All about Sunuwar

News

now browsing by category

 

वल्लो किरात प्राप्तिका निम्ति जनप्रशन

सुनुवार डट ओआरजि समाचारदाता
१४ वैशाख, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरियोस् भनेर नेपाल आदिवासी जनजाति महासंघ र संयूक्त संघर्ष समितिको आयोजनमा गरीएको जनप्रदशन विभिन्न ठाँउहरुबाट नारा जुलुस गर्दै बसन्तपुरमा भेला भएका थिए ।  भेलामा वल्लो किरात प्राप्तिका निम्ति व्यानर, झण्डा र प्लेकार्ड सहित जनप्रशन गर्दै शान्ति वाटिका, रत्नपार्कबाट बसन्तपुर पुगेको थियो र कार्यक्रममा उपस्थितहुने सम्पूर्ण वल्लो किरात वासिहरुलाई वल्लो किरात संघयि राज्य परिषद र सुनुवार सेवा समाजको तर्फबाट अध्यक्ष मन प्रशाद सुनुवारले धन्यवाद दिनु भयो ।

सैपू चण्डीमा सुनुवारहरुले दिलखोलेर कम्मर मर्काईमर्काई नाच्ने भए

नेपाल सरकार, संस्कृति मन्त्रालयको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्द्धारा सैपू गा.वि.स.को जिर्णोदार चण्डीस्थान र मैदान निर्माण हुने भएको छ । उमेरले ६० को डाँडा काटेता पनि युवा जोसजाँगरका धनी अग्रज ईन्द्रशेन सुनुवारको विषेश पहलकदमिमा यसपाली सैपू चण्डीस्थानको मर्मत सम्भार हुने भएको हो । “आजहुने काम आजै गर्नु पर्दछ र समयको वहुत ख्याल गर्नु पर्दछ” भन्ने मान्यता वोक्नुहुने उहाँकै उत्प्रेरणाका कारण सैपूका युवाहरु, जोसजाँगरका साथ आफ्ना संस्कृति संस्कार र ग्रामिण क्षेत्रका विकासमा एकजुटभएर लागि परेकाछन् । विकासले विनास पनि सँगै ल्याउछ Read More

नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ज्ञापन पत्र

सुनुवार डट ओआरजि समाचारदाता
८ वैशाख, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरियोस् भनेर नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा पाँच बुँदे ज्ञापनपत्र बुझाउने क्रममा आज नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उहाँको निवासमा बुझाइयो ।

सुनुवार भाषा गोष्ठी एवम् सुनुवार भाषा प्रशिक्षण कार्यक्रम

“सुनुवार जातिको पहिचानको एउटा महत्वपूर्ण पक्ष सुनुवार भाषा हो । भाषा र संस्कृति बिना जातिको अस्थित्व रहँदैन । यो अमूल्य नीधि र सम्पत्ति हो जसले हाम्रो पहिचानको लागि महत्वपूर्ण स्थान ओगटेको हुन्छ ।”
“भाषा नरहे संस्कृति पनि रहँदैन, संस्कृति र संस्कारनै नरहे हामी सुनुवारहरुको अस्तित्व पनि समाप्त हुन्छ ।” न यो किन्न नै सकिन्छ, न बेच्न नै, बरु यस्तो सम्पदा र संस्कृतिलाई एउटा पुस्ताबाट अर्काेमा हस्तान्तरण गर्न भने सकिन्छ ।
सुनुवार सेवा समाज सैपू गाउँ समिति र नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको साझेदारी कार्यक्रम अन्गर्तत मिति २०६८/१२/१८ का दिन जिल्ला रामेछाप , गा.वि.स. सैपू, वडा नं. ६, सुविदार टोल, आहालडाँडामा नेपालका सीमान्तकृत समूहका आदिवासी जनजाती सुनुवारहरुको मातृभाषा संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले “सुनुवार भाषा गोष्ठी एवं प्रशिक्षण कार्यक्रम २०६८” उद्घाटन समारोहकासाथ सुचारु भएको छ । Read More

थोरै संख्याका आदिवासी जनजातिहरु एक जुट : प्रचण्ड निवास घेराउ

सुनुवार डट ओआरजि समाचारदाता
७ वैशाख, काठमाडौं । थोरै संख्याका आदिवासी जनजाति सभासद तथा आदिवासीको प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको दुइ दिने भेलाको उद्घाटन आज नगरकोटमा आदिवासी सभासद ककसको अध्यक्ष पृथ्वीसुब्बा गुरुङले गरेका छन् भने आज विहान सुनुवार सेवा समाज लगायत नेपाल आदिवासी जनजाति महासंघले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निवास घेराउ गरेका छन् । संविधान सभाबाट संविधान जारी गर्ने समय नजिकीँदै जाँदा आदिवासी शसंकित हुँदै छन् भने प्रमुख राजनीतिक दलहरु निरङ्कुश राजतन्त्रको भूमिका निर्वाह गर्दै छन् । Read More

रामेछापको दुर्गम गाउँ सैपूमा कम्प्यूटर प्रशिक्षण संचालन हुने

युवातथा खेलकुद मन्त्रालय, युवासाझेदारी कार्यक्रमको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्, सैपूद्धारा ग्रामिण युवाहरुका लागि कम्प्यूटर प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । हलो, अन्नू, कोदालो, हसिँया समाउने र भकारोका गोवर सोहर्ने पौरखिहातहरुका औलाहरु अव कम्प्यूटरका किबोर्ड माथी नाच्ने भएकाछन् । संस्थाका अध्यक्ष प्रकाशचन्द्र सुनुवारका अनुसार कम्प्यूटर प्रशिक्षण कार्यक्रमको उद्घाटन यही वैशाख २४ गतेका दिन भव्यतापूर्वक सैपूमा आयोजना गरी प्रशिक्षणलाई विधिवत रुपमा अगाडि वढाउने जानकारी उहाँले गराउनु भएको छ । कम्प्यूटर प्रशिक्षण कार्यक्रमका लागि मन्त्रालयबाट प्राप्त अनुदानबाट कम्तीमा ४ सेट कम्प्यूटर र एउटा प्रिन्टर खरिदका लागि आवश्यक प्रक्रिया समेत अगाडि वढाई सकिएको जानकारी कार्यक्रमका वित्तिय व्यवस्थापक असीस सुनुवारले गराउनु भएको थियो । अहिले एकाइसौ सताव्दीमा पनि कम्प्यूटर शिक्षामा नेपालका वहुसंख्यक युवाहरुको पहँुच नभइरहेको अवस्थामा लिखु सुसेली संरक्षण परिषद्ले ग्रामिण क्षेत्रमा संचालन गर्ने कम्प्यूटर प्रशिक्षणले ग्रामिण यूवाहरुको सीप विकासका साथै ग्रामिण विज्ञान तथा सूचना प्रविधीमा समेत युवाहरुको चासो वढनगइ राष्ट्रकै विकासमा महत्वपूर्ण सहयोग पुग्ने संस्थाका सल्लाहकार गुन्जबहादुर सुनुवारको धारणा रहेको छ । प्रशिक्षण अवधी अहिले तीन महिनाका लागि भएता पनि आगामि दिनमा समेत कम्प्यूटर प्रशिक्षणलाई नियमित रुपमा अगाडि वढाउने र वहुसंख्यक ग्रामिण युवाहरुलाई प्रशिक्षण प्रदान गर्ने लक्ष रहेको जानकारी संस्थाका सहसचिव अमरदिप सुनुवारले वताउनु भयो । सोही अनुरुप अहिलेका लागि १६ जना प्रशिक्षार्थि र दुईजना प्रशिक्षकको छनौट कार्य समेत अगाडि वढाइसकिएको उहाँले जानकारी दिनु भयो । Read More

सात प्रदेश विरुद्ध आदिवासी जनजाति

चुपलु दामलोच
6 बैशाख, यालाखोम । आदिवासी जनजातिहरुको पहिचानको आधारमा प्रस्तावित प्रदेशहरुको संख्या घटाउन पाइँदैन, सात प्रदेश आदिवासी जनजातिहरुलाई स्वीकार्य हुने छैन । जेठ १४ गते भित्र आदिवासी जनजातिको अधिकार सुनिस्चित भएको संविधान जारी गर । स्वशासन र आत्मनिर्ण्र्ााो अधिकार सुनिस्चित गर । अपुरो, अधुरो र संक्षिपत संविधान जारी गर्न पाइँदैन । नयाँ संविधानमा सिमान्तकृत र अल्पसंख्याकहरुको अधिकार सुनिस्चित भएको संविधान जारी गर लगायत पाँच बुँदे मागसहित आज नेपाल आदिवासी जनजाति महासंघले तीन प्रमुख दललाई ज्ञापन पत्र बुझाएको छ । सुनुवार सेवा समाज लगायत आम आदिवासी जनजाति संस्था, आदिवासी सभासद् ककसले राज्य पुनसंरचना तथा राज्य शक्ति वाँडफाँड समितिले सिफारिस गरेको १४ प्रदेश नै हुनु पर्ने र सुनकोशी प्रदेशलाई वल्लो किरात हुनु पर्ने अडान राखेको थियो । Read More