All about Sunuwar

मध्यमाञ्चलस्तरीय मातृभाषा सङ्गोष्ठीमा किराँती कोइँच (सुनुवार) भाषा

सुनुवार डट ओआरजि समाचारदाता ।
काभ्रे, ११ पुस । ‘आदिवासी जनजातिको भाषाले उनीहरुको पहिचान बोकेको हुन्छ । यसलाई बचाइराख्न साहित्य सिर्जना गर्नु पर्छ । साहित्य सिर्जना गर्दै जाँदा नयाँ नयाँ शब्दहरु थपिँदै जान्छ र समाजले पचाउँदै जान्छ, अनुमोदन गर्दै जान्छ र भाषा समृद्ध बन्छ ।’ मध्यमाञ्चल स्तरीय मातृभाषा सङ्गोष्ठीको उद्घाटन गर्दै कुलपति श्री वैरागी काइँलाले कार्यक्रमलाई सम्बोधन गर्नु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभाग तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजन तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, काभ्रेपलाञ्चोकको संयोजनमा धुलिखेल नगरपालिकाको हलमा दोस्रो सत्रमा किराती कोइँच -सुनुवार) भाषाको वर्तमान अवस्था सम्बन्धि कार्यपत्र लोकप्रिय सुनुवार र डा. लाल शाँकारेलु रापचाले संयुक्तरुपमा प्रस्तुत गर्नु भएको थियो भने त्यस कार्यपत्रको टिप्पणी कोइँचबु काःतिच (उत्तम) ले गर्नु भएको थियो ।
सो कार्यक्रममा माझी, तामाङ, चेपाङ, दोलखाली नेवार, शर्ेपा, पहरी, हृयाल्मो भाषाको पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।
दोश्रो सत्रको अध्यक्षता प्रा.डा. नोवलकिशोर र्राईले गर्नु भएको थियो भने तेस्रो सत्रको अध्यक्षता लोकबहादुर थापाले गर्नु भएको थियो । भोलि हायु, जिरेल, नेवार, सुरेल, थामी, दनुवार भाषाको कार्यपत्र प्रस्तुत गर्दै दर्ुइ दिने सङ्गोष्ठी समापन हुने छ ।
‘यस सङ्गोष्ठीको सबै कार्यपत्र सबै प्रकाशन हुने छ । पर्ूवाञ्चल, सुदुर पश्चिमाञ्चलका मातृभाषा सङ्गोष्ठीमा पनि कार्यपत्रको लागि खाका दिएको थियौं । यस सङ्गोष्ठीको मुख्य उद्देश्य मातृभाषाको वर्तमान अवस्था के कस्तो छ यसको आधारमा कुन कुन स्थानमा माध्यम तथा विषयगत शिक्षा लागु गर्न सकिन्छ । गीत तथा चलचित्र तथा साहित्यको स्थिति के छ थाहा पाउनको लागि हो ।’ कार्यक्रम संयोजक भाषाशास्त्री अमृत योञ्जन तामाङले कार्यक्रममाथि प्रकाश पार्दै कार्यपत्रलाई टिप्पणीकारको सुझाव समेटेर दश दिनमा बुझाउन पनि कार्यपत्र प्रस्तोतालाई अनुरोध गर्नु भयो ।

One Comment to मध्यमाञ्चलस्तरीय मातृभाषा सङ्गोष्ठीमा किराँती कोइँच (सुनुवार) भाषा

  1. kormoch says:

    प्रगति हुदै छ…खुसि लाग्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *