All about Sunuwar

News

now browsing by category

 

आदिवासी दिवसमा सेरेम फुको लाइभ सो

सुनुवार डट ओआरजि समाचारदाता दोमोका दारशो सेरेम फु कोइँच भाषाको गीति एल्बम भोलि नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला सामन्वय परिषदद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा लाइभ सो हुने भएको छ । राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजित सो कार्यक्रममा शिवा मुखिया र सन्ध्या सुनुवारले उक्त गीति एल्बमका गीत गाउने भएका छन् । चुप्लु समाज र सुनुवार डट ओआरजिले कोइँच युवा युवतिलाई लक्षित गरेर उत्पादन गरिएको कोइँच गीति एल्बममा नौ वटा गीत समावेश गरिएको छ । सो एल्बममा बर्थ डे गीत, बच्चा फकाउने गीत, बाल गीत, अहिले चलेको उत्तराधुनिक गीत, परम्परागत लोकगीत समेटिएको छ ।

किङलो चुप्लु बार्षिक उत्सव भब्यताका साथ सम्पन्न ।

सुनुवार डट ओआरजी, श्रावण १४ । सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम “किङलो चुप्लु” आज तिन बर्ष पुरा भएर चार बर्षमा टेकेको छ । किङलो चुप्लुको पहिलो प्रशारण रेडियो उपत्यका ८७.६ मेगाहर्ज श्रावण १४ गतेबाट शुरु भएको थियो । किङलो चुप्लु कार्यक्रम संचालन गर्नुमा जति कठिनाइहरु आए पनि स्रोताहरुको साथ सहयोगले गर्दा यसले तिन बर्ष पुरा गर्न सफल हुनुको साथै रेडियो उपत्यका ८७.६ मेगाहर्ज काठमाण्डौं, हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप र आजबाट तिफदी रेडिया ९९.१ मेगाहर्ज रामेछाप गरि तिन ठाँउबाट प्रशारण गर्न सफल भएको छ । Read More

हाम्रो गम्भीर ध्यानार्कषण : प्रेस विज्ञप्ति

नेकपा -एमाले) स्थायी कमिटीको २०६९ श्रावण ३ गते सम्पन्न बैठकका निर्ण्र्ाारूप्रतिहाम्रो गम्भीर ध्यानार्कषण भएको छ । त्यस सर्न्दर्भमा हाम्रा विचारहरू निम्नानुसार प्रस्तुत गरेका छौैं ।
१) मुलुकमा छ दशक लामो सर्‹ष्ाको परिणामस्वरूप प्राप्त संविधानसभा संविधान  नै नबनाई विघटन भएपश्चात देशको परिस्थिति तरल अवस्थामा रहेको छ । नेपालको अन्तरिम संविधान संशोधन नगरी सम्वैधानिक रूपले २०६९ मङ्सिर ७ गते घोषित निर्वाचन हुने परिस्थिति छैन । Read More

छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजबाट समाप्त

सुनुवार डट ओआरजी
असार २८ बाट शुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आज असार ३१ मा टुङगीएको छ । कोइँच (सुनुवार) द्वुरा निर्देशित क्योङ , भूमे , अ वल्र्ड लस्ट इन अ हेज अफ स्मोक र चुडामणी सुनुवार द्वुरा अभिनित सुम्निमा आज असार ३१ गते महोत्सवमा देखाइएको थियो भने सवि शिवानी सेकुवा कर्नरले कोइँच (सुनुवार)का खाना प्रदर्शन गरेको थियो। Read More

छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु

सुनुवार डट ओआरजी
असार २८ बाट छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु
भएको छ । महोत्सव राष्ट्रिय सभाग्रिहमा र पर्यटन बोर्डमा चार दिन सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको सहभागीता रहेको छ । महोत्सवमा विभिन्न विषयमा गोष्ठी, हस्तकला, पुस्तक तथा खाना प्रदर्शन गरिएको छ ।

देशव्यापी मानवअधिकारकर्मी परिचालित

चुप्लु दाम्लोच
२२ असार, यालाखोम । अहिले देशव्यापी आदिवासी जनजातिको मानव अधिकारकर्मी प्रतिरक्षकहरु परिचालन भएका छन् । नेपालका आदिवासीहरुको मानव अधिकारकर्मी वकिल समूह, (लाहुर्नीप) ले गत वर्ष Read More

संघीय विरोधीहरु नै पहिचान विरोधी हुन् : बाहुनले जे निर्णय गर्दा पनि जातिवादी हुँदैन

चुप्लु दाम्लोच
२१ असार, यालाखोम । यो देशका बाहुनहरु सबै पार्टीका सिर्सा नेता हुनु नै संविधान सभा विगठन भयो । जात एउटै भएको हुँदा कुरा मिल्यो । बाहुनहरु म्युजिकल चेयर रेस खेले जस्तै पालो गर्दै नेपालको राजनीति गरे – नेपाली काङ्ग्रेसका आदिवासी नेता इन्द्रबाहादुर गुरुङ्ले । Read More