News
now browsing by category
गाउलेहरुलाई अधिकारका कुरा सिकाउन पाउदा दङ्ग छन् पृथसिंह
सोम सुनुवार
इलाम, चैत १०/आफूले सिकेका कुरा गाउंघरमा गई अरुलाई सिकाउन पाउदा पुवामझुवा–३ का पृथसिंह सुनुवार दङ्ग परेका छन् । गाविस कार्यालयको सहयोगमा स्थानीय मानव अधिकार तथा मेलमिलाप समितिले आयोजना गरेको मानव अधिकार मेलमिलाप जानकारी तथा सचेतना कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेपछि उनले आफू निकै उत्साहितसमेत भएको बताएका छन् ।
सुनुवारले मानव अधिकार मञ्च नेपाल इलामले २०६८/६९ मा बर्ष दिनभरि बिभिन्न चरणमा सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण (टिओटी) तालिममा प्राप्त ज्ञान, शिपलाई आफ्नै गाउलेहरुबिच वाडेका हुन् । त्यसो त उनी एक्लैले सबै तालिम सम्पन्न गरेका भने होइनन् । साथमा थिए मानव अधिकार मञ्च नेपाल, इलामका गायत्रा रेग्मी र पुवामझुवा गाविस कार्यालयकी सामाजिक परिचालक शान्ति गुरुङ पनि ।
गाविस कार्यालयको ३३ हजार रुपैंयाको आर्थिक सहयोगमा समितिले बिभिन्न चार स्थानमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाविसका ८७ महिलासहित एकसय ४५ जनाले भाग लिएका थिए । पुवामझुवाको वडानम्बर–१ स्थित लक्ष्मी दुग्ध सहकारी संस्थामा सञ्चालित कार्यक्रममा ४२ जनाको सहभागिता थियो । वडानम्बर–४ स्थित शिद्धार्थ प्राविमा भएको तालिममा ३८ ले भाग लिएका थिए । त्यस्तै पुवामझुवा–५ को वालमिकी निमाविको कार्यक्रममा ३६ जनाको सहभागिता थियो भने वडा नम्बर–८ को बाघखोर स्थित जनहित दुग्ध सहकारी भवनमा भएको कार्यक्रममा २९ जनाले भाग लिएका समितिले जनाएको छ ।
मानव अधिकार र अधिकारभित्र के कस्ता कुराहरु पर्छन्, न्यायिक र अर्धन्यायिक मुद्धा के के हुन्, स्थानीय स्तरमा कस्ता मुद्धा मात्रै जिम्मा लिएर मिलाउन सकिन्छ आदि जस्ता बिषयको जानकारी दिलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको समिति अध्यक्षसमेत रहेका सुनुवारले जानकारी दिए ।
सुनुवार समाज हङकङद्वारा सहयोग प्रदान
सुनुवार डट ओआरजी समाचारदाता ।
काठमाडौ, चैत्र ९- सुनुवार समाज हङकङद्वारा स्व. गोपाल सुनुवारका छोरी रुबी सुनुवारलाई समाजको सहयोग कोषबाट सहयोग दिने प्रावधान अनुसार रु ५३,००० प्रदान गरिएको छ । उक्त अवसरमा सुनुवार समाज हङकङका निवर्तमान अध्यक्ष नरेश सुनुवारले हङकङका सुनुवारहरुको बारेमा प्रस्टाउदै समाजको उपलब्धीबारे जानकारी गराउनुका साथै उक्त रकम सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार मार्फत हस्तान्तरण गरियो ।
हार्दिक समावेदना
हाम्रा परममित्र तथा नेपाली काँग्रेस ओखलढुंगा जिल्ला सभापति प्रदिपकुमार सुनुवारको पूजनीय बुबा पूव प्रधानपञ्च तथा जिल्ला विकास समिति सदस्य सन्तबहादुर सुनुवारको आज विहान उपचारको क्रममा ओम अस्पताल, चावहिलमा असमायिक स्वर्गारोहण हुनु भएको हुँदा उहाँको आत्मले बुइश-शि लाँ प्राप्त गरोस् भनी इँगिहोपोसँग पर््रार्थना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त सम्पर्ूण्ा आफन्त तथा परिवारजनलाई परमप्रभू देयिलिकि, शाँदार देयि, इँगिहोपो, याब्लेगुब्लेले सहनशक्ति प्रदान गरुन् भन्ने कामनासहित हार्दिक समावेदना प्रकट गर्दछौं ।
-सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु समाज, क्युइँतबु कल्याण कोष परिवार ।
कोइँच मातृभाषाको पठनपाठनको लागि वहस पैरवी शुरु हुने
