All about Sunuwar

किवी कृषक आर्थिक संकटमा

सोम सुनुवार, इलाम, चैत १ । इलाम जिल्लाकै सबैभन्दा धेरै किवी खेती शुरु गरेका एक किसान अहिले आर्थिक संकटमा परेका छन् । किवीले आम्दानी दिन शुरु गरी नहालेको अवस्थामा जिल्लाको पश्चिमी गाविस–लुम्देका ४२ बर्षिय जङ्गबहादुर सुनुवारलाई आर्थिक संकट परेको हो ।
‘दुरगम भनेर सदरमुकाम केन्द्रीत बैंकहरुले लोन दिन मानेन्, गाउा घरमा सयकडा पााच व्याजदरले रिन काडेर किवी लगाएं । अहिले मलाई रिन तिर्न र अरु काम गर्न समस्या भएको छ । सबै किवीले उत्पादन दिने समय पनि भएको छैन ।’ सुनुवारले भने–‘किवीलाई माच हाल्न पिलर उठाउन, पोल राख्न र अरु व्यवस्थापन गर्नकालागि मलाई अहिले गाह्रो परेको छ ।’
उनले २०६७ सालदेखि थालेको किवी खेती अहिले ५० रोपनी क्षेत्रफलमा बिस्तार गरिसकेका छन् । अहिले उनको बारीमा पााचसय बढी किवी हुर्किरहेका छन् । यसपालि पनि उनले कलमी बिरुवा ५० थान थप लगाएको वताए । किवी खेतीमा उनी यति लागिपरेका छन् की, गाउंलेहरु भन्छन्–‘जङ्गबहादुर किवी खेतीमा लागेर बिहेसमेत गर्न भ्याएका छैनन् ।’
त्यसो त सुनुवारका किवीले उत्पादन दिन थालेको छ । गएको सिजनमा दुइसय किलो किवी उत्पादन गरेका सुनुवारले झापाको दमकतिर साडे तीनसय रुपैंया प्रति किलोका दरले बिक्री गरेको बताए ।
झण्डै एक दशक अघितिर त्यस्तै १०/१२ मन अलैंची फलाउने गरेका सुनुवार रोगले अलैंची मासिएपछि किवीतिर आकर्षित भएका रहेछन् । अहिले किवी बालिभित्र जुनार, सुन्तला र ग्राउण्ड एप्पल जस्ता फलफूलहरु लगाएको उनले जानकारी दिए ।
किवीलाई गोठे मल फाइदाकारी हुने भएर पशु पालन एक जरुरी बिषय भएको सुनुवारको भनाइ छ ।
उनका भाइ लोकबहादुर सुनुवार पनि साथसाथै किवी खेतीमा लागेका छन् । स्थानीय सिाहदेबी निमाविमा अध्यापन गर्नुको साथै उनले पनि झण्डै दुईसयको हाराहारीमा किवी विरुवा लगाएको बताए । दाइको र आफ्नो एकै खाले व्यथा रहेको बताउदै उनी भन्छन्–‘वैंकहरुले लोन दिने काममा दुरगम भनेर नपन्छियोस् । हामी गाउंको चर्को व्याजको मारमा परेका छौं ।’
किवी एक भरपर्दो बैकल्पिक वालि हो भन्ने बुझेका यी सुनुवार बन्धूहरुले अबका पााच बर्षभित्र एक सय रोपनी क्षेत्रफलमा खेती विस्तार गर्ने तथा उत्पादित किवीबाट वाइन, जाम, जेली तयार गर्ने साथै वजारीकरणकालागि काम गर्ने योजना बनाएका बताए ।
सुनुवार वन्धूले किवी खेती गरेको लुम्देको माल्टेनीे रांके–रवि–दमक सडक खण्डको रवि नजिकै पर्दछ । सडकको स्तर उन्नति गरिनुका साथै सो क्षेत्रमा पनि नेपाल बैंक, कृषि विकास बैंकलगायतका बित्तीय संस्थाले उनीहरुजस्ता व्यवसायिक खेतीमा लागेका जांगरिला किसानलाई सहुलियत व्याज दरमा लोन प्रबाह गर्न सके एकातिर लाभ प्राप्त हुने र अर्कोतिर सान्दर्भिकतासमेत झल्किने देखिन्छ ।
जिल्लामा सुलुबुङ्गका तारामणी खतिवडा र सांखेजुङ्गका टेकबहादुर विष्ट यसअघि किवी लगाएका अगुवा किसान हुन् । उनीहरुसित अहिले अडाइ–तीनसयको हाराहारीमा किवी बिरुवा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *