All about Sunuwar

उधौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

सुनुवार डट ओआरजी
उधौली शाँदारपिदारको उपलक्ष्यमा सुनुवार सेवा समाजले शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले शुभकामना मन्तव्य दिँदै संविधानसभा विघटनपछि दलहरुले नैतिक जिम्मेवारी लिई आत्मालोचना गर्नको बदला एकापसमा आरोप–प्रत्यारोप गरी जनतालाई अलमल्याएको प्रसंगसमेत निकाले ।
‘निर्वाचनमा पराजितहरूको सक्रियता बढ्नाले संविधानसभा विघटन हुन पुगेको हो,’ उनले भने, ‘संविधानसभा विघटनपछि दलहरूले नैतिक जिम्मेवारी लिई आत्मालोचना गर्नुको सट्टा आपसमा आरोप–प्रत्यारोप गरी जनतालाई अलमल्याएका छन् ।’ जनसंविधान जारी गर्न संविधानसभा निर्वाचन गरिएको बताउँदै शेर्पाले विघटन गरिनुलाई ‘निर्लज्ज’ भनी टिप्पणी गरे । ‘आदिवासी जनजातिकै मुद्दाका कारण संविधानसभा विघटन भएको हो भन्ने खण्डनसमेत गर्छु,’ उनको प्रस्टोक्ति छ ।
कार्यक्रममा किरात याक्खा छुम्माका उपाध्यक्ष लोकेन्द्र याक्खाले चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा)मात्रै किराँती नभई हायु, जिरेल, सुरेल, थामी र ज्यापुले समेत किरात रहेको बताउँदै आएको औंल्याए । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष याम पायेंखुले चार किरातले चलाउँदै आएको येले संवतबारे यलम्बर फाउन्डेसनले अनुसन्धान गर्दै आए पनि किरातजन्य संस्थासँग समन्वय नगरेको जानकारी दिए ।
समाजका अध्यक्ष मनप्रसाद सुनुवारले ओल्लो किरात कोइँचवानको लागि निरन्तर संघर्ष गर्न सबैलाई आह्वान गरे । कार्यक्रम समाजको केन्द्रीय कार्यालय कोटेश्वरमा सम्पन्न भएको थियो ।

2 Comments to उधौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

  1. Chandra Pks Sunuwar says:

    Namaste for all Kirantis. I really missing this festival which I wanted to be a part of that in Nepal. Web-master; kindly would you mind to fix our video in SWS Website and hoping to see Chandi dance of 2012 in our web video.

  2. Chandra Pks Sunuwar says:

    Namaste for all Kirantis. I really missing this festival which I wanted to be a part of that in Nepal. Web-master; kindly would you mind to fix our video in SWS Website and hoping to see Chandi dance of 2012 in our web video.

Leave a Reply

Your email address will not be published. Required fields are marked *