सुनुवार डट ओआरजि समाचारदाता ।
३ चैत्र, यालाखोम । प्रत्येक कोइँच गाउँमा कोइँच (सुनुवार) मातृभाषाको पठनपाठन गराउन सुनुवार सेवा समाज केन्द्रीय समितिले सबै गाउँ, जिल्ला समितिलाई निर्देशन गरेको छ । कोइँच भाषामा पाँच कक्षासम्म विद्यालय पाठ्यपुस्तक निर्माण गरेको सात वर्ष कटे पनि अहिलेसम्ममा पठनपाठन हुन सकेको छैन । तर कोइँच पाठ्यपुस्तक पढाउनका लागि रामेछाप, ओखलढुङ्गा, इलामा, पाँचथरमा शिक्षक प्रशिक्षण भने सम्पन्न भइसकेको छ । यसर्थ सरकारले आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने अधिकर सुनिस्चित गरे पनि कोइँचहरु आँपै+m कोइँच भाषामा पठनपाठन गर्न हच्किएको हुँदा गाउँ गाउँबाट मातृभाषामा शिक्षाको लागि जागरण ल्याउन सुनुवार सेवा समाजले मातहतको स्थानिय समितिलाई निर्देशन गरेको छ ।
मातृभाषा पठनपाठन गर्नको लागि विद्यालय व्यवस्थापन समितिले शैक्षिक सत्रको अन्तिममा आगामि वर्षो लागि बजेट तयार गरी जिल्ला शिक्षा कार्यालयमा पेश गर्ने बैठकमा निर्णय गर्नु पर्ने हुन्छ । अहिले प्रत्येक विद्यालयमा अन्तिम विद्यालय व्यवस्थापन समितिको बजेट पारित वैठक बसीरहेको हुँदा कोइँच मातृभाषा पठनपाठनको लागि वहस पैरबी गर्न समाजले निर्देशन दिएको समाजका उपाध्यक्ष रणवीर सुनुवारले बताउनु भयो ।
पाँचथर र झापाका कोइँचहरु जागे
-कोइँचबु काःतिच
पाँचथरका कोइँच (सुनुवार) हरु फिदीमको नाम्दुखोलामा जम्मा भएर कोइँचको मानव अधिकार संरक्षणको लागि जुटेका छन् । सुनुवार सेवा समाज केन्द्रीय सदस्य, संस्कृति तथा अनुसन्धान विभाग प्रमुख अमृत सुनुवारको प्रमुख आतिथ्यतामा सुनुवार सेवा समाज, पाँचथर जिल्ला समितिको आज सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले फिदीमका शान्तबहादुर सुनुवारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ । उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रामबहादुर सुनुवार (जयकृष्ण)-ओलने, हरिकृष्ण सुनुवार-रानीटार, गोपाल सुनुवार-फिदीम, रत्नबहादुर सुनुवार-रबी, कमला सुनुवार-आरुबोटे, कुमारी सुनुवार-आरुबोटे, असिम सुनुवार-नागी, उदय सुनुवार-इम्बुङ, जंगबहादुर सुनुवार-सिवा, तारावती सुनुवार-फिदीम रहेका छन् । जिल्ला सम्मेलनका अध्यक्षता शेरबहादुर सुनुवारले गर्नुभएको थियो ।
झापा जिल्लाका कोइँचहरुले पनि आज जिल्ला सम्मेलन सम्पन्न गरेका छन् । सुनुवार सेवा समाज इलाम जिल्ला अध्यक्ष -नेपाल आदिवासी जनजाति महासंघ इलाम जिल्ला समन्वय परिषदका पूव अध्यक्ष) किरण सुनुवारले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको छ । (आदरणीय पाठक वर्ग, कार्य समितिको नामवली प्राप्त हुने वितिक्कै प्रेसित गर्ने छ ।)
किवी कृषक आर्थिक संकटमा
सोम सुनुवार, इलाम, चैत १ । इलाम जिल्लाकै सबैभन्दा धेरै किवी खेती शुरु गरेका एक किसान अहिले आर्थिक संकटमा परेका छन् । किवीले आम्दानी दिन शुरु गरी नहालेको अवस्थामा जिल्लाको पश्चिमी गाविस–लुम्देका ४२ बर्षिय जङ्गबहादुर सुनुवारलाई आर्थिक संकट परेको हो ।
‘दुरगम भनेर सदरमुकाम केन्द्रीत बैंकहरुले लोन दिन मानेन्, गाउा घरमा सयकडा पााच व्याजदरले रिन काडेर किवी लगाएं । अहिले मलाई रिन तिर्न र अरु काम गर्न समस्या भएको छ । सबै किवीले उत्पादन दिने समय पनि भएको छैन ।’ सुनुवारले भने–‘किवीलाई माच हाल्न पिलर उठाउन, पोल राख्न र अरु व्यवस्थापन गर्नकालागि मलाई अहिले गाह्रो परेको छ ।’
उनले २०६७ सालदेखि थालेको किवी खेती अहिले ५० रोपनी क्षेत्रफलमा बिस्तार गरिसकेका छन् । अहिले उनको बारीमा पााचसय बढी किवी हुर्किरहेका छन् । यसपालि पनि उनले कलमी बिरुवा ५० थान थप लगाएको वताए । किवी खेतीमा उनी यति लागिपरेका छन् की, गाउंलेहरु भन्छन्–‘जङ्गबहादुर किवी खेतीमा लागेर बिहेसमेत गर्न भ्याएका छैनन् ।’
त्यसो त सुनुवारका किवीले उत्पादन दिन थालेको छ । गएको सिजनमा दुइसय किलो किवी उत्पादन गरेका सुनुवारले झापाको दमकतिर साडे तीनसय रुपैंया प्रति किलोका दरले बिक्री गरेको बताए ।
झण्डै एक दशक अघितिर त्यस्तै १०/१२ मन अलैंची फलाउने गरेका सुनुवार रोगले अलैंची मासिएपछि किवीतिर आकर्षित भएका रहेछन् । अहिले किवी बालिभित्र जुनार, सुन्तला र ग्राउण्ड एप्पल जस्ता फलफूलहरु लगाएको उनले जानकारी दिए ।
किवीलाई गोठे मल फाइदाकारी हुने भएर पशु पालन एक जरुरी बिषय भएको सुनुवारको भनाइ छ ।
उनका भाइ लोकबहादुर सुनुवार पनि साथसाथै किवी खेतीमा लागेका छन् । स्थानीय सिाहदेबी निमाविमा अध्यापन गर्नुको साथै उनले पनि झण्डै दुईसयको हाराहारीमा किवी विरुवा लगाएको बताए । दाइको र आफ्नो एकै खाले व्यथा रहेको बताउदै उनी भन्छन्–‘वैंकहरुले लोन दिने काममा दुरगम भनेर नपन्छियोस् । हामी गाउंको चर्को व्याजको मारमा परेका छौं ।’
किवी एक भरपर्दो बैकल्पिक वालि हो भन्ने बुझेका यी सुनुवार बन्धूहरुले अबका पााच बर्षभित्र एक सय रोपनी क्षेत्रफलमा खेती विस्तार गर्ने तथा उत्पादित किवीबाट वाइन, जाम, जेली तयार गर्ने साथै वजारीकरणकालागि काम गर्ने योजना बनाएका बताए ।
सुनुवार वन्धूले किवी खेती गरेको लुम्देको माल्टेनीे रांके–रवि–दमक सडक खण्डको रवि नजिकै पर्दछ । सडकको स्तर उन्नति गरिनुका साथै सो क्षेत्रमा पनि नेपाल बैंक, कृषि विकास बैंकलगायतका बित्तीय संस्थाले उनीहरुजस्ता व्यवसायिक खेतीमा लागेका जांगरिला किसानलाई सहुलियत व्याज दरमा लोन प्रबाह गर्न सके एकातिर लाभ प्राप्त हुने र अर्कोतिर सान्दर्भिकतासमेत झल्किने देखिन्छ ।
जिल्लामा सुलुबुङ्गका तारामणी खतिवडा र सांखेजुङ्गका टेकबहादुर विष्ट यसअघि किवी लगाएका अगुवा किसान हुन् । उनीहरुसित अहिले अडाइ–तीनसयको हाराहारीमा किवी बिरुवा छन् ।
समयको महत्व
१.बाह्रवर्षो महत्व थाहा पाउन – मकरमेला भर्ने प्रतिक्षा तर्ीथयात्रीहरुलाई सोध्नु ।
२. पाँच वर्षो महत्व थाहा पाउन – आम निर्वाचनमा पराजित नेताहरुलाई सोध्नु ।
३. एक वर्षो महत्व थाहा पाउन – अन्तिम परिक्षामा सफल हुने विद्यार्थीहरुलाई सोध्नु ।
४. एक महिनाको महत्व थाहा पाउन – महिना नपुग्दै पैसा सकिने कर्मचारीहरुलाई सोध्नु ।
५. एक हप्ताको महत्व थाहा पाउन – पत्रिकाको सम्पादकहरुलाई सोध्नु ।
६. एक दिनको महत्व थाहा पाउन – एक दर्जन वच्चा जन्माइ पाल्ने ज्यामीहरुलाई सोध्नु ।
७. एक घण्टाको महत्व थाहा पाउन – आपसमा भेट्न पर्खी बसेका विशेष व्यक्तिहरुलाई सोध्नु ।
८. एक मिनेटको महत्व थाहा पाउन – रेल, बस, जहाजको यात्रा छुटाउने यात्रुहरुलाई सोध्नु ।
९. एक सेकेण्डको महत्व थाहा पाउन – दर्ुघटनामा परी बाँच्न सफल यात्रुहरुलाई सोध्नु ।
१०. एक निमेसको महत्व थाहा पाउन – रजत पदक पाउने खेलाडीहरुलाई सोध्नु ।
– संकलक ः केवलमान शुशुच सुनुवार, भक्तपुर । हाल धापासी, काठमाडौं ।
