All about Sunuwar

सुनुवार विद्यार्थी समाजको अपिल

सुनुवार डट ओआरजि समाचारदाता-
माघ ५, यालाखोम । “शैक्षिक जागरणका लागि विद्यार्थी नेतृत्व; भाषा, संस्कृति संरक्षण हाम्रो दायित्व” मुल नारा सहित सुनुवार विद्यार्थी समाजले यही माघ १४ गते विहान ९ बजे हुन गइरहेको चौथो महाधिवेशनको लागि हार्दिक अपिल गरेको छ । कोइँच चिनरीको लागि गठित यो विद्यार्थी समाजले विगतमा राम्रा काम गर्दै आए पनि केही समय सुस्ताएको थियो । अहिले पुनः जुरमुराएको छ । बाँकी अपिलको पूरना पाठ पढौं :
आदरणीय सुनुवार विद्यार्थी साथीहरु,
नमसेवल् ।
र्सवप्रथमत सुनुवार विद्यार्थी समाजको चौथो केन्द्रीय महाधिवेशन आगामी २०६८ माघ १४ गतेका दिन काठमाडौंमा भव्यतापर्ूवक सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन पाँउदा हामी ज्यादै हषिर्त र उत्साहित भएका छौ । सुनुवार विद्यार्थी समाजले आफ्नो ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन २०५४ माघ २४-२५ गते काठमाडौमा आयोजना गरी अहिले सम्म तेस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको छ । स्थापना देखिनै यस समाजले नियमित रुपमा सुनुवार विद्यार्थीहरुको हकहित, सुनुवार जातिको शैक्षिक, सामाजिक, आर्थिक विकास एवं जातिय पहिचानका सवालमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको व्यहोरा अनुरोध गर्न चाहान्छौ । सुनुवार विद्यार्थी समाजले अहिले सम्म विभिन्न आरोह अवरोहहरु पारगर्दै आज आफ्नो गौरवमय चौथो केन्द्रीय महाधिवेशनको संघारमा आईपुगेको छ ।
यस समाजले देश विदेशमा अध्ययनरत सुनुवार विद्यार्थीहरुलाई संगठित गर्दै सुनुवार विद्यार्थीहरुको शैक्षिक एवं नेतृत्व विकास, चेतना अभिविृद्ध, सुनुवार जाति, भाषा र सस्कृतीको अध्ययन एवं अनुसन्धान आदि जस्ता महत्वपर्ूण्ा कार्यमा समेत योगदान पुर्याउदै आइरहेको छ । अन्य जातिहरुको तुलनामा सुनुवार जाति अझै पनि शैक्षिक, आर्थिक, सामाजिक एवं नेतृत्व विकासका वारेमा पछिनै परिरहेकाछन् । उच्च एवं प्रविधिक शिक्षा, रोजगारी, नीति निमार्ण्र् तहमा सुनुवार जातिको पहँुच र उपस्थिति नगन्य मात्रमा छ । प्रतिस्पर्धाका लागि सुनुवार जातिले अझै पनि कडा मेहनेत र परिश्रम गर्नु पर्ने अवस्था विद्यमान छ । साथै सुनुवार जातिको चौतर्फ विकास, जातीय पहिचान र नेपालको सामाजिक एवं आर्थिक विकासका लागि सम्ंपर्ूण्ा सुनुवार युवा विद्यार्थीहरु एकजुटका साथ अगाडि वढनु पर्ने आजको आवश्यकता रहेको छ ।
सवै जाति, भाषा, वर्ग, क्षेत्रको समान आर्थिक एवं सामाजिक विकास, रोजगारीको अवसर एवं नीति निर्माणका तहमा पहुँच एवं समानुपातिक प्रतिनीधित्व आज सवैको चासोको विषय वनेकोे छ । यिनै विषयहरुलाई मध्यनजर राख्दै नेपाल अहिले संघिय लोकतान्त्रीक गणतन्त्रमा प्रवेश गरिसकेको छ । सविधान सभा मार्फ अव वन्ने संविधानमा सवै जाति, भाषा, वर्ग, क्षेत्रका अधिकारहरुलाई सुनिश्चित गर्न गराउन सम्वन्धित सवैमा सुनुवार विद्यार्थी समाज हार्दिक अनुरोध गर्दछ । उच्चशिक्षा हासिलका लागि नेपाल सरकार, दातृनिकाय, छिमेकी राष्ट्रहरुले उपलब्ध गराउने कोटाहरुमा समेत सामाजिक न्यायका सिद्धान्तका आधारमा सुनुवार विद्यार्थीहरुलाई प्राथमिकताका आधारमा अवसर प्रदान गरिनु पर्दछ भन्ने सुनुवार विद्यार्थीहरुको जोडदार माग रहेको छ । तर दुःखको कुरा संविधान सभामा सुनुवार जातिको उचित प्रतिनीधित्व हुननसक्नाका कारण सुुनुवार जातिको समस्याहरुको सम्ंवोधन हुनेवारे सुनुवार विद्यार्थी समाज शंका समेत व्यक्त गर्न चाहान्छ । आफ्नो जातिको हक अधिकारका वारेमा सिंगो सुनुवार विद्यार्थी समाज र सम्पर्ूण्ा सुनुवारहरु सचेत रहनु पर्ने जरुरी छ । अझै पनि नेपाली समाजका टाठावाठाहरु विभिन्न वहाना बनाइ आदिवासी जनजातिहरुका वीचमा विवाद श्रृजना गर्राई उनीहरुको स्वार्थशिद्धि गर्न र आदिवासी जनजातिहरुलाई पर्ूण्ा अधिकारबाट वन्चित गराउने प्रयत्नहरु भइरहेका छन् । यस विषयमा पनि सुनुवार विद्यार्थीहरु चनाखो पर्ूवक अगाडि वढनु पर्ने देखिन्छ । साथै जातिय पहिचानका नाममा ठूला जातिले साना जातिलाई भरयाङ वनाउने, ठूला जातिले साना जाति माथि राजगर्ने र साना जातिको पहिचान र अस्तित्वलाई समाप्त पार्ने किसिमले गरिने राज्य पर्ुनसंरचनाका वारेमा पनि सुनुवार विद्यार्थीहरुले सजकता अपनाउन पर्दछ । सुनुवार जातिको पहिचान र अस्तित्व समाप्त पार्ने किसिमले गरिने कुनै किसिमको राज्यपर्ुनसंरचना सुनुवार विद्यार्थीहरुका लागि किमार्थ स्वीकार्य हुनेछैन । राज्यपर्ुनर्संरचना गरिन्दा सुनुवार जातिको वसोवास रहेको समान भौगोलीक क्षेत्र एउटै प्रदेशमा पारिनु पर्दछ, नीति निर्माणका तहमा समानुपातिक
प्रतिनीधित्वको सुनिश्चित गरिनु पर्दछ र सम्पर्ूण्ा आदिवासी जनजातिहरुले आफनो महशुस हुने किसिमले प्रदेशको नामाकरण गरिनु पर्दछ । यस विषयमा पनि सुनुवार विद्यार्थीहरुले गम्भिर चासोका साथ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने जरुरी देखिन्छ । यसरी समतामूलक नेपाल निमार्ण्र्ाा लागि सवै आदिवासी जनजाति विद्यार्थीहरुसँग समेत सहकार्य गर्दैे नीतिनिमार्ण्र्ाा तहमा सवै आदिवासी जनजातिको प्रतिनीधित्वको सुनिश्चितताका लागि, आदिवासी जनजाति विद्यार्थीका साझा सवाल र अधिकारका वारेमा सुनुवार विद्यार्थीहरुले तर्कसंगतरुपमा वुलन्द आवाज उठाउन सक्नु पर्दछ । अर्न्तराष्ट्रिय आदिवासी जनाजति विद्यार्थीहरुका अधिकार र मागका वारेमा समेत ऐक्यवद्धता जनाउदै संयुक्त राष्टसंघद्वारा घोषणा गरिएको आदिवासी जनजातिका अधिकार ९ग्ल्म्च्क्ष्ए०, क्ष्ीइ अभिसन्धी ज्ञटढ मा आदिवासी जनजातिका अधिकार आदिको व्यवहारिका कार्यन्वयन गर्न गराउनका लागि समेत सुनुवार विद्यार्थीहरुले अहम भूमिका निर्वाह गर्नुसक्नु पर्दछ ।
सुनुवार विद्यार्थी समाजको आगामी चौथो केन्द्रीय महाधिवेशन माथी उल्लेखित विषयहरुका वारेमा गहन चिन्तन मनन र छलफल गरी उपयूक्त निर्ण्र्ााा पुग्ने थलोको रुपमा लिन सकिन्छ । त्यसैले सुनुवार विद्यार्थी समाजको चौथो केन्द्रीय महाधिवेशन ऐतिहासिक एवं परिणाममुखी वनाउनका लागि विभिन्न क्षेत्र, व्यावसायमा आवद्ध संपर्ूण्ा सुनुवार विद्यार्थी मित्रहरु एवं अभिभावक ज्यूहरुलाई आर्थिक, भौतिक र वौद्धिक सहयोगका लागि आयोजक समिति हार्दिक अनुरोध गर्दछ ।
साथै आयोजक समितिको प्रथम वैठकद्धारा काठमाडौ उपत्यका भित्र विभिन्न कलेजहरु र ंद्द मा अध्यय्नरत सम्पर्ूण्ा सुनुवार विद्यार्थीहरुलाई महाधिवेशन प्रतिनीधि मनोनयन गर्ने निर्ण्र्ाासमेत गरिएको हुँदा काठमाडौ उपत्यका भित्र विभिन्न कलेजहरु र ंद्द मा अध्यय्नरत सुनुवार विद्यार्थी साथीहरुलाई केन्द्रीय कार्यालयमा यथासक्यचाँडो सर्म्पर्क गर्नहुन र महाधिवेशनमा यहाँहरुको गरिमामय उपस्थितिका लागि समेत हार्दिक अनुरोध गर्दछौ ।
आउनुहोस ! फेरी एकपटक हाम्रो सम्ंपर्ूण्ा शक्ति सुनुवार विद्यार्थीहरुको हकहित, अधिकार र ंसिगो सुनुवार जातिको चौतर्फी विकासका लागि सदुपयोग गरौ, हातमाहात मिलाउदै एकसाथ केन्द्रीय महाधिवेशनको महान यज्ञमा समाहित हौ ।
कार्यक्रम :
उद्घाटन समारोह : २०६८ माघ १४ गते ।
समय : विहान ठिक १०ः०० बजे ।
स्थान : सुनुवार सेवा समाजको केन्द्रीय भवन, कोटेश्वर ।
चेरेलिल् ।
मितिः २०६८/१०/२ सुनुवार विद्यार्थी समाज
च्ौथो केन्द्रीय महाधिवेशन आयोजक समिति
कोटेश्वर, काठमाडौ ।
-सर्म्पर्क फोनः ९८४१३६४७७६/९८४१६६६८३१/९८४१२८९८३५) )

Leave a Reply

Your email address will not be published. Required fields are marked *