All about Sunuwar

तपाईले पोष्ट गरिदिनु भएन मैले त सबै साथीहरुलाई सि.सि. गरेर इमेल गरिदिएँ “विरोधाभास अभिव्यक्तिको चरमोत्कर्ष”

समाचार विश्लेषण

सुनुवार डट ओआरजि
‘तपाईले पोष्ट गरिदिनु भएन मैले त सबै साथीहरुलाई सि.सि. गरेर इमेल गरिदिएँ ।’ – एकजना ओआरजि मित्रको भनाइ हो यो । लागे छ उनलाई सञ्चारमाध्यम कसैको पेवा हुन्छ । सञ्चारमाध्यम सबैको साझा हो, कसैलाई दुईमत नहोला । तर सबैको हुँदाहुँदै पनि प्रत्येक सञ्चारमाध्यमको हाउस स्टाइल (गृहशैली) फरकफरक हुन्छ भन्ने कुरा ती मित्रलाई थाहा  हुनुपर्ने ।
‘समाचार लेख्नु त लेख्नु अति नगर्नु । तपाईँहरु पत्रकारिता गर्नुस् म मान्छु । तर पित पत्रकारिता नगर्नुहोस् ।’ –दोस्रो ओआरजि मित्रको सुझाव थियो । उहाँले थप्नभयो –तपाईँहरुले यस साधारण सभाको सूचना समेत पठाइदिनु भएन । शायद ती मित्र महोदयलाई सूचना पठाउन स्पेश (ठाउँ) खरिद गर्नुपर्छ भन्ने ज्ञान भएन क्यार । उहाँलाई पित पत्रकारिता भन्ने त्यत्रो ज्ञान भएपछि सञ्चारमाध्यमको सहरा विज्ञापन हो भन्ने पनि थाहा हुनुपर्ने । जव कि सुनुवार डट ओआरजिले मङ्सिर ३० गते सुनुवार सेवा समाजको साधारणसभा हुँदैछ भन्ने समाचार सम्प्रेषण गरिसकिएको आम पाठक तथा दर्शक, वेब भिजिटरलाई ज्ञात छँदै छ । कसैको व्यक्तिगत तथा संस्थागत आधिकारिक भनाई छाप्नलाई त स्पेस (ठाउँ) किन्नुपर्छ नै । जव कि प्रथम मित्रले एक इमेल आर्टिकलमा लेखेका छन्– ‘सुनुवार डटओरजीमा केही व्यक्तिहरुको अनाधिकृत रुपमा पोष्ट गरिएका अभिव्यक्तिहरुले पनि सुनुवार जातिको एकता र सद्भावमा भ्रम र अविश्वास पैदा गरिदिएको देखिन्छ ।’ यसैले आधिकारीक सूचना विज्ञापन प्रकाशन गर्न हाम्रा मार्केटिङ एक्जिकुटिभ वा विज्ञापन एजेन्सीमार्पmत आउनुपर्छ भन्ने कुरा पनि थाहा हुनुपर्ने हो । जब कि त्यही विज्ञापन एक सञ्चारगृहमा लिएर जाँदा एजेन्सीमार्पmत आउनुहोस् भन्ने जवाफ पाएर फर्किएको ती दोस्रो मित्रले स्वीकार गरिसक्नुभएको कुरा हो । जहाँसम्म ‘अनाधिकृत रुपमा पोष्ट गरिएका अभिव्यक्तिहरु…’ भन्ने वाक्य छ त्यस सम्बन्धमा जेजति वेबसाइडको होमपेजमा पोष्ट भएका लेख, समाचार र अन्य सामग्रीहरु छन् ती सबै सामग्रीहरु हामी आपैंmले पोष्ट गरेका सामाग्रीहरु हुन् । सुनुवार डट ओआरजिमा अन्य कुनै पनि व्यक्तिले अनाधिकृत रुपमा पोष्ट गरेको छैन । तर कमेन्ट सेक्सनका पोष्टहरुलाई भनिएको हो भने त्यस्ता पोष्टहरु अभिव्यक्ति स्वतन्त्रताको लागि सबैलाई खुला गरिएको हुँदा सबैले कुनै पनि समाचार वा लेखमा प्रतिक्रिया जनाउन सक्ने भएको हुँदा एप्रुभ (स्वीकार) गरेका छौं । जसको विषयमा जोसुकैले प्रतिक्रिया दिन सकिने छ । यदि आधिकारीक अभिव्यक्ति भन्न खोजिएको हो भने हाम्रा समाचार स्रोतप्रति हामी विश्वस्त छौं । आधिकारिक अभिव्यक्ति होइन भन्ने लाग्छ भने तत्काल सप्रमाण खण्डन गर्न जोसुकैले सक्नुहुने छ । यसैले अनाधिकृत पोष्ट वा आधिकारीक अभिव्यक्ति भन्ने शब्दजाल ओच्छाइरहनुपर्ने छ जस्तो हामीलाई लाग्दैन ।
‘सुनुवार डट ओआरजिलाई कारवाही गर्नुपर्छ । यसले सुनुवारबीच फाटो ल्यायो ।’ सुनुवार सेवा समाजको सम्मेलनमा विगतका दुईवर्षदेखि यसपाली पनि साधारण सभामा कुरा उठ्यो सुनुवार सेवा समाजमा । त्यसो हो भने सुनुवार डट ओआरजिले के त्यस्तो काम ग¥यो त सुनुवारहरुबीच ? कसैले प्रमाण पेश गर्न भने सकेका छैनन् ।
यी तीन घटना कुनै पनि गम्भीर हुनुपर्ने र आपत्ती मान्नुपर्ने कुरा होइनन् । तर वहसका कुरा भने पक्का हुन् । कसैले भएको सूचना लुकाएर लुकाउँछु भन्ने नठाने हुन्छ । हो, वहस र तर्क जसले जसरी गर्छ जो कुरा गर्न सक्छ वा कुरौटे छ वा लाज पचाएर पनि आफ्नो कुरालाई लेँडे तर्क गरेर माथि पार्न चाहन्छ त्यस्ताहरुलाई सूचना ढाकछोप गर्न सक्छु भन्ने लाग्नु स्वभाविक हो ।
‘ल साह्रै राम्रो गर्नुभएको छ सुनुवार डटओआरजि सञ्चालन गरेर । संचालकले सुनुवारहरुलाई एउटा उदाहरणिय प्लेटफर्म दिएका छन् र उनी धन्यवादका पात्र पनि हुन् ।’ मौखिक मात्र हैन लिखित अभिव्यक्ति नै दिएका छन् ति प्रथम मित्र महोदयले । तर फेरि भन्नुहुन्छ– ‘सुनुवार डटओरजीले सुनुवार जातिको एकता र सद्भावमा भ्रम र अविश्वास पैदा गरिदिएको देखिन्छ ।’
यो विरोधाभास अभिव्यक्तिले वास्तवमै कतिपय हाम्रा पाठक, दर्शक, स्रोता तथा भिजिटरलाई भ्रम पैदा भएको छ भने अहिले नै स्पष्ट अनुरोध छ कि अभिव्यक्ति दिनु सबैको स्वतन्त्रताको कुरा हो । सबैलाई आफ्नो विचार पोख्ने अधिकार छ तर हामीलाई विश्वास छ, ती त्यस्ता अभिव्यक्तिहरु के कति सत्य हुन् भन्ने कुरा पाठक, लेखक, भिजिटर, दर्शक, स्रोता तथा ओआरजिका मित्र, शुभचिन्तकहरुले विश्लेषण गरेर बुझ्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *