All about Sunuwar

नियम सबैले मानीहाल्छन् भन्ने छैन ।

चुपलु दामलोच ।
यालाखोम, १२ ग्युसिच । ‘नियम बनाउँैमा सबैले मान्छन् र लागु हुन्छ भन्ने छैन । जनताले नमान्न पनि सक्छन् । कुनै पनि नियम, कानुन मान्नको लागि समाज स्विकार्य हुनु पर्छ ।’ डा. महेन्द्र लावतीले स्वायत्त क्षेत्र सम्बन्धि वैचारिक संरचना र यसको अन्तराष्ट्रिय प्रयोग विषयक आफ्नो कार्यपत्रको जवाफ दिने क्रममा भन्नु भयो । नयाँ संघीय संरचनामा स्वायत्त क्षेत्र मार्फत सिमान्तकृत, बहिष्करणमा परेका र पिछाडिएका समुदायहरुको अधिकारको सुनिश्चितता विषयक संवाद कार्यक्रम द ग्रण्ड होटल, सोल्टीमोड, काठमाडौंमा सम्पन्न कार्यक्रमको दोश्रो सत्रमा संविधानसभा विषयगत समितिहरुको मस्यौदामा प्रस्तावित स्वायत्त क्षेत्रको अधिकार बाँडफाँड सम्बन्धि प्राब्धानहरु माथि समीक्षा विषयक कार्यपत्र डा.मुक्तसिंह लामा तामाङले प्रस्तुत गर्नु भएको थियो ।
युएनडिपि संवैधानिक सम्वाद केन्द्र, नयाँ वानेश्वरद्वारा आयोजित उक्त कार्यक्रमको सहजकर्ता राजनीतिक विश्लेषक श्याम श्रेष्ठ हुनुहुन्थ्यो । सो कार्यक्रममा पर्ूवका लेप्चा, बोदो -मेचे) देखि पश्चिम दार्चुलाका व्याँसि शौका आदिवासी जनजाति लगायत आदिवासी सभासद ककसको सदस्यहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *