All about Sunuwar

सुनुवार सेवा समाजलाई हालसम्म प्राप्त सहयोग

सुनुवार डट ओआरजि समाचारदाता ।
भदौ २८ । सुनुवार सेवा समाज केन्द्रीय समितिलाई २०६८ सालदेखि हालसम्म रु. १०८००० (रु. एक लाख आठ हजार) सहयोग प्राप्त भएको छ । कटारी, उदयपुरका दलबहादुर सुनुवार हाल नयाँ बानेश्वर, जिआरयू ब्रुनाईमा कार्यरत, ले सभाहलको कुर्सी किन्न रु. ५०,००० (पचास हजार) सहयोग गर्नु भएको थियो भने अपुग रकम रगनी, ओखलढुंगाका डबिन सुनुवार, हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (रु. दश हजार), र गुप्तेश्वर, रामेछापका पोष्टबहादुर सुनुवार हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (दश हजार) सहयोग उपलब्ध गराउँनु भएको छ ।
त्यसैगरी नेपालको प्रमुख समस्या भनेको लोडसेडिङ हो । यसको निराकरणको लागि प्रेमकुमार सुनुवार (क्याबनाइलु), गुप्तेश्वर १, रामेछापका हाल व्रिटिश आर्मी युकेमा कार्यरत, ले संस्थामा इन्भर्टर किन्न रु. ३०,००० (तीस हजार) सहयोग गर्नु भएको थियो भने गोपालबहादुर सुनुवार भूजि २ रामेछाप हाल न्यु साकुरा अप्टिकल, ज्ञानेश्वरमा व्यवसाय गरीरहेको, ले रु. ६,००० (छ हजार) को सभाको लागि सिलिङ फ्यान सहयोग गर्नु भएको थियो । थप सिलिङ फ्यान राख्न श्याम सुनुवार (रिल्मा याअता), प्रिती ८ हाल तल्छीखेल ज्ञानचोकमा सविसिवानी सेकुवा कर्नर तथा धराने कालो बङ्गुर र कुखुराको मासु पसल व्यवासय सञ्चालन गर्दै आएका, ले रु. २००० (दुई हजार) सहयोग गर्नु भएको छ ।
यी नगद सहयोग गर्ने कोइँचको आलवा विभिन्न क्षेत्रबाट सरसहयोग गर्ने सम्पूर्ण कोइँच (सुनुवार) लाई हार्दिक साधुवाद प्रकट गर्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सम्पूर्ण पहिचानप्रेमी कोइँच एक ठाउँमा उभिन हार्दिक आब्हान पनि गर्नु भयो ।
यस वर्ष देखि आम कोइँच (सुनुवार) ले सुनुवार सेवा समाज लगायत आम कोइँच (सुनुवार) को चाडपर्व कहिले, कुन, कुन चाड पर्छ र धर्म, कला संस्कृति संरक्षणको लागि कस्को भूमिका के हुने ? र कोइँचको थर के कति छन् भन्ने कुराको दस्तावेजीकरण गरिएको हुँदा आम कोइँच (सुनुवार) लाभन्वित हुने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *