All about Sunuwar

News

now browsing by category

 

मुन्दुम ट्रेलकाे गन्तव्यद्वारकाे साल्पा स्तम्भ उद्घाटन

-रमेश राइ ।
मुन्दुम ट्रेल को प्रवर्धनमा निरन्तर लागि पर्नु हुने नेपालको 77 जिल्ला साइकल मार्फत् भ्रमण गरिसक्नु भएको तेज प्रसाद पराजुली ( एभरेष्ट बाबु) ले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेल गाउँदेखि ट्रेकिङ र साइकल मार्फत् हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गर्दै सिलिचुङ टपसम्म साइकल पुर्याएर मुन्दुम ट्रेल लाई प्रवर्द्धन गर्न सफलता प्राप्त गर्नुभएकाे भलिपल्ट अर्थातर 2078 मंसिर ३ गते मुन्दुम ट्रेलको मुख्य गन्तब्य साल्पा पोखरी नजिक साल्पासिलिछो गाउँपालिका द्वारा स्वीकृत DPR गुरुयोजना मुताबिक साल्पा कल्याणकारी कोषको लगानीमा ” साल्पा स्तम्भ” विधिवत् रूपमा साल्पा विकाश बैंकको अध्यक्ष टंक राई ज्यूबाट उत्घाटन सम्पन्न भयो।
उक्त कार्यको प्रराम्भीक चरणदेखि निर्माण चरणको अन्तिमसम्म मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको अध्यक्ष रमेश राईबाट सम्पूर्ण संयोजन गर्नुभएको थियो। साथै उत्घाटन समारोहको कार्यक्रम उहाँले सञ्चालन गर्नुभएको थियो। साल्पा स्तम्भको डिजाइन तथा स्थलगत निर्माणमा प्राज्ञ नारदमनी हार्तम्छाली ज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व निर्माण समितिका अध्यक्ष मछिन्द्र राई ज्यूले गर्नुभएको थियो भने कार्यक्रमलाई साल्पासिलिछो गाउँपालिका वडा नं ५ का अध्यक्ष शिवकुमार राई ज्यूले साल्पा सिलिचुङ प्रवर्द्धन तथा विकाश समितिका अध्यक्ष श्रीकुमार राई ज्यूले सम्बोधन गर्नुभएको थियो।
तस्वीर : रमेश राइ ।

स्मृति चौतारोमा पनि युवायुवातिकाे आकर्षण

सोम सुनुवार, इलाम।
अचेल धेरै युवा युवतिको रोजाईमा पर्ने गरेको छ यो बिश्राम स्थल । बसेर गफ गर्न, सेल्फी खिच्न, चियाबारी र प्राबिधिक शिक्षालयको पृष्ठभूमीसहित निस्किने गरी तश्बीर खिच्न ।
स्थानीय त आउने नै भए। मेचीमार्ग भएर यात्रा गर्ने उत्साही र थकित यात्रुसमेत फराकिलो रमिते गोलाईमा बाइक/गाडी उभ्याएर उक्लिन्छन् सजिलो र आकर्षक सेल्फी चौतारोमा। इलाम नगरपालीका-१, साखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटदेखि केही तल छ यो चौतारो।
स्वर्गीय जतनमाया लुहुन राईको स्मृतिमा श्रीमान-गिरीबहादुर राई, छोराहरु-रमेश, प्रकाश, दिनेश, सन्तोष र बुहारीहरुले सो चौतारीको निर्माण गर्दिनु भएको हो। जतनमायाले बिस २०७७ साल साउन २२ गते यस धरतीबाट सदाका लागि छुट्टी लिनु भएको थियो। त्यहाँ चौतारो बनाई छ महिनापछि अर्थात २०७७ सालको माघ २२ गते शुक्रबारको दिन उदघाटन गरिएको हो।
“बिश्राम स्थल” नाम दिइएको सो सेल्फी चौतारोको उद्घाटन स्वर्गीय राईको मृत आत्माको शान्तिको कामना गर्दै गरिएको थियो। उहिले ढुङ्गे चौतारो बनाइथ्यो। काठको फलैचा थापिन्थ्यो। पैदल यात्रु र भरीयाका लागि खुब राहत मिल्थ्यो। तर पछिल्लो दुई/तीन दशकयता भने त्यस्ता चौतारा-फलैचाको महत्व उति रहेन।
यस्तो अवश्थामा पिल्लर, स्ल्याभमाथि ट्रष्ट, रेल्लिङ्ग अनि ओतकालागि छानोसमेत हालेर बनाइएको शुलभ चौतारी साच्चिकै आतर्षणाको केन्द्र बनेको छ। मेची मार्गको छेवैमा अवस्थित सो स्मृति चौतारीमा तपाईं पनि एकछिन निस्किने हो कि?
तश्बीर : लेखक आफैं

पहिलाे युद्ध साहित्य पुरस्कार पाउनुहुने केदार संकेतलाइ

यात्रा स्पर्शका अभियान्ता केदार संकेत सुनुवारकाे अफगानी रणमैदानले यस वर्षकाे युद्ध साहित्य पुरस्कार २०७८ प्रदान गरिने भएकाे छ । प्रत्येक दुइ वर्षमा वितरण गरिने गरी स्थापित युद्ध साहित्य पुरस्कार काेषकाे ५० हजार राशीकाे पहिलाे पुरस्कार अफगानी रणमैदान उपन्यासलाइ २०२२ मा एक भव्य समाराेह आयाेजना गरी प्रदान गरिने छ ।
संकेतकाे सैनिक पेशामा आबद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरु अफगानी रणमैदानमा समेटिएकाे छन् । उहाँका ‘आफै जलेको देश’ र ‘संकेतका कविताहरू’ (कवितासंग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), पैयुँका फूलहरू (हाइकु संग्रह), ‘अफिम फुल्ने देशमा’ (खण्डकाव्य), ‘ताँ गो तेकेरे नुङ’ (कोइँच–सुनुवार मातृभाषाको कवितासंग्रह) र ‘बुद्धल्यान्ड टु स्विजरल्यान्ड’ (नियात्रा) प्रकाशित छन् ।

खुशलक्ष्मी सुनुवार स्मृति पुरस्कार वितरण ।

दोलखा फाचेका खुशवहादुर सुनुवार र उहाँको जीवनसंगीनी लक्ष्मी सुनुवारको नाममा उहाँको परविारबाट स्थापति सामाजसेवी पुरस्कार यस वर्ष सुनुवार सेवा समाजका छैठौं अध्यक्ष मानबहादुर सुनुवारलाइ प्रदान गरएिको छ । पुरस्कार राशी ३१ हजारको रहेको छ । यो पुरस्कार सुनुवार सेवा समाजले प्रत्येक वर्ष कार्तकि दुइ गते प्रदान गरिँदै आइएको छ ।

काेइँच चुप्लुकर्मी शाेभा सुनुवार कविता वाचनकाे लागि छनाैट ।

यस वर्षकाे UNESCO, काेरियाद्वारा सिओलमा आयोजना हुने 2nd International Academic Forum (Sustainable Development of Indigenous Languages) मा Literature Activities in Indigenous Languages विषयक सम्मेलनमा सहभागी भई आदिवासी भाषाकाे कविता वाचनका लागि नेपालबाट आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, काेइँच राज्य समितिका संयाेजक सुनुवार सेवा समाज स‌ंघीय समितिका काेषाध्यक्ष काेइँच चुप्लुकर्मी प्रथम काेइँच भाषी महिला कवि शाेभा सुनुवार ज्यू छनाैट हुनुभएकाेमा हार्दिक बधाई छ !

नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न आदिवासी भाषाका कविहरु मध्ये मातृभाषा लेखन र प्रकाशनकाे निरन्तरताकाे आधारमा कवि शाेभा सुनुवार अर्का एक जना वैकल्पिक कविलाइ भाषा आयाेगमा सिफारीस गरेकाे थियाे । साेही सिफारीसका आधरमा भाषा आयाेगले कविहरुकाे व्यक्तिगत विवरण र भाषासेवाकाे आधारमा कवि सुनुवारलाइ आदिवासी जनजाति आयाेगमा अन्तीम नाम सिफारीस गरेउ । आदिवासी जनजाति आयाेगले पुन कविकाे पृष्ठभुमिलाइ अध्ययन गरेपछि युनेस्काे नेपाललाइ सिवलमा हुने सम्मेलनमा कविता वाचनकाे लागि सिफारीस गरेकाे छ । युनेस्काे नेपालले युनेस्काे काेरियालाइ कवि सुनुवारकाे नामसहितकाे व्यक्तिगत विवरण पठाउने छ । कविहरुले सिवल सम्मेलनकाे लागि १० वटा कविता अङ्ग्रेजीमा अनुवाद सहित पठाउनुपर्ने छ । कविता प्रतियाेगितामा विजयी कविले युएस डलर ३००० हजार नगद पुरस्कार पाउने छ । कार्यक्रम नाेभेम्वरमा हुनेछ ।

झोलामा खोला बोकेर बसेको पिके हाइड्रोपावर विरुद्ध युवाहरु जागे

ओखलढु्रगाको खिँजीदेम्बा ४ का युवाहरु झोलामा खोला बोकेर जनताको मानवाधिकार हनन् गर्दै आएको पिके हाइड्रोपावर विरुद्ध संगठित भएका छन् । राजनीतिक पहुँचको आधारमा गाउँका जनताहरुलाई ढाँट्दै किर्ते कागजपत्र बनाएर जलविद्युत उत्पादन सर्भेक्षण भएको देखाउँदै पावर पर्चेस एग्रिमेन्ट (पिपिए) गरिसकेको लिखुखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले जनतासँग कुनै पनि छलफल गरेको देखिँदैन । न त सार्वजानिक सूचना गरेको पाइन्छ । सुरुङमाथि बस्नुपर्ने भएपनि विकासको नाममा गरिएको विभिन्न किसिमको जालसाँजीको विरुद्ध युवाहरु एक भएर जलविद्युत व्यवसाय गर्न लागेको पिके हाइड्रोपावरले शुरुमै वदमासीपूर्ण काम गरेको पाइएको युवाहरुको आक्रोश देखिएको छ । यो हाइड्रोपावरको मालिक को हो ? यसको आधिकारीक कार्यालय कहाँ छ कुनै पनि जानकारी गाउँलेहरुलाई थाहा छैन ।

नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवस मनाए ।

गत १३ अगस्ट २०२१ शुक्रबारको दिन नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम २०२१ संस्थाका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको सभातित्वमा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बराम ज्यूको प्रमुख आतिथ्यमा जूम भर्चुअलको माध्यमबाट भब्य रुपमा मनाए ।
केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ ज्यूको विशिष्ठ आतिथ्यमा, त्यसैगरि विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष जैबी राई ज्यू, नेफिन द कोरियाका अध्यक्ष युगेन तेडुप शेर्पा ज्यू, नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ ज्यू, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई ज्यू लगायत नेफिन प्रवास संबन्धन संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, त्यसैगरी नेफिन कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिव कुमार भुजेल ज्यू, विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देबराज राई ज्यू, सल्लाहकार तथा पुर्ब अध्यक्ष सियाराम चौधरी ज्यू, संस्थापक सदस्य तथा सल्लाहकारहरु बिल बहादुर गुरुङ, सुक बहादुर तमाङ, सल्लाहकार तथा पुर्ब उपमहासचिव धिरज चाम्लिङ ज्यू, सल्लाहकारहरुमा शंखलाल तामाङ ज्यू, रस गुरुङ ज्यू, नियम भुजेल ज्यू र सामुयल सुनुवार ज्यू, त्यसैगरी अतिथिहरुमा प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रीपाठीज्यू, प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरि गैरे ज्यू, नेपाली जनसम्पर्क समितिका कावा सभापति ठाकुर परियार ज्यू, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वोज राई ज्यू, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान ज्यू, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राई ज्यू, नेपाल पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल ज्यू, मिडिया पाट्नरहरु दिप संचार मिडिया, मुग्लानी खबर त्यसैगरी नेफिन कतारमा आवद्ध जातिय (मातृ) संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु लगायत महासंघमा आवद्ध १४ वटै मातृ संस्थाहरुवाट सकृय सदस्यहरु साथै देश तथा विदेशवाट जोडिनु भएका आदिवासी जनजातिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। Read More