News
now browsing by category
कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी
अब बजारमा आउँदै गरेको कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी : कोइँच युवायुवतिहरुको लागि समर्पित “दोमोका दारशो सेरेमफु”
(स्पष्टीकरण : यो दोमोका दारशो गीति एल्बमबाट उठेको रकमले अर्को मौलिक लोकबाजाको साथ लोकगीत रेकर्डिङ गरिने छ जुन तत्काल उत्पादनको लागि दुइ वटा गीति एल्बम तयारीमा छ । यो अभियान कोइँच भाषा तथा संस्कृति प्रवर्द्धनको लागि हो ।)
१. गीतको बोल : एयि, होमाचिरि
भाका : साङ दुपि साङासो लोकभाका
रचना तथा संगीत : कोइँचबु काःतिच
स्वर : महेश सुनुवार (क्याःब)
एयि, होमाचिरि होपो’मा, सुनि जिकरिस नोलेङा
ङामजिम गोइ आँकेन, हेमशो ग्लुमसि काःलेङा
(दाः ब्लोइँचि फुइलिकालि) ४ Read More
जिरेलहरु जागे वल्लो किरात स्वायत्त प्रदेशको लागि
चुपलु दामलोच
२२ चैत, जिरी । जिरीका आदिवासी जिरेलहरु आफ्नो पुख्र्यौली थलोको पहिचानसहितको संघीय नेपालको पुनसंरचना नभए हतियार पनि बोक्न तयार हुने घोषणा गर्दै वल्लो किरात स्वायत्त प्रदेशको लागि एक जुट भएका छन् । प्रमुख अतिथि आदिवासी जनजाति सभासद ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात हायु समाज, सुरेल उत्थान समिति, नेपाल थामी समाज, किरात जेरो रादु समाज, किरात बाहिङ मुलुखिमहरु ऐक्यवद्ध भइ आन्दोलित भएको अवस्थालाई मनन् गदैं ककसको अवधारणपत्रमा सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्नेर् भनि संविधान सभामा पेश गरेको बताउँदै आदिवासी जनजाति पहिचानसहितको जातिय स्वायत्त राज्य घोषणा नभए सडक आन्दोलनमा उत्रन आम आदिवासी जनजाति तयार हुन आब्हान पनि गर्नु भयो । उहाँले अगाडि थप्नु भयो, ‘आदिवासी जनजातिको कुम टेकेर राजनीति गर्न खोज्ने कुनै पनि त्यस्तो व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नेहरुले आदिवासी जनजातिहरुले सामाजिक वहिस्कार गर्नु पर्छ । Read More
अग्नि पीडित शोभादेवी सुनुवारलाई सहयोग
चुप्लु दामलोच
१६ चैत्र, यालाखोम । इजरायलमा रहनु भएकी, सुनुवार सेवा समाजका पूर्व सदस्य, सुनुवार महिला समाजका संस्थापक कोषाध्यक्ष तथा उपाध्यक्ष कविता सुनुवारले रु. दश हजार नगद रामेछाप हिमागंगा गा.वि.स.की अग्निपीडित शोभादेवी सुनुवारलाई सहयोग गर्नु भएको छ । सो सहयोग रकम आज सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई आमा भक्तमाला सुनुवारले हस्तान्तरण गर्नु भएको छ । ‘आदिवासी कोइँच (सुनुवार) ले कतै पनि सहयोगको भीख मागेर भौतरिनु नपरोस् । अरुको मुख ताक्नु नपरोस् । जसको लागि सबै कोइँच मिलेर सुनुवार सेवा समाज मातहतमा वा एक स्वतन्त्र परोपकार अक्षय कोष स्थापना गर्ने र सोही संस्था मार्पmत सबै दैवी वा प्राकृतिक प्रकोपमा भैपरी आउने दुर्घटनामा सहयोग गर्न सकियोस् भन्ने आफ्नो चाहना रहेको छ । यसको लागि सबैमा ऐक्यता जनाउन पनि आव्हान गर्छु ।’ सहयोग गर्ने क्रममा उहाँले बताउनुभयो । Read More
सैपूमा वृहद सुनुवार भाषागोष्ठी एवं तीन महिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम संचालन हुने
नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको आर्थिक सहयोग एवं सुनुवार सेवा समाज, गाउँ कमिटि सैपू, रामेछाप को आयोजनामा यही मिति २०६८ चैत १८ गतेका दिन रामेछाप जिल्लाको सैपू गा.वि.स.मा वृहत सुनुवार भाषा गोष्ठी एवं सुनुवार भाषा प्रशिक्षण कार्यक्रमको भव्यरुपमा उदघाटन हुनगइरहेको जानकारी कमिटिका सह–सचिव श्री प्रकाश सुनुवार ले गराउनु भएको छ । उक्त कार्यक्रममा सैपूबाट काठमाडौआई विभिन्न पेशा व्यावसायमा संलग्न रहेका सैपूले सुनुवारहरुको सघनरुपमा उपस्थिति रहने समेत उहाँले वताउनु भयो । कार्यक्रममा सुनुवार भाषा प्रशिक्षकका रुपमा सुनुवार सेवा समाजका भुपू सल्लाहकार, सुनुवार संस्कृति एवं भाषाविद श्री लोकप्रिय सुनुवारलाई निमन्त्रणा गरिसकिएको र कार्यक्रमका प्रमुख अतिथिका रुपमा सुनुवार सेवा समाज, केन्द्रीय समितिका भुपू सल्लाहकार श्री गुञ्जबहादुर सुनुवार, भुपू अध्यक्ष श्री टंकराम सुनुवार लगाएतको उपस्थित रहनेछ । Read More
कविता वाचन तथा छोटा फिल्म देखाइयो ।
सुनुवार डट ओआरजि समाचारदाता
११ चैत्र, यालाखोम । चुप्लु समाज (कोइँच चुप्लु), सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार विद्यार्थी समाज, संस्कृति तथा अनुसन्धान विभाग, सुनुवार सेवा समाजले आयोजना गरेको कोइँच पहिचानको लागि भाषा, कला, साहित्य, मनोरञ्जन र सञ्चार मूल नारा सहित कविता वाचन तथा छोटा फिल्म देखाइयो । Read More
सुनुवार विद्यार्थीद्वारा भित्तेपात्रो सार्वजनिक
यालाखोम । सुनुवार विद्यार्थी समाजद्वारा प्रकाशित वार्षिक भित्तेपात्रो एक समारोहकाबीच सार्वजनिक गरियो । उक्त समारोहका प्रमुख अतिथि माननीय सभासद श्रीमती दालकुमारी सुनुवार सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारलगायत नेकपा एमाले ओखलढुङ्गा जिल्ला अध्यक्ष यज्ञराज सनुवार नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवार र किरात राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष सुवराज सुनुवारको उपस्थिति थियो ।
उक्त समारोहमा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले आ-आफ्नो पार्टीको विचार व्यक्त गर्दै सुनुवार सेवा समाजमा विभिन्न विचार बोकेका आम सुनुवारहरु अट्नुपर्ने कुरा राखेका थिए । संविधान निर्माणलगायत संघीय राज्यबारे प्रत्येक राजनीतिक दलको आ-आफ्नै विचार र नीति भएको कारणले हामी आदिवासी जनजातिले पाउनुपर्ने हक अधिकारसम्बन्धी बहसलाई अगाडि बढाउन नसकेको कुरा स्थानीय नेताहरुले व्यक्त गरेका थिए ।
उक्त समारोहमा रामेछाप जिल्ला हिमगंगा गाविसस्थित शोभादेवी सुनुवारको घरमा आगो लागेर नष्ट भएकोले तत्काल सहयोगस्वरुप सुनुवार विद्यार्थी समाजले उठाएको रु। ९०६५ नौहजार पैसट्ठी सुनुवार सेवा समाज परोपकार विभागअन्तर्गत जिल्ला समिति रामेछापलाई हस्तान्तरण गरिएको छ ।
कोइँच विद्यार्थीले वाषिर्क पात्रो र्सार्वजानिक गर्दै
सुनुवार डट ओआरजि समाचारदाता
३ चैत्र, यालाखोम । हिन्दु ज्योतिषशास्त्रानुसारको नयाँ वर्ष२०६९ को उपालक्ष्यमा सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले यही चैत्र ४ गते भोलि शनिवार वाषिर्क कोइँच भित्तेपात्रो र्सार्वजानिक गर्ने भएको छ । कोइँचहरुको आफ्नै नयाँ वर्ष हिन्दू ज्योतिषशास्त्रको माघ महिनको समयमा ङारिच महिनाबाट शुरु हुन्छ । अहिले येले थोचे ५०७२ चलीरहेको छ । तर प्रशासनिकरुपमा राज्यले अझै पनि एक धर्म, एक जाति, एक संस्कृति र एक भाषालाई वढावा दिई रहेको हुँदा वैशाख महिनालाई नै नयाँ वर्षो पहिलो महिना मान्न आम नेपाली विवश छन् । जसको कारण कोइँचहरु आफैं पनि आफ्नो नयाँ वर्षवारे अनभिज्ञ देखिन्छन् । मुख्यतः कोइँचको आफ्नै पेवा सञ्चार नभएको हुँदा पनि यस्तो भएको हो । प्रकाशित सो वाषिर्क पात्रोले कोइँचहरुले मान्ने विभिन्न चाड तथा महत्वपूर्न तीथिमितिहरु रहेको हुँदा कोइँच पहिचान स्थापित गर्न महत्वपूर्न भूमिका निर्वाह गर्नेछ । कोइँच पहिचान खुल्ने गरी साथीहरुले मिहीनेतको साथ पात्रो निर्माण गरेका छन् । यसै सर्न्दर्भमा केही विचार मन्थन होस्, छलफल रहोस, अन्तरक्रिया होस् भनेर शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम पनि राखेका छौं, सुविस अध्यक्ष सुदिप सुनुवारले बताउनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रम भोलि शनिवार, चैत्र ४ गते, दिउँसो ११. बजे सुनुवार सेवा समाजको भवन हल कोटेश्वरमा हुँदै छ । यस कार्यक्रममा सहभागी हुन सम्पूर्न विद्यार्थी तथा कोइँचहरुलाई सुनुवार विद्यार्थी समाजले हार्दिक अनुरोध पनि गरेको छ ।

