All about Sunuwar

News

now browsing by category

 

काेइँच भाषा लगायत विश्वका सात जना आदिवासी कविहरुकाे कविता वाचन हुँदै।

-काेइँचबु काःतिच (उत्तम)
आदिवासी भाषाकाे दिगाे विकास दाेश्राे अन्तराष्ट्रिय प्राज्ञिक मञ्च कार्यक्रममा यस वर्षकाे आदिवासी भाषाहरुमा साहित्य गतिविधिहरु विषयक अन्तराष्ट्रिय अन्तरक्रियात्मक कार्यक्रम भाेलि विहान काेरियामा हुँदै छ । याे कार्यक्रम युट्युबबाट लाइभ स्ट्रिमिङ हुँदै छ । काेरियाका जेजु र हङग्येओङ भाषाका साथै नेपाल लगायत विश्वका पाँच आदिवासी कविहरुकाे कविता कविसँग सम्बन्धित आदिवासी समुदायका १० आदिवासी श्रष्ट्राहरुले कविता वाचन गर्नेछन् । नेपालबाट आदिवासी काेइँचकाे कवि शाेभा सुनुवारले कार्यक्रममा काेइँच साहित्यकाे गतिविधिका वारेमा १० मिनेट बाेल्नुहुने छ । मेक्सिकाेबाट कवि अलेजान्द्र ससिल सान्चेज चानले मायातान भाषा, गाेटेमालाबाट कवि मिगुएल एन्जेल ओक्सलाजले माया काक्चिकेल भाषा, नाइजेरियाबाट निएरी वाङारिँले गिँकुँयुँ भाषा र केन्याबाट काेला टुबाेसुनले याेरुबा भाषाकाे साहित्यिक गतिविधिवारे बाेल्नु हुने छ । काेरियाकै दुइ आदिवासी भाषा जेजु र हङग्येओङका वारेमा भने कवि काङ डुक ह्वान र साेङ सि येओनले बाेल्नु हुने छ । विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र समेत प्रस्तुत रहने छ । याे कार्यक्रम संयुक्त राष्ट्र संघले घाेषणा गरेकाे विश्व आदिवासी भाषा दशकलाइ सहयाेगी हुने गरी प्रारम्भ भएकाे छ ।

कार्यक्रमकाे युट्युब लाइभ स्ट्रिमिङ लिंक
Day 1: https://youtu.be/8Qe1ww0jlvk (November 25 / 10:00 KST)
Day 2: https://youtu.be/1R4S7RIiZTA (November 26 / 11:00 KST)

कविहरुः
알레한드라 사실 산체스 찬 (시인)
Alejandra Sasil Sánchez Chan (Poet)
마야딴어(Maayat’aan)로 문학하기
Indigenous Literature Activities #1. Maayat’aan
미겔 안헬 옥슬라흐 쿠메스 (시인)
Miguel Angel Oxlaj Cúmez (Poet)
마야 카치켈어(Maya Kaqchikel)로 문학하기
Indigenous Literature Activities #2. Maya Kaqchikel
발표 3 쇼바 수누와르 (시인)
Shobha Sunuwar (Poet)
수누와르어(Sunuwar)로 문학하기
Indigenous Literature Activities #3. Sunuwar
응제리 왕가리 (시인)
Njeri Wangarĩ (Poet)
기쿠유어(Gĩkũyũ)로 문학하기
Indigenous Literature Activities #4. Gĩkũyũ
콜라 투보순 (시인)
Kọ́lá Túbọ̀sún (Poet)
요루바어(Yorùbá)로 문학하기
Indigenous Literature Activities #5. Yorùbá
강덕환 (시인)
Kang Duk Hwan (Poet)
제주어로 문학하기 – 우화 외 9편
Indigenous Literature Activities #6. Jeju language
송시연 (시인)
Song Si Yeon (Poet)
함경도어로 문학하기 – 마선 외 9편
Indigenous Literature Activities #7. Hamgyeong language

मुन्दुम ट्रेलकाे गन्तव्यद्वारकाे साल्पा स्तम्भ उद्घाटन

-रमेश राइ ।
मुन्दुम ट्रेल को प्रवर्धनमा निरन्तर लागि पर्नु हुने नेपालको 77 जिल्ला साइकल मार्फत् भ्रमण गरिसक्नु भएको तेज प्रसाद पराजुली ( एभरेष्ट बाबु) ले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेल गाउँदेखि ट्रेकिङ र साइकल मार्फत् हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गर्दै सिलिचुङ टपसम्म साइकल पुर्याएर मुन्दुम ट्रेल लाई प्रवर्द्धन गर्न सफलता प्राप्त गर्नुभएकाे भलिपल्ट अर्थातर 2078 मंसिर ३ गते मुन्दुम ट्रेलको मुख्य गन्तब्य साल्पा पोखरी नजिक साल्पासिलिछो गाउँपालिका द्वारा स्वीकृत DPR गुरुयोजना मुताबिक साल्पा कल्याणकारी कोषको लगानीमा ” साल्पा स्तम्भ” विधिवत् रूपमा साल्पा विकाश बैंकको अध्यक्ष टंक राई ज्यूबाट उत्घाटन सम्पन्न भयो।
उक्त कार्यको प्रराम्भीक चरणदेखि निर्माण चरणको अन्तिमसम्म मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको अध्यक्ष रमेश राईबाट सम्पूर्ण संयोजन गर्नुभएको थियो। साथै उत्घाटन समारोहको कार्यक्रम उहाँले सञ्चालन गर्नुभएको थियो। साल्पा स्तम्भको डिजाइन तथा स्थलगत निर्माणमा प्राज्ञ नारदमनी हार्तम्छाली ज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व निर्माण समितिका अध्यक्ष मछिन्द्र राई ज्यूले गर्नुभएको थियो भने कार्यक्रमलाई साल्पासिलिछो गाउँपालिका वडा नं ५ का अध्यक्ष शिवकुमार राई ज्यूले साल्पा सिलिचुङ प्रवर्द्धन तथा विकाश समितिका अध्यक्ष श्रीकुमार राई ज्यूले सम्बोधन गर्नुभएको थियो।
तस्वीर : रमेश राइ ।

स्मृति चौतारोमा पनि युवायुवातिकाे आकर्षण

सोम सुनुवार, इलाम।
अचेल धेरै युवा युवतिको रोजाईमा पर्ने गरेको छ यो बिश्राम स्थल । बसेर गफ गर्न, सेल्फी खिच्न, चियाबारी र प्राबिधिक शिक्षालयको पृष्ठभूमीसहित निस्किने गरी तश्बीर खिच्न ।
स्थानीय त आउने नै भए। मेचीमार्ग भएर यात्रा गर्ने उत्साही र थकित यात्रुसमेत फराकिलो रमिते गोलाईमा बाइक/गाडी उभ्याएर उक्लिन्छन् सजिलो र आकर्षक सेल्फी चौतारोमा। इलाम नगरपालीका-१, साखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटदेखि केही तल छ यो चौतारो।
स्वर्गीय जतनमाया लुहुन राईको स्मृतिमा श्रीमान-गिरीबहादुर राई, छोराहरु-रमेश, प्रकाश, दिनेश, सन्तोष र बुहारीहरुले सो चौतारीको निर्माण गर्दिनु भएको हो। जतनमायाले बिस २०७७ साल साउन २२ गते यस धरतीबाट सदाका लागि छुट्टी लिनु भएको थियो। त्यहाँ चौतारो बनाई छ महिनापछि अर्थात २०७७ सालको माघ २२ गते शुक्रबारको दिन उदघाटन गरिएको हो।
“बिश्राम स्थल” नाम दिइएको सो सेल्फी चौतारोको उद्घाटन स्वर्गीय राईको मृत आत्माको शान्तिको कामना गर्दै गरिएको थियो। उहिले ढुङ्गे चौतारो बनाइथ्यो। काठको फलैचा थापिन्थ्यो। पैदल यात्रु र भरीयाका लागि खुब राहत मिल्थ्यो। तर पछिल्लो दुई/तीन दशकयता भने त्यस्ता चौतारा-फलैचाको महत्व उति रहेन।
यस्तो अवश्थामा पिल्लर, स्ल्याभमाथि ट्रष्ट, रेल्लिङ्ग अनि ओतकालागि छानोसमेत हालेर बनाइएको शुलभ चौतारी साच्चिकै आतर्षणाको केन्द्र बनेको छ। मेची मार्गको छेवैमा अवस्थित सो स्मृति चौतारीमा तपाईं पनि एकछिन निस्किने हो कि?
तश्बीर : लेखक आफैं

पहिलाे युद्ध साहित्य पुरस्कार पाउनुहुने केदार संकेतलाइ

यात्रा स्पर्शका अभियान्ता केदार संकेत सुनुवारकाे अफगानी रणमैदानले यस वर्षकाे युद्ध साहित्य पुरस्कार २०७८ प्रदान गरिने भएकाे छ । प्रत्येक दुइ वर्षमा वितरण गरिने गरी स्थापित युद्ध साहित्य पुरस्कार काेषकाे ५० हजार राशीकाे पहिलाे पुरस्कार अफगानी रणमैदान उपन्यासलाइ २०२२ मा एक भव्य समाराेह आयाेजना गरी प्रदान गरिने छ ।
संकेतकाे सैनिक पेशामा आबद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरु अफगानी रणमैदानमा समेटिएकाे छन् । उहाँका ‘आफै जलेको देश’ र ‘संकेतका कविताहरू’ (कवितासंग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), पैयुँका फूलहरू (हाइकु संग्रह), ‘अफिम फुल्ने देशमा’ (खण्डकाव्य), ‘ताँ गो तेकेरे नुङ’ (कोइँच–सुनुवार मातृभाषाको कवितासंग्रह) र ‘बुद्धल्यान्ड टु स्विजरल्यान्ड’ (नियात्रा) प्रकाशित छन् ।

खुशलक्ष्मी सुनुवार स्मृति पुरस्कार वितरण ।

दोलखा फाचेका खुशवहादुर सुनुवार र उहाँको जीवनसंगीनी लक्ष्मी सुनुवारको नाममा उहाँको परविारबाट स्थापति सामाजसेवी पुरस्कार यस वर्ष सुनुवार सेवा समाजका छैठौं अध्यक्ष मानबहादुर सुनुवारलाइ प्रदान गरएिको छ । पुरस्कार राशी ३१ हजारको रहेको छ । यो पुरस्कार सुनुवार सेवा समाजले प्रत्येक वर्ष कार्तकि दुइ गते प्रदान गरिँदै आइएको छ ।

काेइँच चुप्लुकर्मी शाेभा सुनुवार कविता वाचनकाे लागि छनाैट ।

यस वर्षकाे UNESCO, काेरियाद्वारा सिओलमा आयोजना हुने 2nd International Academic Forum (Sustainable Development of Indigenous Languages) मा Literature Activities in Indigenous Languages विषयक सम्मेलनमा सहभागी भई आदिवासी भाषाकाे कविता वाचनका लागि नेपालबाट आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, काेइँच राज्य समितिका संयाेजक सुनुवार सेवा समाज स‌ंघीय समितिका काेषाध्यक्ष काेइँच चुप्लुकर्मी प्रथम काेइँच भाषी महिला कवि शाेभा सुनुवार ज्यू छनाैट हुनुभएकाेमा हार्दिक बधाई छ !

नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न आदिवासी भाषाका कविहरु मध्ये मातृभाषा लेखन र प्रकाशनकाे निरन्तरताकाे आधारमा कवि शाेभा सुनुवार अर्का एक जना वैकल्पिक कविलाइ भाषा आयाेगमा सिफारीस गरेकाे थियाे । साेही सिफारीसका आधरमा भाषा आयाेगले कविहरुकाे व्यक्तिगत विवरण र भाषासेवाकाे आधारमा कवि सुनुवारलाइ आदिवासी जनजाति आयाेगमा अन्तीम नाम सिफारीस गरेउ । आदिवासी जनजाति आयाेगले पुन कविकाे पृष्ठभुमिलाइ अध्ययन गरेपछि युनेस्काे नेपाललाइ सिवलमा हुने सम्मेलनमा कविता वाचनकाे लागि सिफारीस गरेकाे छ । युनेस्काे नेपालले युनेस्काे काेरियालाइ कवि सुनुवारकाे नामसहितकाे व्यक्तिगत विवरण पठाउने छ । कविहरुले सिवल सम्मेलनकाे लागि १० वटा कविता अङ्ग्रेजीमा अनुवाद सहित पठाउनुपर्ने छ । कविता प्रतियाेगितामा विजयी कविले युएस डलर ३००० हजार नगद पुरस्कार पाउने छ । कार्यक्रम नाेभेम्वरमा हुनेछ ।

झोलामा खोला बोकेर बसेको पिके हाइड्रोपावर विरुद्ध युवाहरु जागे

ओखलढु्रगाको खिँजीदेम्बा ४ का युवाहरु झोलामा खोला बोकेर जनताको मानवाधिकार हनन् गर्दै आएको पिके हाइड्रोपावर विरुद्ध संगठित भएका छन् । राजनीतिक पहुँचको आधारमा गाउँका जनताहरुलाई ढाँट्दै किर्ते कागजपत्र बनाएर जलविद्युत उत्पादन सर्भेक्षण भएको देखाउँदै पावर पर्चेस एग्रिमेन्ट (पिपिए) गरिसकेको लिखुखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले जनतासँग कुनै पनि छलफल गरेको देखिँदैन । न त सार्वजानिक सूचना गरेको पाइन्छ । सुरुङमाथि बस्नुपर्ने भएपनि विकासको नाममा गरिएको विभिन्न किसिमको जालसाँजीको विरुद्ध युवाहरु एक भएर जलविद्युत व्यवसाय गर्न लागेको पिके हाइड्रोपावरले शुरुमै वदमासीपूर्ण काम गरेको पाइएको युवाहरुको आक्रोश देखिएको छ । यो हाइड्रोपावरको मालिक को हो ? यसको आधिकारीक कार्यालय कहाँ छ कुनै पनि जानकारी गाउँलेहरुलाई थाहा छैन ।