News
now browsing by category
खिँचि हवाई मैदान उद्घाटन
सुनुवार डट ओआरजि समाचारदाता
चैत्र २९, दोवास । चुप्लु खिँची दोबास हवाईमैदान खार्ने कामको शुरुआत पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले उद्घाटन गर्नु भयो । ओखलढुंगा जिल्लाको यो दोस्रो हवाइमैदान बन्ने छ । सुनुवार वस्तीमा बन्न लागेको यस विमानस्थलको उपभोक्ता समितिमा भने सोलुकी गोमा के.सी (हाल बरुणेश्वर गा.वि.स ढुस्के विवाह गरेकी) अध्यक्ष रहेकी छिन् । Read More
युकेबासी कोइँच (सुनुवार) को सहयोग वल्लो किरात प्राप्तिको लागि

वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि संर्घष्ा जारी गर्न युके निवासी कोइँच -सुनुवार) को तर्फबाट किरात सुनुवार सेवा समाज युकेका अध्यक्ष जंगबहादुर सुनुवारले सुनुवार सेवा समाज केन्द्रीय कार्यालयमा रु. पन्ध्र हजार नगद सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गर्दै
कोइँचबु काःतिच
चैत्र २८, यालाखोम । ‘हाम्रो भौतिक शरीर मात्र युकेमा हो । हाम्रो मन मस्तिष्क र हाम्रो पूर्ख्यौली थाँतथालो नेपाल नै हो । नेपालको पनि वल्लो किरात प्रदेश हो । हामी कोइँचको पहिचान वल्लो किरातसँग गाँसिएको छ । चीन, भारतको उन्नति भनेकै बाहिर बसेका उनीहरुको जनर्ताबाट भएको हो । र, अहिले चिनीया तथा भारतीय मूलका युवायुवतीहरु आफ्नो क्यारियरको लागि स्वदेश फर्किने गरेका छन् । भोलि नेपालीको स्थिति पनि त्यस्तै हुन सक्ने छ । यसैले बाँच्नको लागि युके बसे पनि सधै सधै बाँच्नको लागि युके पर्याप्त हो भन्नेमा कोइँचहरु कहिलै बिश्वास गर्ने छैनन् । यसैले वल्लो किरात युकेबासी कोइँचको पनि चाहना Read More
कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी
अब बजारमा आउँदै गरेको कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी : कोइँच युवायुवतिहरुको लागि समर्पित “दोमोका दारशो सेरेमफु”
(स्पष्टीकरण : यो दोमोका दारशो गीति एल्बमबाट उठेको रकमले अर्को मौलिक लोकबाजाको साथ लोकगीत रेकर्डिङ गरिने छ जुन तत्काल उत्पादनको लागि दुइ वटा गीति एल्बम तयारीमा छ । यो अभियान कोइँच भाषा तथा संस्कृति प्रवर्द्धनको लागि हो ।)
१. गीतको बोल : एयि, होमाचिरि
भाका : साङ दुपि साङासो लोकभाका
रचना तथा संगीत : कोइँचबु काःतिच
स्वर : महेश सुनुवार (क्याःब)
एयि, होमाचिरि होपो’मा, सुनि जिकरिस नोलेङा
ङामजिम गोइ आँकेन, हेमशो ग्लुमसि काःलेङा
(दाः ब्लोइँचि फुइलिकालि) ४ Read More
जिरेलहरु जागे वल्लो किरात स्वायत्त प्रदेशको लागि
चुपलु दामलोच
२२ चैत, जिरी । जिरीका आदिवासी जिरेलहरु आफ्नो पुख्र्यौली थलोको पहिचानसहितको संघीय नेपालको पुनसंरचना नभए हतियार पनि बोक्न तयार हुने घोषणा गर्दै वल्लो किरात स्वायत्त प्रदेशको लागि एक जुट भएका छन् । प्रमुख अतिथि आदिवासी जनजाति सभासद ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात हायु समाज, सुरेल उत्थान समिति, नेपाल थामी समाज, किरात जेरो रादु समाज, किरात बाहिङ मुलुखिमहरु ऐक्यवद्ध भइ आन्दोलित भएको अवस्थालाई मनन् गदैं ककसको अवधारणपत्रमा सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्नेर् भनि संविधान सभामा पेश गरेको बताउँदै आदिवासी जनजाति पहिचानसहितको जातिय स्वायत्त राज्य घोषणा नभए सडक आन्दोलनमा उत्रन आम आदिवासी जनजाति तयार हुन आब्हान पनि गर्नु भयो । उहाँले अगाडि थप्नु भयो, ‘आदिवासी जनजातिको कुम टेकेर राजनीति गर्न खोज्ने कुनै पनि त्यस्तो व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नेहरुले आदिवासी जनजातिहरुले सामाजिक वहिस्कार गर्नु पर्छ । Read More
अग्नि पीडित शोभादेवी सुनुवारलाई सहयोग
चुप्लु दामलोच
१६ चैत्र, यालाखोम । इजरायलमा रहनु भएकी, सुनुवार सेवा समाजका पूर्व सदस्य, सुनुवार महिला समाजका संस्थापक कोषाध्यक्ष तथा उपाध्यक्ष कविता सुनुवारले रु. दश हजार नगद रामेछाप हिमागंगा गा.वि.स.की अग्निपीडित शोभादेवी सुनुवारलाई सहयोग गर्नु भएको छ । सो सहयोग रकम आज सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई आमा भक्तमाला सुनुवारले हस्तान्तरण गर्नु भएको छ । ‘आदिवासी कोइँच (सुनुवार) ले कतै पनि सहयोगको भीख मागेर भौतरिनु नपरोस् । अरुको मुख ताक्नु नपरोस् । जसको लागि सबै कोइँच मिलेर सुनुवार सेवा समाज मातहतमा वा एक स्वतन्त्र परोपकार अक्षय कोष स्थापना गर्ने र सोही संस्था मार्पmत सबै दैवी वा प्राकृतिक प्रकोपमा भैपरी आउने दुर्घटनामा सहयोग गर्न सकियोस् भन्ने आफ्नो चाहना रहेको छ । यसको लागि सबैमा ऐक्यता जनाउन पनि आव्हान गर्छु ।’ सहयोग गर्ने क्रममा उहाँले बताउनुभयो । Read More
सैपूमा वृहद सुनुवार भाषागोष्ठी एवं तीन महिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम संचालन हुने
नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको आर्थिक सहयोग एवं सुनुवार सेवा समाज, गाउँ कमिटि सैपू, रामेछाप को आयोजनामा यही मिति २०६८ चैत १८ गतेका दिन रामेछाप जिल्लाको सैपू गा.वि.स.मा वृहत सुनुवार भाषा गोष्ठी एवं सुनुवार भाषा प्रशिक्षण कार्यक्रमको भव्यरुपमा उदघाटन हुनगइरहेको जानकारी कमिटिका सह–सचिव श्री प्रकाश सुनुवार ले गराउनु भएको छ । उक्त कार्यक्रममा सैपूबाट काठमाडौआई विभिन्न पेशा व्यावसायमा संलग्न रहेका सैपूले सुनुवारहरुको सघनरुपमा उपस्थिति रहने समेत उहाँले वताउनु भयो । कार्यक्रममा सुनुवार भाषा प्रशिक्षकका रुपमा सुनुवार सेवा समाजका भुपू सल्लाहकार, सुनुवार संस्कृति एवं भाषाविद श्री लोकप्रिय सुनुवारलाई निमन्त्रणा गरिसकिएको र कार्यक्रमका प्रमुख अतिथिका रुपमा सुनुवार सेवा समाज, केन्द्रीय समितिका भुपू सल्लाहकार श्री गुञ्जबहादुर सुनुवार, भुपू अध्यक्ष श्री टंकराम सुनुवार लगाएतको उपस्थित रहनेछ । Read More
कविता वाचन तथा छोटा फिल्म देखाइयो ।
सुनुवार डट ओआरजि समाचारदाता
११ चैत्र, यालाखोम । चुप्लु समाज (कोइँच चुप्लु), सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार विद्यार्थी समाज, संस्कृति तथा अनुसन्धान विभाग, सुनुवार सेवा समाजले आयोजना गरेको कोइँच पहिचानको लागि भाषा, कला, साहित्य, मनोरञ्जन र सञ्चार मूल नारा सहित कविता वाचन तथा छोटा फिल्म देखाइयो । Read More

