All about Sunuwar

पाँचथर र झापाका कोइँचहरु जागे

-कोइँचबु काःतिच
पाँचथरका कोइँच (सुनुवार) हरु फिदीमको नाम्दुखोलामा जम्मा भएर कोइँचको मानव अधिकार संरक्षणको लागि जुटेका छन् । सुनुवार सेवा समाज केन्द्रीय सदस्य, संस्कृति तथा अनुसन्धान विभाग प्रमुख अमृत सुनुवारको प्रमुख आतिथ्यतामा सुनुवार सेवा समाज, पाँचथर जिल्ला समितिको आज सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले फिदीमका शान्तबहादुर सुनुवारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ । उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रामबहादुर सुनुवार (जयकृष्ण)-ओलने, हरिकृष्ण सुनुवार-रानीटार, गोपाल सुनुवार-फिदीम, रत्नबहादुर सुनुवार-रबी, कमला सुनुवार-आरुबोटे, कुमारी सुनुवार-आरुबोटे, असिम सुनुवार-नागी, उदय सुनुवार-इम्बुङ, जंगबहादुर सुनुवार-सिवा, तारावती सुनुवार-फिदीम रहेका छन् । जिल्ला सम्मेलनका अध्यक्षता शेरबहादुर सुनुवारले गर्नुभएको थियो ।
झापा जिल्लाका कोइँचहरुले पनि आज जिल्ला सम्मेलन सम्पन्न गरेका छन् । सुनुवार सेवा समाज इलाम जिल्ला अध्यक्ष -नेपाल आदिवासी जनजाति महासंघ इलाम जिल्ला समन्वय परिषदका पूव अध्यक्ष) किरण सुनुवारले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको छ । (आदरणीय पाठक वर्ग, कार्य समितिको नामवली प्राप्त हुने वितिक्कै प्रेसित गर्ने छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *