All about Sunuwar

तारादेवीको सुया : सारा सम्मानित

सुनुवार डट ओआरजि
साउन ३१, २०७९ । टेकबहादुर विष्णुमाया सुनुवार स्मृति पुरस्कार २०७९ ले चित्रकार दुर्गा (सारा तुःनिच कोइँच) सम्मानित भएका छिन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष गोकुलप्रसाद घर्तीले आज सुनुवार सेवा समाजको भवन कोटेश्वरमा चित्रकार सारा तुःनिच कोइँचलाई सम्मान गर्दै तारादेवी सुनुवारको कोइँच भाषाको कविता सङ्ग्रह सुयाको विमोचन गरेका हुन् । प्रतिविम्ब, अभिरल कविता सङ्ग्रह, थुँ थेअ्नि सङ्ग्रह, सम्झनाका फुलहरु गजल सङ्ग्रह र देश मपाया कोइँच निबन्ध सङ्ग्रह लेखीसक्नुभएका तारादेवीको सुया छैठौं कविता सङ्ग्रह हो ।
सारा काेइँच महिलामा पहिलाे चित्रकार मात्रै नभएर हरेक चित्रकला प्रदर्शनीमा काेइँच जनजीवनकाे चित्रकला प्रदर्शन गर्दै आएकी एक मात्रै कलाकार हुन् । सिन्धुलीमा जन्मेर धनुषा ९ बेङ्गाडावरमा हुर्केकी साराले स्नाकाेत्तरकाे अन्तिम सेमेस्टरमा अध्ययनरत छिन र आगामी साेध पनि काेइँच परम्परागत चित्रकलामा नै गर्ने तयारी गरीरहेकी छिन । २०७५ सालदेखि जीवनमा यसैगरी काेइँच पहिचानकाे लागि याेगदान दिँदै आएका कोइँच युवाहरुलाई काम गर्न थप जाेशजाँगर भर्न र प्रोत्साहन गर्ने उद्देश्यले स्थापित टेकबहादुर विष्णुमाया सुनुवार स्मृति कोषले प्रत्येक वर्ष कोइँच यु्वाहरुलाई पुरस्कृत गर्दै आएको छ ।
प्रमुख अतिथि गोकुल प्रसाद घर्तीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिवासीहरुकै चाहनाले मात्रै विघटन हुसक्ने भएको बताउँदै कोइँच युवाहरुलाई प्रोत्साहन गर्ने सुनुवारहरुको सामूहिक प्रयासलाई प्रशंसा गर्नुभयो । कार्यक्रममा टेकबहादुर र विष्णुमाया सुनुवारहरुको आत्मको चीर शान्तिको कामना गर्दै श्रद्धा अर्पण गर्दै अमृत सुनुवार, दालकुमारी सुनुवार र रणवीर सुनुवारले श्रष्टा तारा र सम्मानीत सारालाई शुभकामना तथा वधाई ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *