News
now browsing by category
मङ्सिर ३० मा सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन
मङ्सिर १०, काठमाडौं । सुनुवार सेवा समाजको वध्येत्मक राष्ट्रिय सम्मेलन यही मङ्सिर ३० गते सम्पन्न गर्ने निर्ण्र्ाापारित भएको छ । सुनुवार सेवा समाजको आठौं सम्मेलनबाट निर्वाचित आठौं कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि यो विशेष सम्मेलन गर्नु परेको हो । समाजको तत्कालीन सङ्गठन विभागको अपारदर्शी व्यवहारको काारण यस्तो घटना घट्न गएको हो ।
यस विशेष सम्मेलन सम्पन्न गर्नको लागि सुनुवार सेवा समाज आठौं समितिले जिल्ला प्रशासन कार्यालयमा -द.नं. १०७७) मङ्सीर ९ गते क्षेत्र तथा जिल्ला अध्यक्ष र संस्थापक, पर्ूव अध्यक्ष र उजुरीकर्ताहरु बसी एक सम्मेलन आयोजक समिति गठन गरी सम्मेलन गर्ने जानकारी गरेको थियो । यसै समय खाकानुसार वरियताक्रमका आधारमा र यस विषम परिस्थितिका जिम्मेवार भएको नाताले सातौं केन्द्रीय कार्यसमितिको अध्यक्ष टंकराम सुनुवारको संयोजकत्वमा आठौं केन्द्रीय कार्यसमिति अध्यक्ष मनप्रसाद सुनुवार सहसंयोजक र आठौं केन्द्रीय कायलसमितिका उपाध्यक्ष रणवीर सुनुवार सङ्गठन विभाग प्रमुख रहने गरी तीन सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । तीन सदस्यीय आयोजक समितिले सातौं समितिका सक्रिय सदस्य र आठौं समितिका सम्पर्ूण्ा सदस्य आयोजक सदस्य रहने गरी सदस्य मनोनयन गर्ने कार्यभारसहित सम्मेलन आयोजना गराउने जिम्मेवारी अख्तियर गरेको छ ।
सुनुवार सेवा समाजको विधानमाा संस्थामा राजनीति गर्न नपाइने प्रवधान भए ता पनि राजनीतिकरण गर्न खोजिएको हुँदा समाजले यस्तो भवितव्य व्यहोर्नु परेको हो भन्छन् संस्थापकहरु ।
सुनुवार सेवा समाजको विस्तृत छलफलसहितको वैठक
मङ्सिर ९ गते शनिवार । सुनुवार सेवा समाज आठौं केन्द्रीय समितिले सर्वोच्च अदालतको उत्प्रेषण परमादेश तथा जिल्ला प्रशासनको निर्देशन पालन गर्न विस्तारित छलफल वैठक बस्यो । जसमा सुनुवार सेवा समाजका संस्थापक गुञ्जबहादुर सुनुवार, टीकाराम मुलिचा, टेकबहादुर सुनुवार, प्रेम हाँबली सुनुवार, सातौं अध्यक्ष टंकराम सुनुवार, छैठौ अध्यक्ष ले. मान बाहदुर सुनुवार, पाँचौ अध्यक्ष लोक प्रिय सुनुवार, चौथो अध्यक्ष ईश्वर किरण सुनुवार साथै जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा यही मंसीर मसान्त भित्र सुनुवार सेवा समाजको साधरण सभाबारे छलफल हुदै छ ।
नेपाल आदिवासी जनजाति महासंघको चौथो तथा पाँचौं वैठक हुँदै
चुपलु दामलोच । ९ मङ्सीर शनिवार । नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषदको वैठक अहिले स्थानीय विकास प्रतिष्ठान, जावलाखेलमा सम्पन्न हुँदै छ । सो सम्मेलनमा पूर्व अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले पार्टी खोले तर रहरले हो कि करले बुझ्नु पर्ने बताए । अब महासंघले आउँदो रणनीति बनाइ आदिवासी जनजातिको हकअधिकार सुनिस्चतताका लागि जानु पर्ने बताए । परिषद वैठक भोलिसम्म चल्ने छ ।
सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन सम्पन्न ।
-भानु सुनुवार
दोहा, कतार नोभेम्वर १६ । “सम्पूर्ण सुनुवार कोईँचहरुको चाहना जाति, भाषा, धर्म र संस्कृतिको संरचना” मूल नाराका साथ स्थापित सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन दोहा स्थित होम ल्यान रेष्टुरेन्टको सभा हलमा आज सम्पन्न भएको छ । नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहाका अध्यक्ष बिनेश तमाङ्ग ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राम बहादुर सुनुवारले गर्नु भएको थियो । Read More
आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध ।
रामेछाप जिल्ला भूजि गा.वि.स वडा नं. ६ फास्तुनिवासी बर्ष२०की अन्जना सुनुवार घाँस काटने क्रममा साथीहरुले ढुंङगा लडाउदा भागने क्रममा भिरबाट लडी गम्भीर घाईते भएकोले हाल बीर आस्पतालमा उपचार गर्न वीर अस्पतालमा भर्ना भएकी छिन् । उक्त घटना कार्तिक १४ गते घटेको घाईतेकी आमा बुबाबाट जानकारी प्राप्त भएको छ भने निज घाईतेलाई जिरीबाट रु १२००० तिरी एम्बुलेन्समा ल्याउनु परेकोले हाल उपचार खर्च पनि अभाव भनि सहयोगको निम्ति गुहार माग्नु भएकोले सुनुवार सेवा समाज केन्द्रीय समिति याँहहरुमा आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध गर्दछौं ।
आर्थिक सबलतातिर कोइँच जुर्मुराए
सुनुवार डट ओआरजि समाचारदाता । वर्षौंदेखि कोइँच (सुनुवार) हरु आर्थिकरुपले पिछाएका छन् । जसको कारण आफ्नो पुख्र्यौली भूमि वेचेर गर्जो टार्दै गर्दा अन्तमा घरवारविहिन भएर सुकुम्वासी भएको पनि सबै सामु छर्लङ्ग छ । यसरी पूख्र्यौली सम्पत्ती हुँदा हुँदै पनि आर्थिकरुपले विचलनमा पर्दै आएका कोइँचहरु अहिले आर्थिक उन्नतिको लागि एक जुट भएका छन् ।
भर्खरै सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. नामक वचत तथा ऋण सहकारी संस्था स्थापना गरेका छन् । जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौंमा दर्ता भएका संस्थाको कार्यक्षेत्र आम सुनुवारहरु दाजुभाई–दिदीवहिनीहरु बसोबास भएको स्थानहरु हुन् । हाल यस संस्थाको कार्यालय कोटेश्वरमा रहेको छ ।
च्याउसरी उम्रिएका सहकारी संस्थाहरु वीचमा अर्को एक सहकारी संस्था आउनु कुनै नौलो कुरा भने होइन तर पनि कोइँचहरुलाई मात्र लक्षित गरेर स्थापित वचत तथा ऋण सहकारी संस्था भएको हुँदा यसको महत्व विशेष खलको छ भन्छन् सहकारीका अध्यक्ष विश्वकिरण सुनुवार । कोइँचको पहिचानको लागि व्यवसाय गर्ने जुनसुकै कोइँचलाई ऋण दिन सकिने व्यवस्था रहेको वताउँदै यस संस्थाले अगामि दिनमा कोइँचलाई आर्थिक सवलता बनाउने ध्येय रहेको अध्यक्ष सुनुवारको भनाइ रहेको छ ।
उहाँ अगाडि थप्नुहुन्छ, ‘हामी कोइँचहरु गरिव होइनौं तर चाहिएको वेला ल त भनेर भने जति धन पनि निकाल्न सक्दैनौं । न हामी गरिब भन्न लायक छौं न त धनी । हामी मध्यम वर्गीय समुदाय भएको हुँनाले नै हाम्रो उन्नति हुन सकिरहेको छैनौं । ठूलो योजना बनाउँछौं ठूलो पुँजी हुँदैन । सानोतिनो काम गर्न मनै लाग्दैन । अहिलेको जमना भनेको व्यापार व्यवसायको हो । सधैं जागिर खाएर र पुख्र्यौली सम्पत्तिको तुजुकले जीवन निर्वाह गर्न सकिने अवस्था छैन । यसैले सबै कोइँचसँग छरिएर रहेको पैसालाई एकत्रित गरी ठूलो लगानी गर्नका लागि पनि यो सहकारीको जन्म भएको हो । सँगसँगै कोइँच युवायुवतीहरुको लागि स्वरोजगार तथा नयाँ जागिरको निर्माण गर्नु पनि हाम्रो लक्ष्य रहेको छ ।’
हार्दिक श्रद्धाञ्जली
सुनुवार डट ओआरजि तथा दुरदा डट कमका संस्थापक वृहस्पति सुनुवारका आदरणीय ससूरा ओखलढुङ्गा जिल्ला, रगनी गा.वि.स. वडा नं. ५, केर–वाका जनकबहादुर सुनुवारको यही आश्मिन २० गते असामायिक निधन भएको हुँदा सम्पूर्ण परिवारमा पर्न गएको दुःख पिडा प्रति समावेदना प्रकट गर्दै दिवांगत आत्मको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।
जन्म : २००५।
मृत्यु : २०६९।०६।२०
सुरज सुनुवार, सुनुवार डट.ओआरजि,
रणवीर सुनुवार क्युइँतबु कल्याण कोष,
समीर मुखिया, चुप्लु समाज,
कोइँचबु काःतिच, दुरदा डट कम
