All about Sunuwar

News

now browsing by category

 

सुविस भक्तपुर सम्मेलन सम्पन्न

संघीय अध्यक्ष मनिषा सुनुवारज्यूको प्रमुख आतिथ्यता तथा सुनुवार सेवा समाज, भक्तपुरका अध्यक्ष श्री सावित्री सुनुवारज्यूको विशेष आतिथ्यतामा र विकास सुनुवारज्यूको संयोजकत्वमा १३ सदस्यीय सुनुवार विधार्थी समाज, जिल्ला समन्वय समिति भक्तपुरको नयाँ कार्यसमिति गठन भएको छ। नव निर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्दछौँ।
अध्यक्ष : विकास सुनुवार
उपाध्यक्ष : दिपा सुनुवार
सचिव : अर्पण सुनुवार
सह- सचिव : युकेश कुमार सुनुवार
कोषाध्यक्ष : अञ्जली सुनुवार
सदस्यहरु
– रेमन सुनुवार
– ओसिन सुनुवार
– मोना सुनुवार
– मेग माया सुनुवार
– सचना सुनुवार
– वर्षा सुनुवार
– विनिता सुनुवार
– रिदम सुनुवार 

See less
3
Like

 

Comment
Share

Comments

सुसेस संस्थापक टिकाराम मुलिचा सम्मानित

काठमाडौं । सुनुवार सेवा समाजका संस्थापक टिकाराम मुलिचा ३१ हजार नगद सहित खुश–लक्ष्मी सुनुवार स्मृति समाजसेवी पुरस्कार २०७९ बाट सम्मानित हुनुभएको छ । सोही कार्यक्रममा सुनुवार सेवा समाजका कोषाध्यक्ष शोभा सुनुवारसमेत ५ हजार नगदको प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
२०७५ मा सुनुवार सेवा समाजका संस्थापक प्रेम हाँवालीसहितको परिवारले उहाँहरुको स्व. बुबा खुशबहादुर सुनुवार र आमा लक्ष्मी सुनुवारको स्मृतिमा सुनुवार सेवा समाज अन्तर्गत खुश–लक्ष्मी सुनुवार स्मृति कोष गठन गरेर कोइँच सुनुवारहरुलाई संगठित गर्न योगदान दिनुहुने अग्रज समाजसेवीहरुलाई २०७६ सालदेखि वार्षिकरुपमा रु ३१ हजार नगदसहित फेटा बाँधेर शिर उठाउनुको साथै दोसल्ला ओडाएर सम्मानपत्र समर्पण गरिँदै आइएको छ ।
सम्मानित व्यक्तित्व टिकाराम मुलिचा २०४४ साल फागुन २९ गते सुनुवार सेवा समाज स्थापना गर्ने एक जुझारु हस्ती थिए । स्थापनाकालमा सुनुवार सेवा समाजको प्रसाशनिक कामका लागि चाहिने मसलन्दहरु उनैको कार्यालयबाट आपूर्ति हुनेगर्थे । सुनुवार शब्द उच्चारण श्वास रहेसम्म घिस्रीएर पनि जुनसुकै कार्याक्रममा पुग्ने प्रण गरीरहनुभएका उहाँले सुनुवार सेवा समाजमा हालसम्म पनि सल्लाहकारको रुपमा आवद्ध हुनुहुन्छ । उहाँ कवि पनि हुनुहुन्छ र भाषासेवी तथा टिकामुली लिपिको सर्जक समेत हुनुहुन्छ । लामो समय कृषि विकास कार्यालय दोलखा र रामेछापको प्रमुख हुनुभएका उहाँ २०६२/६३ सालको आन्दोलन ताका कृषि विकास क्षेत्रीय निर्देशनालयको निमित्त महानिर्देशक समेत भएर काम गर्नुभएको थियो । शोभा सुनुवार कोइँच समुदायको पहिलो महिला कवि हुनुहुन्छ ।

सुसेस भक्तपुरकाे एकदिवसीय नेतृत्व तथा ब्यक्तित्व बिकास सम्बन्धि कार्यक्रम सम्पन्न

सुनुवार सेवा समाज भक्तपुर जिल्ला समन्वय समितिको प्रथम बैठकको निर्णयय बमोजिम आज आश्विन ८ गते शनिबार तीन नगर समिति चाँगु सुर्यविनायक र मध्येपुर थिमीका सदस्य तथा पदाधिकारी सहितको सहभागितामा एकदिवसीय नेतृत्व तथा ब्यक्तित्व बिकास सम्बन्धि कार्यक्रम सम्पन्न भएकाे छ ।
सुनुवार सेवा समाज संघिय समितिका सचिव उत्तमकुमार सुनुवार, कोषाध्यक्ष तथा सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवार ज्युले मानव अधिकार, आदिवासी अधिकार, महिला अधिकार, मधेसी , पिछडिएका वर्ग, दलित, बिकलाङ्ग(अपांग ) स्थानीय सरकार र आदिबासी सम्बन्धि अधिकार र राजनीतिक क्षेत्रमा सुनुवार वर्तमान अबस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो।साथै सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपाल सुनुवार ज्युको पनि सहभागी रहेको थियोे ।

 

सुसेस भक्तपुरमा एकै पटक सम्मेलन सम्पन्न ।

सावित्री सुनुवारको अध्यक्षतामा ११ सदस्यीय सुसेस भक्तपुर जिल्ला समन्वय समिति निर्वाचित भएको छ । उपाध्यक्षमा डम्बर बहादुर सुनुवार, सचिवमा लेख बहादुर सुनुवार, सहसचिवमा ललित सुनुवार, कोषाध्यक्षमा मदन सुनुवार र सदस्यहरु रुद्र सुनुवार उमादेवी सुनुवार गीता सुनुवार सुनिता सुनुवार रुपक सुनुवार चयन भएका छन् । त्यसैगरी तोरण सुनुवारको अध्यक्षतामा चाँगुनारायण नगर समितिको नयाँ कार्य समिति निर्वाचित भएको छ भने भुवान सुनुवारको अध्यक्षतामा सात सदस्यीय सूर्यविनायक नगर समिति निर्वाचित भएको छ । मध्यपुर थिमि सुनुवार सेवा समाजले भने साधारण सभा मार्पmत नन्दकुमारी सुनुवार र किरण सुनुवारलाई संघीय प्रतिनिधि चयन गरेको छ ।

क्युइँत कु कल्याण कोषको छैठौं सम्मेलन सम्पन्न

क्युइँत बु कल्याण कोषको छैठौं सम्मेलन सुनुवार सेवा समाज कोटेश्वरमा सम्पन्न भएको छ । उक्त सम्मेलनले बालकुमार सुनुवारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको समेत चयन गरेको छ । प्रथम उपाध्यक्ष सीता सुनुवार, द्वितीय उपाध्यक्ष वेदबहादुर सुनुवार, महासचिव सरिता सुनुवार लगायत सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ओखलढुङ्गा जिल्लामा दर्ता भएको क्युइँतबु कल्याण कोषको केन्द्रीय कार्यालय भने रगनीमा रहेको छ । रगन क्युइँःतिचहरुको पुख्र्यौली थलो हो । जत्न पुइली हो भने रगन पोइँबग्याँमि मुइँग्यो याब्ले हो ।

तारादेवीको सुया : सारा सम्मानित

सुनुवार डट ओआरजि
साउन ३१, २०७९ । टेकबहादुर विष्णुमाया सुनुवार स्मृति पुरस्कार २०७९ ले चित्रकार दुर्गा (सारा तुःनिच कोइँच) सम्मानित भएका छिन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष गोकुलप्रसाद घर्तीले आज सुनुवार सेवा समाजको भवन कोटेश्वरमा चित्रकार सारा तुःनिच कोइँचलाई सम्मान गर्दै तारादेवी सुनुवारको कोइँच भाषाको कविता सङ्ग्रह सुयाको विमोचन गरेका हुन् । प्रतिविम्ब, अभिरल कविता सङ्ग्रह, थुँ थेअ्नि सङ्ग्रह, सम्झनाका फुलहरु गजल सङ्ग्रह र देश मपाया कोइँच निबन्ध सङ्ग्रह लेखीसक्नुभएका तारादेवीको सुया छैठौं कविता सङ्ग्रह हो ।
सारा काेइँच महिलामा पहिलाे चित्रकार मात्रै नभएर हरेक चित्रकला प्रदर्शनीमा काेइँच जनजीवनकाे चित्रकला प्रदर्शन गर्दै आएकी एक मात्रै कलाकार हुन् । सिन्धुलीमा जन्मेर धनुषा ९ बेङ्गाडावरमा हुर्केकी साराले स्नाकाेत्तरकाे अन्तिम सेमेस्टरमा अध्ययनरत छिन र आगामी साेध पनि काेइँच परम्परागत चित्रकलामा नै गर्ने तयारी गरीरहेकी छिन । २०७५ सालदेखि जीवनमा यसैगरी काेइँच पहिचानकाे लागि याेगदान दिँदै आएका कोइँच युवाहरुलाई काम गर्न थप जाेशजाँगर भर्न र प्रोत्साहन गर्ने उद्देश्यले स्थापित टेकबहादुर विष्णुमाया सुनुवार स्मृति कोषले प्रत्येक वर्ष कोइँच यु्वाहरुलाई पुरस्कृत गर्दै आएको छ ।
प्रमुख अतिथि गोकुल प्रसाद घर्तीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिवासीहरुकै चाहनाले मात्रै विघटन हुसक्ने भएको बताउँदै कोइँच युवाहरुलाई प्रोत्साहन गर्ने सुनुवारहरुको सामूहिक प्रयासलाई प्रशंसा गर्नुभयो । कार्यक्रममा टेकबहादुर र विष्णुमाया सुनुवारहरुको आत्मको चीर शान्तिको कामना गर्दै श्रद्धा अर्पण गर्दै अमृत सुनुवार, दालकुमारी सुनुवार र रणवीर सुनुवारले श्रष्टा तारा र सम्मानीत सारालाई शुभकामना तथा वधाई ज्ञापन गर्नुभयो ।

सुनुवार विद्यार्थीको सातौँ राष्ट्रिय महाधिवेशन घाेषणा

काठमाडौं । सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ । छैठौँ समितिको तीन वर्षे कार्यकाल सकिएकाले नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो ।
विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ । आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेर महाधिवेशन तयारी तिब्र रुपमा थालेको संयोजक सुनुवारले बताउनुभयो ।
संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको छ। समाजले सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भएको छ । समितिले छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ ।
संयोजक सुनुवारले समाजको प्रदेश १ का सुनसरी, पाँचथर, झापा, इलाम र ओखलढुङ्गा जिल्लामा जिल्ला समन्वय समिति रहेको र बागमति प्रदेशको उपत्यकाको तीन जिल्ला लगायत रामेछाप, दोलखा, सिन्धुली जिल्लामा जिल्ला समन्वय समिति रहेको र ति सबै जिल्लाका करिब दुई सय प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन कार्यक्रम सम्पन्न हुने बताउनु भयो ।
सुनुवारले महाधिवेशनको मिति तय भइसकेको र छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आयोजक समिति र जिल्ला समन्वय समितिहरूलाई तिब्र रुपमा महाधिवेशनको तयारी गर्न आह्वान गर्नु भएको छ। विद्यार्थीको महाधिवेशन सम्पन्न गर्न सुनुवार विद्यार्थीहरू लगायत सुनुवार सेवा समाज, व्यवसायी, बुद्धिजिवी, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई सहयोग, सल्लाह र सुझाब दिन समेत अनुरोध गर्नु भएको छ ।
महाधिवेशनको अवसरमा मुखपत्र चेतना प्रकाशन हुने भएकाले व्यवसायिक विज्ञापन, शुभकामना र लेख, रचना समेत यथासिघ्र उपलब्ध गराउन अनुरोध गर्नु भएको छ।