All about Sunuwar

News

now browsing by category

 

पुख्र्यौली भूमि सम्बन्धि सुनुवार सेवा समाजको कार्यपत्र

सुनुवार डट ओआरजी समाचारदाता,
माघ ५, धरान । अहिले धरान आदिवासी जनजातिमय भएको छ । पूरवि नेपालका सबै आदिवासीहरु आफ्नो हकअधिकारको लागि छलफल गर्न धरानमा जम्म भएका छन् । आजदेखि पर्सि ७ गतेसम्म सञ्चालन हुने नेपाली आदिवासी जनजातिको आत्मानिरणयको अधिकार स्वायत्ततालाई व्यवहारत अभ्यासको लागी अन्तराष्ट्रिय स्तरको सम्मेलन आज भव्यरुपमा धरानमा समुद्घाटन भयो । देशी तथा विदेशी विद्वानहरुको कार्यपत्र प्रस्तुत गर्ने क्रममा सुनुवार सेवा समाजको तर्फबाट डा. लाल रापचाले पुख्र्यौली भूमिसँगै जोडिएको आत्मनिरणयको अधिकार र स्वायत्तता विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।
किरात याक्थुङ चुम्लुङ तथा लाहुरनिपले यस सम्मेलनको संयोजन गर्नु भएको हो ।

सुनुवार विद्यार्थी समाजको अपिल

सुनुवार डट ओआरजि समाचारदाता-
माघ ५, यालाखोम । “शैक्षिक जागरणका लागि विद्यार्थी नेतृत्व; भाषा, संस्कृति संरक्षण हाम्रो दायित्व” मुल नारा सहित सुनुवार विद्यार्थी समाजले यही माघ १४ गते विहान ९ बजे हुन गइरहेको चौथो महाधिवेशनको लागि हार्दिक अपिल गरेको छ । कोइँच चिनरीको लागि गठित यो विद्यार्थी समाजले विगतमा राम्रा काम गर्दै आए पनि केही समय सुस्ताएको थियो । अहिले पुनः जुरमुराएको छ । बाँकी अपिलको पूरना पाठ पढौं :
आदरणीय सुनुवार विद्यार्थी साथीहरु,
नमसेवल् ।
र्सवप्रथमत सुनुवार विद्यार्थी समाजको चौथो केन्द्रीय महाधिवेशन आगामी २०६८ माघ १४ गतेका दिन काठमाडौंमा भव्यतापर्ूवक सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन पाँउदा हामी ज्यादै हषिर्त र उत्साहित भएका छौ । सुनुवार विद्यार्थी समाजले आफ्नो ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन २०५४ माघ २४-२५ गते काठमाडौमा आयोजना गरी अहिले सम्म तेस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको छ । स्थापना देखिनै यस समाजले नियमित रुपमा सुनुवार विद्यार्थीहरुको हकहित, सुनुवार जातिको शैक्षिक, सामाजिक, आर्थिक विकास एवं जातिय पहिचानका सवालमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको व्यहोरा अनुरोध गर्न चाहान्छौ । सुनुवार विद्यार्थी समाजले अहिले सम्म विभिन्न आरोह अवरोहहरु पारगर्दै आज आफ्नो गौरवमय चौथो केन्द्रीय महाधिवेशनको संघारमा आईपुगेको छ । Read More

किराती कोइँचको नयाँ वर्षयेले थोचे र सामि पिदार

-कोइँचबु काःतिच
आज किरातीहरुको नयाँ वर्षहो । आदिवासी कोइँचहरुले जंगलीयुगबाट कृषि युगमा प्रवेश गरेको सम्झनामा काँचो बन तरुलको टिका लगाएर यो चाड मान्दछन् । धाराको सिरानमा धुस्रुवा अन्य स्याउली गाडेर ब्लाम शोपले, खिँरेअÞबि, बÞाकिरेअÞकि चढाउँछन् र छोरी चेलीलाई एक दोनुमा चामाल र अर्को दोनुमा मास राखेर टिका लगाई दक्षिणा दिने गरिन्छ । झण्डैले चार दशक अगाडिदेखि किराती राजा यलम्वरको संस्मरणसहित आजकै दिनलाई किरातीहरुको नयाँ वर्षो रुपमा मान्दै आएकामा सुनुवार सेवा समाजले पनि २०५८ सालदेखि यस वर्षाई स्वीकार गरेको छ ।
सुनुवार सेवा समाजले संस्मरनात्मक येले सम्बत स्वीकार गर्नु पर्ूव जेँतिच कर्ण्र्ााादुर सुनुवारले २०४२ सालमा आफ्नै लिपिमा बनाएको पनि जितति -सिक्किम सुनुवार -मुखिया) कोइँचबु १९९९, किरातवंशी सुनुवार -मुखिया) कोइँच् पृ.३५१-५२) माघ एक गतेलाई कोइँचको नयाँ वर्षमानेको छन् । तर सिपी -चन्द्रप्रकाश) सुनुवारले सुनुवार जातिको निम्ती माघे श्री पञ्चमीको औचित्य -२०५२ चैत्र, कोँइच बु, वर्ष५, अंक १ पृ ५९-६७) कोइँच सुनुवारको नयाँ वर्षभएको एक लेख कोइँचबुमा छापिए पस्चात कतिपय सुनुवारले लाई पनि कोइँचको नयाँ वर्षमान्दै आएका छन् । Read More

सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने ।

काठमाडौं, पुस, २५, २०६८
संविधानसभाको संवैधानिक समितिका अध्यक्ष निलम्वर आचार्यले संविधानसभाको राज्यपुर्नसंरचन समितिले प्रस्ताव गरेको सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने वताएका छन् ।
वल्लो किरात संघिय राज्य परिषदले संविधान सभाको राज्यपुर्नसंरचना समितिले प्रस्ताव गरेको १४ वटा संघिय राज्यहरुमध्येको सुनकोशी राज्यलाई वल्लो किरात राज्य घोषणा गर्न माग गर्दै आज सोमवार संवैधानिक समितिमा वुझाएको ज्ञापनपत्र बुझ्दै सभापति आचार्यले सो कुरा बताएका हुन । Read More

फोटो ग्यालरी हेर्नुहोला

ललितपुर जिल्ला,  ठूलो दुर्लुङ गाविसमा शाँदार स्थापना कार्यक्रमका केही झलकहरु see more photos

नियम सबैले मानीहाल्छन् भन्ने छैन ।

चुपलु दामलोच ।
यालाखोम, १२ ग्युसिच । ‘नियम बनाउँैमा सबैले मान्छन् र लागु हुन्छ भन्ने छैन । जनताले नमान्न पनि सक्छन् । कुनै पनि नियम, कानुन मान्नको लागि समाज स्विकार्य हुनु पर्छ ।’ डा. महेन्द्र लावतीले स्वायत्त क्षेत्र सम्बन्धि वैचारिक संरचना र यसको अन्तराष्ट्रिय प्रयोग विषयक आफ्नो कार्यपत्रको जवाफ दिने क्रममा भन्नु भयो । नयाँ संघीय संरचनामा स्वायत्त क्षेत्र मार्फत सिमान्तकृत, बहिष्करणमा परेका र पिछाडिएका समुदायहरुको अधिकारको सुनिश्चितता विषयक संवाद कार्यक्रम द ग्रण्ड होटल, सोल्टीमोड, काठमाडौंमा सम्पन्न कार्यक्रमको दोश्रो सत्रमा संविधानसभा विषयगत समितिहरुको मस्यौदामा प्रस्तावित स्वायत्त क्षेत्रको अधिकार बाँडफाँड सम्बन्धि प्राब्धानहरु माथि समीक्षा विषयक कार्यपत्र डा.मुक्तसिंह लामा तामाङले प्रस्तुत गर्नु भएको थियो ।
युएनडिपि संवैधानिक सम्वाद केन्द्र, नयाँ वानेश्वरद्वारा आयोजित उक्त कार्यक्रमको सहजकर्ता राजनीतिक विश्लेषक श्याम श्रेष्ठ हुनुहुन्थ्यो । सो कार्यक्रममा पर्ूवका लेप्चा, बोदो -मेचे) देखि पश्चिम दार्चुलाका व्याँसि शौका आदिवासी जनजाति लगायत आदिवासी सभासद ककसको सदस्यहरुको उपस्थिति थियो ।

मध्यमाञ्चलस्तरीय मातृभाषा सङ्गोष्ठीमा किराँती कोइँच (सुनुवार) भाषा

सुनुवार डट ओआरजि समाचारदाता ।
काभ्रे, ११ पुस । ‘आदिवासी जनजातिको भाषाले उनीहरुको पहिचान बोकेको हुन्छ । यसलाई बचाइराख्न साहित्य सिर्जना गर्नु पर्छ । साहित्य सिर्जना गर्दै जाँदा नयाँ नयाँ शब्दहरु थपिँदै जान्छ र समाजले पचाउँदै जान्छ, अनुमोदन गर्दै जान्छ र भाषा समृद्ध बन्छ ।’ मध्यमाञ्चल स्तरीय मातृभाषा सङ्गोष्ठीको उद्घाटन गर्दै कुलपति श्री वैरागी काइँलाले कार्यक्रमलाई सम्बोधन गर्नु भयो । Read More