All about Sunuwar

सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन सम्पन्न ।

-भानु सुनुवार

दोहा, कतार नोभेम्वर १६ । “सम्पूर्ण सुनुवार कोईँचहरुको चाहना जाति, भाषा, धर्म र संस्कृतिको संरचना” मूल नाराका साथ स्थापित सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन दोहा स्थित होम ल्यान रेष्टुरेन्टको सभा हलमा आज सम्पन्न भएको छ । नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहाका अध्यक्ष बिनेश तमाङ्ग ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राम बहादुर सुनुवारले गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष पुरुषोतम सुनुवारले स्वागत मन्तव्य सो कार्यक्रममा संस्थाका सह–सचिव केशर कुमार सुनुवारले किरात कोइँच सुनुवार जातिको चिनारी संस्थाका सचिव निर बहादुर सुनुवारले संस्थात प्रतिवेदन प्रस्तु गर्नु भएको थियो भने नेपाल कतार एकता समाज, कतारका का.वा. अध्यक्ष टुकानाथ शर्मा, नेपाली लोकतान्त्रिक मंञ्च, कतारका सदस्य मुनाफ मिया, नेपाली जनसम्पर्क समिति, कतारका सभापति बिमल सुवेदी, लिम्बुवान संघिय परिषदका येतु कुमार सम्वाहाम्फे, नेवा पुच, कतारका अध्यक्ष राधेश्याम महर्जन नेपाल प्रवासी तामाङ्ग सेवा समाज, दोहा कतारका महा— सचिव माइला वाईवा, थारु कल्याणकारिणी सभा, कतार च्याप्टरका का.वा. सभापति सत्य नारायण चौधरी, नेपाल प्रवासी मगर संघ, दोहा कतारका द्धितिय उपाध्यक्ष शेर बहादुर रोका मगर, तमु बौद्ध सेवा समिति, दोहा कतारका अध्यक्ष बिमल तमु, किरात याक्थङ्ग चुम्लुङ्ग, दोहा कतारका अध्यक्ष लोकेन्द्र तुम्रोक, किराँत राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहकार चन्द्रशेर राई, नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतारका अध्यक्ष तिर्थ संगम राई ओखलढुङ्गा प्रवासी एकता समाज, कतारका सचिव अशोक तमाङ्ग, पाँचथर सेवा समाज, कतारका सचिव राजकुमार खत्री, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष गुरु नारायण राणाभाट, किराँत राई यायोक्खा शाखा कतारका अध्यक्ष धिरज राई नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहाका अध्यक्ष बिनेश तमाङ्ग ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमलाई संस्थाका सचिव निर बहादुर सुनुवार र उपाध्यक्ष पुरुषोतम सुनुवारले संयुक्त रुपमा संञ्चालन गर्नु भएको थियो ।
दुई चरणमा विभाजित उक्त कार्यक्रमको दोश्रो चरणमा बन्द सत्र राखिएको थियो । नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहाका अध्यक्ष बिनेश तमाङ्ग ज्यूको संयोजकत्वमा नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतारका अध्यक्ष तिर्थ संगम राई र संस्थाको तर्फबाट भानु सुनुवार सदस्य रहनु भएको निर्वाचन आयोगले अध्यक्ष राम बहादुर सुनुवार, प्रथम उपाध्यक्ष केशर कुमार सुनुवार द्धितिय उपाध्यक्ष नर बहादुर सुनुवार, महासचिव निर बहादुर सुनुवार, सचिव हिमेश सुनुवार, कोषाध्यक्ष राजु सुनुवार सह–कोषाध्यक्ष शेर बहादुर सुनुवार तथा गौतम सुनुवार, जस बहादुर सुनुवार, पदम बहादुर सुनुवार र हेम बहादुर सुनुवार सदस्य पदमा र्निबिरोध निर्वाचित भएको  घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *