All about Sunuwar

मङ्सिर ३० मा सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन

मङ्सिर १०, काठमाडौं । सुनुवार सेवा समाजको वध्येत्मक राष्ट्रिय सम्मेलन यही मङ्सिर ३० गते सम्पन्न गर्ने निर्ण्र्ाापारित भएको छ । सुनुवार सेवा समाजको आठौं सम्मेलनबाट निर्वाचित आठौं कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि यो विशेष सम्मेलन गर्नु परेको हो । समाजको तत्कालीन सङ्गठन विभागको अपारदर्शी व्यवहारको काारण यस्तो घटना घट्न गएको हो ।
यस विशेष सम्मेलन सम्पन्न गर्नको लागि सुनुवार सेवा समाज आठौं समितिले जिल्ला प्रशासन कार्यालयमा -द.नं. १०७७) मङ्सीर ९ गते क्षेत्र तथा जिल्ला अध्यक्ष र संस्थापक, पर्ूव अध्यक्ष र उजुरीकर्ताहरु बसी एक सम्मेलन आयोजक समिति गठन गरी सम्मेलन गर्ने जानकारी गरेको थियो । यसै समय खाकानुसार वरियताक्रमका आधारमा र यस विषम परिस्थितिका जिम्मेवार भएको नाताले सातौं केन्द्रीय कार्यसमितिको अध्यक्ष टंकराम सुनुवारको संयोजकत्वमा आठौं केन्द्रीय कार्यसमिति अध्यक्ष मनप्रसाद सुनुवार सहसंयोजक र आठौं केन्द्रीय कायलसमितिका उपाध्यक्ष रणवीर सुनुवार सङ्गठन विभाग प्रमुख रहने गरी तीन सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । तीन सदस्यीय आयोजक समितिले सातौं समितिका सक्रिय सदस्य र आठौं समितिका सम्पर्ूण्ा सदस्य आयोजक सदस्य रहने गरी सदस्य मनोनयन गर्ने कार्यभारसहित सम्मेलन आयोजना गराउने जिम्मेवारी अख्तियर गरेको छ ।
सुनुवार सेवा समाजको विधानमाा संस्थामा राजनीति गर्न नपाइने प्रवधान भए ता पनि राजनीतिकरण गर्न खोजिएको हुँदा समाजले यस्तो भवितव्य व्यहोर्नु परेको हो भन्छन् संस्थापकहरु ।

4 Comments to मङ्सिर ३० मा सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन

  1. प्रकाश सुनुवार says:

    बिगतमा भएका गलत निर्णयहरुको कारण आज बिशेष सम्मेलनको आयोजना गर्न पर्ने बाध्यताले सायदै सम्पूर्ण सुनुवारहरु दुखित भएको स्थिति हो र भबिष्यमा सोहि प्रकृतिको गलती नदोहोरिने आशाले खुसि पनि छाएको स्थिति छ

    मिलेर अगाडी बढेको ठिक हुन्छ राजाको ठाउँमा बसेको आफुलाई सम्झिने बित्तिकै भोली राजाले पाएको सास्ती बेहोर्नु पनि पर्छ

  2. प्रकाश सुनुवार says:

  3. Dharme Binich says:

    मुद्दा हाल्ने खेतला र मुद्दा हाल्न लगाउने काले माले झाले को को हुन भनेर थाहा भएकै छ । संस्थालाइ पेवा रुपमा राजनितिक प्रशिक्षणको थलो वनाएर डुवाउन खोज्नेहरुलाइ यो सम्मेलनले फेरि पनि झापट हानेरै छोड्नेछ ।

  4. Dharme Binich says:

    मुद्दा हाल्ने खेतला र मुद्दा हाल्न लगाउने काले माले झाले को को हुन भनेर थाहा भएकै छ । संस्थालाइ पेवा रुपमा राजनितिक प्रशिक्षणको थलो वनाएर डुवाउन खोज्नेहरुलाइ यो सम्मेलनले फेरि पनि झापट हानेरै छोड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *