All about Sunuwar

सुनुवार विद्यार्थीको सातौँ राष्ट्रिय महाधिवेशन घाेषणा

काठमाडौं । सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ । छैठौँ समितिको तीन वर्षे कार्यकाल सकिएकाले नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो ।
विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ । आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेर महाधिवेशन तयारी तिब्र रुपमा थालेको संयोजक सुनुवारले बताउनुभयो ।
संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको छ। समाजले सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भएको छ । समितिले छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ ।
संयोजक सुनुवारले समाजको प्रदेश १ का सुनसरी, पाँचथर, झापा, इलाम र ओखलढुङ्गा जिल्लामा जिल्ला समन्वय समिति रहेको र बागमति प्रदेशको उपत्यकाको तीन जिल्ला लगायत रामेछाप, दोलखा, सिन्धुली जिल्लामा जिल्ला समन्वय समिति रहेको र ति सबै जिल्लाका करिब दुई सय प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन कार्यक्रम सम्पन्न हुने बताउनु भयो ।
सुनुवारले महाधिवेशनको मिति तय भइसकेको र छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आयोजक समिति र जिल्ला समन्वय समितिहरूलाई तिब्र रुपमा महाधिवेशनको तयारी गर्न आह्वान गर्नु भएको छ। विद्यार्थीको महाधिवेशन सम्पन्न गर्न सुनुवार विद्यार्थीहरू लगायत सुनुवार सेवा समाज, व्यवसायी, बुद्धिजिवी, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई सहयोग, सल्लाह र सुझाब दिन समेत अनुरोध गर्नु भएको छ ।
महाधिवेशनको अवसरमा मुखपत्र चेतना प्रकाशन हुने भएकाले व्यवसायिक विज्ञापन, शुभकामना र लेख, रचना समेत यथासिघ्र उपलब्ध गराउन अनुरोध गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *