All about Sunuwar

केन्द्रीय तथ्याङ्क विभागद्वारा सुनुवार सेवा समाजसँग परामर्श

चुपलु दामलोच । केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना-२०६८ को तथ्याङ्कलाई अन्तिम तालिकीकरण गर्ने तयारीका क्रममा सुनुवार सेवा समाजलगायत दशनामी र कपडी जातिसँग विभाग निर्देशकले परामर्श लिइएको छ । उक्त छलफल कार्यक्रममा सङ्कलित तथ्याङ्कको प्र्रशोधन अन्तिम तयारीमा रहेकाले कसरी आफ्नो जाति वा समुदायको सही आँकाडा निकाल्न सकिन्छ र उक्त प्रशोधन कार्यका लागि सम्बन्धित जाति वा समुदायको प्रतिनिधि कसरी चयन गर्ने भन्ने बारेमा केन्द्रित रह्यो ।
राष्ट्रिय जनगणनामा गणकहरुले कतिपय स्थानहरुमा सही प्रश्न नसोधी आफूखुशी लगत भरेको र प्रश्न गर्दा पनि सही उत्तर नआएको भनी आफ्नै ढङ्गले तथ्याङ्क फाराम भरेको हुनाले लगतमा सोधिएका प्रश्नहरुको जवाफ गणकले टिप्दा आएका भिन्नतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने परामर्शसहित अन्तिम प्रशोधनमा सम्बन्धित प्रतिनिधिको चयनका बारेमा छलफल भयो ।
राष्ट्रिय जनगणना-२०६८ मा सुनुवार सेवा समाजले विभिन्न जिल्लाहरुमा जनगणनासम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन किङलो चुप्लु रेडियो उपत्यका काठमाडौं तथा हजुरको रेडियो रामेछापबाट जनचेतनामूलक प्रचार सामाग्रीहरु प्रसारण गरिएको थियो ।
उक्त परामर्श कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवार प्रथम उपाध्यक्ष रनबीर सुनुवार र संस्कृति तथा अनुसन्धान विभाग प्रमुख उत्तमकुमार सुनुवारको उपस्थिति रहेको थियो ।
सुनुवार सेवा समाजले जनसंख्या तथ्याङ्क प्रशोधनका लागि केन्द्रीय तथ्याङ्क विभागलाई विभिन्न बुँदागत जानकारीसहित ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *