्, हिजरी सम्वत्, नेपाल सम्वत् र किरात येले सम्वत् सम्बन्धी विभिन्न विद्वनहरुले कार्यपत्र पस्तुत् गर्नु भएकेा थियो । Read More
शिशिर सुनुवारको गीति एलबम उर्त्र्सग

कसम पनि, कति हिंडे, पर्राई हातको, माया जालैमा, मायालाई कोसेली, भुइको धुलो, तिमीले मलाई जस्ता कर्ण प्रिय आधुनिक गतिहरुको संगालो “उर्त्र्सग ” र्सबत्र बजारमा उपलब्ध छ ।
प्रतिक्रियहरु फोन नं. ९८४१८२४१७९ या Email: ccr_suuwar@yahoo.com मा गर्न सक्नुहुने छ ।

