News
now browsing by category
सुनुवार सेवा समाजको नौऔं राष्ट्रिय सम्मेलन हुँदै
सुनुवार डट ओआरजि समाचारदाता
2073/Baisakh, Ilam
आदिवासी जनजाति कोइँच सुनुवारको प्रतिनिधिमुलक संस्था सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन यही आउने वर्ष २०७३ वैशाख २४ र २५ गते स्थापना दिवसको अवसरमा भव्यरुपमा हुने भएको छ । देश तथा विदेशका प्रतिनिधि तथा पर्यवेक्षक गरी लगभग ३ सय भन्दा बढी कोइँचहरु जम्मा हुने जानकारी महासचिव तथा संगठन प्रमुख समीर मुखिया सुनुवारले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनमा सुनुवार सेवा समाजको जिल्ला, नगर, गाउँ समितिबाट १ महिला अनिवार्यसहित ३ जना प्रतिनिधि हुनुपर्ने समाजको विधानमा उल्लेख छ । यस वर्ष विदेशस्थित सम्पर्क समितिहरु कतार, दुबई, साउदी, मलेसिया, कोरियाबाट पनि एक एक प्रतिनिधि र सुनुवार समाज, हङकङ, किरात सुनुवार सेवा समाज बेलायत, सिक्किम मुखिया सुनुवार कोइँचबु, भारतीय सुनुवार समाज दार्जिलिङ, खरसाङबाट पनि पर्यवेक्षक बोलाइने जानकारी प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताउनु भयो ।
२८ औं स्थापना दिवसको पावन अवसरमा सम्पन्न गर्न लागिएको सो सम्मेलनमा विभिन्न संस्था र व्यक्तिहरुलाई पनि सम्मान गरिने अध्यक्ष मनप्रसाद सुनुवारले जानकारी गराउनु भएको छ । विनासकारी भुकम्पको वेला सहयोग गर्ने संस्था किरात सुनुवार सेवा समाज बेलायत, सुनुवार समाज हङकङ, सुनुवार सेवा समाज कतार, सुनुवार सेवा समाज मलेसिया, सुनुवार सेवा समाज इलाम जिल्ला समितिलाई कदर पत्रसहित सम्मान गरिने भएको छ । त्यस्तै गरी खेलकुदको क्षेत्रबाट सुनुवारको नाम उच्च राख्ने खेलाडीहरु भावना सुनुवार स्क्वायसमा साग गेममा कास्य पदक विजेता, वेद सुनुवार र उपेन्द्र सुनुवार अन्तराष्ट्रिय म्याराथुनमा प्रथम, गोमा सुनुवार गंगा सागर कायक प्रतियोगितामा प्रथम त्यस्तै गरी विभिन्न मार्सल आर्टमा पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने भएको छ ।
जिम्मेवारी सुम्पिएअनुसर विभागीय कामका संयोजकहरुले कार्यक्रम के के, कसरी गर्ने भन्ने खाका पेश नगरेको भए तापनि भव्यरुपमा झाँकीसहित सम्मेलन गर्नका लागि अनुमानित ७ लाख खर्च लाग्ने जानकारी कोषाध्यक्ष तथा आर्थिक विभागीय प्रमुख उत्तम सुनुवारले जानकारी गराउनुभयो । यसको लागि विभिन्न कोइँच दाताहरुको भर पर्नु बाहेक अर्को विकल्प नरहेको पनि उहाँले बताउनुभयो । यसको लागि संस्थाको पदाधिकारीलाई रु. दश हजार, सदस्यहरुलाई पाँच हजार, जिल्ला समितिलाई रु. पच्चिस सय, गाउँ समितिलाई रु. एक हजार र विदेशस्थित सम्पक समितिलाई रु. पाँच हजार दायित्व तोकिएको पनि उहाँले जानकारी गराउनु भयो ।
स्वयम्सेवक, बास तथा भान्सा व्यवस्थापनमा मोहन, प्रेम, नारायन सुनुवार, झाँकी तथा संस्कृति व्यवस्थापनमा अमृत सुनुवारलाई जिम्मेवारी सुम्पिएको सचिव अमरदिप सुनुवारले जानकारी गराउनु भयो ।
एकातिर सुनुवार सेवा समाजले उठान गरेको वल्लो किरात स्वायत्त प्रदेशलाई संविधानसभाले सम्बोधन नगरेको अवस्था छ भने संस्थाभित्रकै पदाधिकारी र सदस्यहरुमा आदिवासी जनजातिको अधिकार सम्बोधन भएको भन्नेहरु पनि रहेको हुँदा ९ औं राष्ट्रिय सम्मेलनले अब आउने कार्य समितिलाई के कस्तो जिम्मेवारी सुम्पिने हो खासै निक्र्यौल नभएको अवस्था पनि देखिन्छ । अहिलेसम्म सडक र सदनमा उठेका कुरा अधुरै राखेर वर्तमान एकल जातीय बाहुनवादी सरकारसँग सती जाने निर्णय हुन्छ कि आदिवासी जनजाति सुनुवारको हक अधिकारको लागि निरन्तर वहस पैरवी गर्ने घोषणा हुन्छ हेर्न भने बाँकी नै छ ।
अन्तरक्रिया तथा ढोल बजाउने तालिम सम्पन्न
–सुनुवार डट ओआरजि समाचारदाता
“जबसम्म राजनीतिक रुपमा सचेत हुँदैनौं हामीले जतिसुकै साँस्कृतिक प्रशिक्षण लिए पनि काम छैन । राजनीति भनेको शक्ति हो । साँस्कृतिक चेतले मात्र शक्ति सञ्चय हुँदैन । राजनीति गर्नु भनेको शक्ति प्राप्त गर्नु परेको हो ।” सुनुवार सेवा समाज बेताली रामेछापले दुईदिने ढोल बजाउने तालिम तथा साँस्कृतिक अन्तरक्रिया समापनलाई सम्बोधनक्रममा कोइँचबु काःतिचले बताउनु भयो । गत केही हप्ता अगाडि कोइँच फुटबल टुर्नामेन्ट सम्पन्न गरेको सुनुवार सेवा समाज बेतालीले आउँदै गरेको शाँदार पिदारलाई लक्षित गरेर ढोल बादन प्रशिक्षण तथा समसामायिक अन्तरक्रिया गरेको छ ।
“जब कानुन नै विभेदकारी हुन्छ अनि देशका जनताले दुःख पाउँछन् । वर्तमान संविधान कोइँचको मानवाधिकार विरुद्धमा छ । यो देशको राजनीतिक परिवर्तनमा सुनुवारले ठूलो योगदान दिएको छ । तर हामीलाई राज्यबाट उत्पीडनमा पारिएको छ । खस भाषा, हिन्दू धर्मका लागि राज्यले लगानी गरेको छ तर हाम्रो भाषा, संस्कृति जोगाउन भने हामी आपैंmले खर्च गर्नु पर्ने कस्तो विडम्बना ?” रमेशकुमार सुनुवार, सुनुवार सेवा समाज जिल्ल समिति रामेछाप अध्यक्षले बताउनुभयो ।
दुई दिने प्रशिक्षणमा ढोलहरुको नाम, ढोलको ताल आदि सिकाइयो ।
“देश अहिले संकटमा गुज्रिएको छ । यो संकट भनेको नेपालका खस बाहुनहरुले ल्याएका हुन् । यसमा हाम्रै केही परम्परागत वाहुनवादी मान्छेहरुको पनि सहमति रहेको देखिन्छ । नेपालको संविधानले कोइँचको भाषिक, साँस्कृतिक, प्राकृतिक अधिकार खोसेको छ । कोइँचको मानवाधिकार खोसेको छ । यो संविधान कोइँचको विरुद्धमा छ । यसको लागि हामी सबै एकजुट हुनु पर्छ ।” सुसेस संस्कृति तथा अनुसन्धन विभागीय प्रमुख अमृत सुनुवारले भन्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका रामचन्द्र बस्नेत, एमालेका यसोदा घिमिरे समेतले आफ्नो भनाई राख्नुभएको थियो ।
रस्नालु, खिम्ती, नमाडी, फर्पु, बेतालीका युवाहरुको सहभागिता रहेको ढोल बादन प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष प्रविनकुमार सुनुवारले भन्नुभयो, “हामीले हाम्रो अधिकार खोज्दा अरुको अधिकार खोसेको ठान्नेहरु धेरै छन् । तर हामीले अरु कसैको अधिकार हनन् गर्न खोजेको होइन । हाम्रो मानव अधिकार उपयोग गर्न पाउनु पर्छ मात्र भनेको हो । तर यो देशको कानुनले खस बाहुनको भाषा, संस्कृतिलाई भने प्रवद्र्धन गरिरहेको छ । हामी कोइँचको भाषा, संस्कृतिलाई एक सुका खर्च गरेको छैन । बेताली गाविसमा पनि यो स्थिति छ । गाविसबाट हाम्रो कोइँचको शाँदार थानलाई बजेट विनियोजन गर्नु प¥यो भनियो भने सबैको अनुहार कालो हुन्छ । तर यही गाविसमा त्यही पर शिव मन्दिर छ त्यहाँ भने प्रायः हरेक वर्ष गाविसको बजेट केही केही हदसम्म विनियोजन भइरहेको छ । यो विभेद हो कि होइन । हाम्रो मानव अधिकारलाई नीति निर्माण गर्दा नै देशको मुल कानुनमा सच्याइनु पर्दछ भन्ने हो । हो, यही विभेदकारी कानुनको कारण अहिले आम नेपालीले दुःख खेपीरहेका छौं । तर उल्टै हाम्रा बाहुनवादी साथीहरु मधेशी र आदिवासी जनजातिलाई आरोप लगाईरहेका छन् । आमाबुबा दिदीबहिनी दाजुभाई, अब हामी हाम्रो अधिकारको बारेमा सचेत हौं । हिजोको जस्तो हाम्रो नाम बेचेर पेट पाल्न लगाउने काम नगराऔं ।”
कालीमाया सुनुवारलाई आर्थिक तथा जिन्सी समान सहयोग ।
जीवन सुनुवार किरात
१२ चैत लप्चे गाउँ, पात्ले-८, ओखलढुंगा। बिगत १० बर्ष देखि कष्टकर जीवन बिताउदै ढुंगाको ओडारमा बस्दै आउनु भएका काली माया कोर्मोच सुनुवार ज्युलाई रोजगारको सिलसिलामा प्रवासमा रहनु भएका नेपालीहरुद्वारा आर्थिक तथा जिन्सी समान सहयोग प्राप्त भएको छ। पात्ले गाबिसको लप्चे गाउँमा जन्मनुभई सोही ठाउँमा विवाह गरि बस्नुभएका करिब ७५ बर्ष उमेरकी काली मायाको परिवार कोहि छैनन्।उनका एक छोरी र एक छोरा मध्य छोरीको बिबाह भएर नि मृत्युु भैसकेको र छोरा लामो समयदेखी बेपत्ता छन भने श्रीमानको पहिले नै मृत्यु भैसकेको हो।बिगत लामो समयदेखि एकल जीवन जिउदै आउनुभएका काली मायाको आर्थिक अबस्था सारै नाजुक र मानसिक रुपमा पनि बिक्षिप्त भएको कारण ओडारमा बसेको गाउलेहरुको भनाई छ।गाउँलेहरुले हेरचाह गर्दै रहेको अबस्थामा केही बर्ष अघि राष्ट्रिय दैनिक कान्तिपुर र शेर्पा खबर डटकममा उनको बारे समाचार प्रकाशित भएपछि जिल्ला लगायत अन्यत्र ठाउँहरुमा ध्यानाकर्षण भएको हो। समाचार सम्प्रेषण भए पश्चात् सहयोग प्राप्त हुने क्रममा हाल रोजगारको सिलसिलामा परदेशमा रहनु भएका नेपालीहरुबाट आर्थिक तथा जिन्सी समान सहयोग प्राप्त भएको छ। र हाल गाबिसमा रहेको नबज्योती बहुउद्देश्यीय युवा क्लब पात्ले अन्तर्गत रहेको “काली माया सुनुवार सरोकार समिती” गठन गरि सो समितिले रेखदेख गर्ने गरेको छ।
सुनुवार सेवा सामाज शाखा साउदी अरेबियाको सहकार्य र कतारमा कार्यरत नेपालीबाट प्राप्त सहयोग बिबरण # साउदी रियल –
१) सुसेस साउदी अरेबिया कोष -५००/-
२) गणेश कुमार सुनुवार -१००/-
३) दिनेस सुनुवार -२००/-
४) मोहन सुनुवार -५०/- जम्मा ८५०/- (रु.२४,५००/-) Read More
सुनुवार मुग्दुम बिधि बाट नै रिति रिवाज
सरिन्ग आफ
मन बचन र कर्मले गरियो भने शायद केहि हुन्छ कि ,
२०७२ साल फागुन १६ गतेका दिन रामेछाप जिल्ला रस्नालु गाबिस को वार्ड नं ३ र वार्ड नं ४ (ओख्रे, बुर्के, सोत्रेनी, राजखर्ग ढयांग्रे) का स्थानीय ब्रिद्द तथा अग्रज हरु को अगुवाइमा उपरोक्त मिति बाट नै लागु हुने गरि सके सम्म पूर्ण रुपमा सुनुवार मुग्दुम बिधि बाट नै जन्म, बिबाह तथा मृत्यु को रिति रिवाज कायम राख्दै आफ्नो मौलिकता जोगाउने निर्णय गरिएको छ . साथै उक्त दिन गणेश बहादुर सुनुवार को संयोजकत्व मा संचालक समिति गठन गरि ‘सुनुवार आपतकालीन कोष’ नामक कोष खडा गरि सोहि दिन बाट नै ब्राम्हण पुरोहित पूर्ण रुपमा परित्याग गर्ने घोसणा गरिएको छ .
जन्म, बिबाह तथा मृत्यु तिनै वोटा बिसयमा छुट्टा छुट्टै बुदा बनाई आबस्यकता अनुसार उपबुदा बनाएर गजपत्र तयार गरि स्थानीय सबै बाट सहि छाप उठाएर नियम को रुप मा स्वीकार गर्दै लागु गरिएको छ
नाम्सि फु कोइँच भाषाको गीति एल्बमको रेकर्डिङ शुरु : फिल्म पनि बन्ने
¬कोइँचबु काःतिच ।
१५ फागुन, काठमाडौं ।
२०५२ सालमा देउसी खेलेर जम्मा गरेको रकमबाट सेरेम फु सांगीतिक समूहले पहिलो कोइँच गीति एल्बम रेकर्ड भएको २० वर्ष पछाडि बल्ल चौथो गीति एल्बम “नाम्सि फु” रेकर्ड शुरु भएको छ । अहिले हङकङमा हुनुहुन्छ, सुनुवार सेवा समाजका संस्थापक मोहन सुनुवार । उहाँले ताइबनी एउटा गीति एल्बम ल्याएर मोकुसु, विश्व, प्रेम हाँबालीहरुलाई सुनाएपछि कोइँच भाषाको गीति एल्बम पनि निकाल्ने सल्लाह भयो, तत्कालिन समयका समाकालिन खडोस सुनुवार बताउनु हुन्छ । त्यो ताइबनी गीति एल्बमले जगाएको रहर पछिबाट सेरेम पूm साङ्गीतिक समूह नै जन्म्यो । त्यो समूहले हार्मोनियम, कङ्गो, मादल, गितार जस्ता साङ्गीतिक वाध्यवादन किन्यो । समूहका संयोजक राष्ट्रिय कला निर्देशक पुरस्कार प्राप्त विश्व मुखिया थिए । र गीत लेखन तथा संगीत भर्ने काम चाहिँ प्रेम हाँबली र मोहनकुमार सुनुवारले गर्नुभयो । त्यतिबेलाका चर्चित गायिका सुमन मुखिया समेतको स्वर समेटिएको सेरेम फु पछि अर्को एल्बम निस्कन झण्डैले एक दशक आधा नै लाग्यो ।
उनीहरुको सपना धेरै थियो । फिल्म बनाउने, बनेपाको शान्ति सेना तालिम केन्द्रमा गएर लाहुरे दुम्शा लाइँतिनि गीतको भिडियो बनाउने । गाउँ गएर रेउ यिता रागि सुम्शा गसिमि हुरुरु भिडियो बनाउने । अनेक अनेक । त्यसको वीस वर्षपछाडि लगभग त्यस्तै सपना बुनिदै छ । यस सपनाको साकारको अभियानमा दोमोका दार्शो सेरेम फुका उत्पादक सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवार सुरज, इन्द्रकुमार सुनुवार, मदन सुनुवार लगायत सवि शिवानी सेकुवा घरका प्रोप्राइटर श्याम सुनुवार (रिल्मा) जुट्नु भएको छ ।
आज दोमोका दार्शो सेरेम फुका गायक महेश क्याब सुनुवार र बबिता सुनुवारले बोइमात नाम्सिफु मुल चिँ दोहरी र बबिताले जुजिल चुइँचिमि सलाक गीत रेकर्ड गरेका छन् ।
“हाम्रो यो नाम्सि फु परियोजना भाषा संस्कृति बचाउनका लागि हो । यो कुनै आम्दानी गर्नको लागि हो । धेरै मानिसहरु कामभन्दा कुरा गर्छन् तर हामी काममा विश्वास गर्छौं । हामीले केही वर्ष दोमोका दार्शो सेरेम फु पनि भाषा संस्कृतिको संरक्षणको लागि नै एल्बम निकालेका थियौं । यस कार्यमा हाम्रा देश विदेशमा रहेको साथीहरुले सम्झिनु नै हुने छ भन्ने लागेको छ ।” अभियानका संयोजक पाम सुनुवार कोइँच भाषाको गीति एल्बम निकाल्नुको उद्देश्य बताउनु हुन्छ । Read More
कञ्चना स्मृति कोष सहयोग वितरण
समीर मुखिया सुनुवार
काठमाडौं, १० फागुन । कञ्चना सुनुवार स्मृति कोषले आगलागी पिडीति रामकुमार मुखियालाई रु. ११९४३।– सहयोग प्रदान गरिएको छ । सुनुवार सेवा समाजको संरक्षकत्वमा २०७१ फागुन १० गते स्थापना गरिएको कञ्चना सुनुवार स्मृति कोषले उक्त सहयोग रकम प्रदान गरेको हो ।
कञ्चना सुनुवारको स्मृतिमा स्थापित संस्थाले प्रत्येक वर्ष सुनुवार समुदयबाट आपतविपतमा परेका अहासय, अपाङ्ग तथा शिक्षा क्षेत्रमा आर्थिक रुपमा कमजोर भएको १ जनालाई प्रदान गर्ने लक्ष्य अनुरुप सो सहयोग रकम प्रदान गरिएको हो ।
कार्यक्रममा कञ्चना सुनुवार स्मृति कोषका संरक्षक सदस्यको तर्फबाट सुरेन्द्र सुनुवारले कञ्चना सुनुवार स्मृतिमा स्थापित कोषका तथा कञ्चना सुनुवारबारे गरेका थिए । कार्यक्रमका सभाध्यक्ष सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवारहरुले आफ्नो आफन्तको नाममा विभिन्न संघसंस्थालाई धेरै दान गरे पनि आफ्नो जातीय संस्थाबाट दान गर्ने प्रचलन नभएको बताउँदै संस्थामा पहिलोपटक कञ्चना सुनुवार स्मृति कोष स्थापना भएको कुरा बताए ।
कञ्चना सुनुवारको २० वर्षको उमेरमा मस्तिष्कसम्बन्धी उपचार लापरवाहीका क्रममा मृत्यु भएको थियो । आफन्तहरुबाट कञ्चना सुनुवारको स्मृतिका सो कोष स्थापना गरेको हो ।
५४ मातृभाषी कविहरुले आ-आफ्नो मातृभाषामा कविता सुनाए : सुनुवारको तर्फबाट चेरेहाम्सो क्याब
-सिमोस कोइँच सुनुवार
२१ फेब्रुअरी २०१६, Kathmandu । बङ्गलादेशकि एक महिलाले आफ्नो मातृभाषाको अधिकारका निमित्त लडदालडदै सहादत प्राप्त गरिन । त्यसै दिनको सम्झना र संमान स्वरुप २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस संसार भर मनाउने प्रचलन रहन गयो । तर नेपालमा भने निकै ढिलो गरि यसको थालनी भयो । २१ फेब्रुअरी २०१६ मा नेपाल प्रज्ञाप्रतिष्ठान समितिले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै गर्दा जम्मा पाँच बर्ष मात्रै पूरा गर्यो । अनेक विविधताले भरिपुर्ण देश नेपाल भाषिक तथा सांस्कृतिक रुपमा पनि निकै नै अगाडी रहेको छ । ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०१६’ को अवसर पारेर ५४ मातृभाषी कविहरुले आ-आफ्नो मातृभाषामा कविता सुनाएर कार्यक्रमलाई उर्जामय तुल्याउनु भयो । ११ जातिका समुदायहरुले आ-आफ्नो जातिगत भेषभुषा, नाचगान, बाजागाजा सहित प्रज्ञा भवन कमलादी बाट घण्टाघर, प्रदर्शनीमार्ग, पुतलीसडक, बागबजार हुँदै एक चक्कर झाँकी सहितको र्याली पनि यसै अवसरमा सम्पन्न गर्यो । आजको कार्यक्रममा सुनुवारको तर्फबाट प्रतिनिधित्व गर्दै चेरेहाम्सो क्याब ज्युले कविता सुनाउनु भयो भने तपसिल बमोजिमका १६ जना सुनुवार बन्धुहरुले झाँकीमा भेषभुषा, ढोलझ्याम्टा सहित सहभागीता जनाउनुभयो । १)श्री देबिका सुनुवार, २)श्री प्रबिना सुनुवार, ३)श्री फत्त माया सुनुवार, ४)श्री मनिषा सुनुवार, ५)श्री लाल बहादुर सुनुवार, ६)श्री जीवन रवाच सुनुवार ७)श्री लेख ब.सुनुवार किरात ८)श्री कञ्चन सुनुवार ९)श्री मिरा सुनुवार १०)श्री बिणु सुनुवार ११)श्री केर सुनुवार १२)श्री बबिता सुनुवार १३)श्री ललित सुनुवार १४)श्री इँगिहोपो कोइँच सुनुवार १५)श्री जीवन सुनुवार किरात १६)श्री सिमोस कोइँच सुनुवार । आजको यस कार्यक्रममा अप्रत्यक्ष रुपमा सहभागी जनाउनुहुने शोभा सुनुवार दिदिलाई पनि मुरि मुरि धन्यवाद ब्यक्त गर्न चाहन्छु ।
