News
now browsing by category
लोककवि गणेशलाल श्रेष्ठको नाममा अक्षयकोष
सुनुवार डट ओआरजि समाचारदाता ।
लोककवि गणेशलाल श्रेष्ठको नाममा पाँच लाख रुपैँयाको अक्षयकोष स्थापना गरिने भएको छ । लोककवि गणेशलाल श्रेष्ठको एक सय पाँच औं जन्मजयन्तीको अबसरमा हेटौंडामा आयोजित साहित्य गोष्ठीमा यस्तो जानकारी दिईएको हो । लोककवि श्रेष्ठको छोरा केशवलाल श्रेष्ठले साहित्य गोष्ठी गरिएको प्रति धन्यवाद व्यक्त गर्दै कोष सञ्चालन गर्न रकम उपलव्ध गराउँने घोषणा गरे ।
कार्यक्रम नेपाल भाषा खलः, मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम भीम बिराग संगित साहित्य कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापाको प्रमुख आतिथ्य तथा नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा साहित्यकारहरु राजबावु पहाडी, देवराज खरेल र नियमराज शाक्य निर्णायक रहेका थिए । कार्यक्रममा अनिता न्यौपाने, गणेशकुमार श्रेष्ठ, योगेश्वर श्रेष्ठ, ओमप्रकाशबावु मल्ल, सुनकुमार मानन्धर, राजकुमार लामिछाने, उमेश तिमल्सिना, शंकरमान श्रेष्ठ र नारायणबहादुर श्रेष्ठले कबिता प्रस्तुत गरेका थिए । प्रथम, दोश्रा, तेश्रा कबिता बाचकलाई क्रमशः दश हजार, पाँच हजार र तीन हजार रुपैँया पुरस्कार तोकिएको थियो । तर प्रतियोगी कबिता चार वटा मात्र भएको भन्दै प्रतियोगिता पुनः पछि गर्ने बताईएको छ ।
कार्यक्रममा नेवाः देय् दबूका मकवानपुर अध्यक्ष देवप्रसाद श्रेष्ठ, नेवाः साँस्कृतिक पुचःका मकवानपुर अध्यक्ष बिष्णुगोपाल महर्जन, हेटौँडा उपमहानगरपालिकाका प्रबन्धक बीके महर्जन लगाएतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष सुवाश खनाल, निबर्तमान अध्यक्ष आरसी रिजाल लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रमअघि नेपाल भाषा खलःको हलभित्रमा स्थापित लोककवि गणेशलालको अर्धकदको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
को हुन् त गणेशलाल ?
लोककबि गणेशलालको जन्म बिक्रम सम्बत् १९६८ साउन ७ गते मकवानपुरको भिमफेदीमा भएको थियो । सानैदेखि साहित्यप्रति रुची भएका उनले पहिलो कृतिको रुपमा नेपाली भाषामा भजनगित संग्रह मेरा दुई पुष्पाञ्जली(१९९९), दोश्रो कृति भजन, ब्यङ्ग्य, गित नेपाल भाषामा निफ्वः स्वाँ(२०१३), तेश्रो नेपाल भाषामा लोकं ह्वागु म्ये(२०४६) र मृत्युपर्यान्त अन्तिम निफ्वः स्वाँ म्येचा(२०५८)मा प्रकाशित भएको थियो । त्यस्तै उनको नेपाली भाषामा एक सय ३५ गित÷कबिता संग्रहको पर्खाईमा छ । उनको “भिमफेदी बजार कस्तो भयो हाल……”, “पहिले छोरा थियो, अहिले बावु भईयो अब बाजे हुने पालो ……” बोलको गित २०३३÷३४ सालमा चर्चित रहेको नेपाल संगित समाज मकवानपुरका संयोजक प्रमेन्द्र महर्जन बताउँछन् । उनका अनुसार गित रचना, संगित, गायनसँगै मञ्च तथा सडक नाटकमा समेत सशक्त अभिनय क्षमता गणेशलालमा थियो । लोक साहित्य परिषदले मणोपरान्त २०५६ सालमा श्रेष्ठलाई लोककविको उपाधिसहित सम्मान गरेको थियो ।
लोककवि गणेशलालको श्रीमती नारायणदेबी, छोराहरु सागरलाल र केशबलाल तथा छोरीहरु बिमलादेबी, कमलादेबी र देबकी रहेका छन् । २०४२ साल साउन ९ गते उनको जण्डिसका कारण हेटौंडामा निधन भएको थियो ।
विश्व आदिवासी दिवसको मुल नारा : शिक्षामा आदिवासी जनजातिको अधिकार
आदिवासीको आप्mनै सन्चार इन्डिजिनिअस टि.भि. आजबाट

सुनुवारडट ओआरजि समाचारदाता ।
९ साउन, काठमाडौं । सञ्चार बहिष्करणको पीडा खेपेका आदिवासी जनजातिको कथा व्याथा र सूचना पस्किन आजदेखि इन्डिजिनिअस टेलिभिजनले आप्mनो प्रसारण सुचारु गरेको छ । इन्डिजिनअस फाउण्डेशनले दु्ई वर्ष अगाडिदेखि गृहकार्य गर्दै आएको इन्डिजिनअस टेलिभिजनले आजबाट बौद्ध परम्परानुसार पूजापाठ गरी टेलिभिजनको विधिवत् उद्घाटन गरेको हो ।
यो टेस्ट प्रसारण हो । अब केही समयपछि हामी आदिवासी जनजाति दृष्टिकोणका समाचार बुलेटिनको तयारीमा छौं, फाउण्डेशनका जगत दोङले बताए । आदिवासी जनजातिको आप्mनै छुट्टै सञ्चार स्थापना गर्ने क्रम तीसको दशकदेखि भएको पाइए पनि विद्युतीय सञ्चार माध्यामका हकमा आदिवासी जनजाति सञ्चार स्थापना गर्ने क्रम बढे अनुसार इन्डिजिनिअस टेलिभिजन बल्ल प्रसारणमा आएको छ ।
हाम्रो उद्देश्य भनेको आदिवासीको सूचना तथा उनीहरुको जीवनशैली संस्कृति र नीति निर्माणमा आदिवासी जनजातिको पक्षमा भएका कुराकानी, विषयलाई सबै सामु पस्किनु हो । हामीलाई धेरै चुनौतिहरु छन् । तर हामी ती चुनौतिहरुसँग सामना गर्ने जमर्को गरेका छौं । मुख्यतः हामीलाई आदिवासी जनजातिय दृष्टिकोणबाट लेख्ने, बोल्ने जनशक्ति उत्पादन गर्नु छ, देबकुमार सुनुवारले बताए ।
आजबाट नियमित प्रसारणमा आएको इन्डिजिनिअस टेलिभिजनले आदिवासी जनजाति समाचारको साथै विभिन्न मातृभाषाका म्युजिक भिडियो, वृत्तचित्र र चलचित्र नियमित प्रसारण गर्ने छ ।
सम्पुर्ण साउदी वासी दाता सुनुवार बन्धुहरुलाई आभर

रामेछाप जिल्ला खिम्ती गा.वि.स.का अग्नि पीडितहरुलाई प्राप्त सहयोग रकम सुनुवार सेवा समाज,रामेछाप मार्फत खिम्ती पुगि पीडितहरुलाई वितरण गरियो ।
सुनुवार सेवा समाज,रामेछाप र सुनुवार सेवा समाज,केन्द्रीय समितिको सहयोग आव्हानमासु.से.स. साखा साउदी को पहलमा प्राप्त सहयोग रकम ५०,०००/- र सुनिल मुखिया सुनुवारको ममतामयी आमा सुनिता मुखिया सुनुवारको सम्झनामा १,०००/- रकम सुनुवार सेवा समाज,जिल्ला समिती रामेछाप मार्फत पिडित रामबहादुर सुनुवार, हर्कबहादुर सुनुवार , सोमबहादुर सुनुवार र टुकबहादुर सुनुवारलाई उक्त रकम खिम्ती गा.वि.स.मा वितरण सम्प
न्न गरियो । सहयोगी हातका सम्पुर्ण साउदी वासी दाता सुनुवार बन्धुहरुलाई आभर व्यक्त सहित मुरि मुरि धन्यबाद दिन चाहान्छौ ।
चेरेदुमिन !!!
अग्निपीडितलाई साउदी अरेवियाकाबाट सहयोग
-कोइँचबु काःतिच
अग्निपीडित रामेछाप खिम्ती गाविसका सुनुवार परिवारलाई आर्थिक सहयोग उपलब्ध भएको छ । साउदी अरेवियाका सुनुवार सेवा समाजको पहलमा साउदी अरेवियामा कार्यरत सुनुवारहरुले एक मुष्ट रकम रु. ५०,००० (पचास हजार) सहयोग गरेका हुन् । सुनुवार सेवा समाजको कोषाध्यक्ष शोभा सुनुवारले रामेछाप खिम्तीका अग्निपीडित सुनुवारलाई उपलब्ध गराउन सुनुवार सेवा समाज केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला अध्यक्ष रमेशकुमार सुनुवारलाई हस्तान्तरण गर्नुभएको छ । आजै रामेछाप मन्थली जानु भएका सुसेस रामेछाप जिल्ला अध्यक्ष सुनुवारले भोलि नै खिम्ती पुगेर पीडितहरुलाई सहयोग रकम उपलब्ध गराउने बताउनु भएको छ । अग्निपीडितहरुलाई सहयोग रकम उपलब्ध गरेको तस्वीरसहितको रिपोर्ट सहयोग रकम वितरण गरेपछि केन्द्रीय समितिलाई उपलब्ध गराउने र केन्द्रीय समितिले साउदी अरेवीय सुसेसलाई जानकारी गराउने कोषाध्यक्ष शोभा सुनुवारले बताउनु भएको छ ।
अग्निपिडीतहरुको सहयोगका लागि सुनिल मुखियाले पनि रु. १००० (एक हजार) सहयोग गर्नुभएको छ । अग्निपीडितहरुलाई सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार रहेको छ ः 
नाम–सि फु नामक गीति एल्बम लोकार्पण ।
पाम बा. सुनुवार ।
काठमाडौं ।कोइँच सुनुवार मातृभाषा, साहित्य, संगीतको संरक्षण तथा विकासको लागि उत्पादित “नाम–सि फु”नामक गीति एल्बम शुक्रबार राजधानीमा एक ऐतिहासिक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । उक्त लोकार्पण कोटेश्वरस्थित सुनुवार सेवा समाज केन्द्रीय भवनमा चर्चित नाट्यकार मानबहादुर मुखियाको प्रमुख आतिथ्यमा लोकार्पण भएको हो ।
लोकार्पण समारोहमा शुभ–कामना व्यक्त गर्दै प्रमुख अतिथि मुखियाले कार्यक्रमको आयोजक नाम–सि फु सांगीतिक टोलीलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । सुनुवार भाषाको जगेर्नाको लागि नाम–सि फु टिम तथा गायक गायिकालाई उच्च मनोवलका साथ आगामी दिनमा पनि यस्तै किसिमले युवा पुस्तामाझ सुनुवारहरुको पहिचान र संस्कृतिलाई अझ उजागर गर्दै आउँदो पिडिलाई संगीत मार्फत पनि आप्mनो मौलिक संस्कृतिको जगेर्नामा थप टेवा पुग्ने र यसलाई निरन्तरताको लागि शुभ–कामना व्यक्त गरे । Read More
१४ वर्षपछि कोइँच साहित्यमा पहिचानको बाटोमा
–कोइँचबु काःतिच ।
१८ आषाढ, काठमाडौं । होन्बा बिन्दार्वादेखि जस्तै कोइँचहरु आफ्नो भविश्य आपैंmले अन्यौल बनाइरहेको भावसहितको कोइँच कविता शङ्खु बुजिचले बाचन गरेसँगै नेपालको राजनीतिक भद्रगोलका बारेमा सपना सुनुवारले आफ्नो व्याङ्ग्य बाण हानेको थिए भने रणचण्डी बनेर उक्रिनु पर्ने धारणा रिस्ता सुनुवारको थियो । रुपक सुनुवारले कोइँचको भेषाभुषा र संस्कार संस्कृति नै पहिचानको घोतक हो भन्ने तर्क पस्के भने इँगिहोपो शिर्षक विहीन कविता पस्केर हाम्रा नेताहरुको शिर्ष स्थान नै कहाँ छ र भन्ने तर्क गर्दै यो देशको सासकीय व्यवास्था र यो देशसँग के सम्बन्ध छ के परिवर्तन भयो भन्ने विचार पोखे ।
शोभा सुनुवारको कोइँच कविताले कोइँच कविको इतिहास बकेको थियो भने भिमप्रकाश सुनुवार र ललित सुनुवार कविताको सट्टा कोइँच गीत गाउनु भएको थियो । सागर सुनुवारले दुई छोटा तर उत्कृष्ट कविता पस्केको धारणा टिप्पणीकारको थियो । यता कविताको विट मार्दा मनोरमा –काःतिच रामा) ले आमाको भावनाले ओतप्रोत गजल प्रस्तुत गरेकी थिइन ।
चुप्लु चुल्हाचौकामा साहित्यिक जमघटमा अशोक सुनुवार काल्पनिक यात्रीले कविताको इतिहास वारे लेख सहित गलज प्रस्तुत गरेका थिए । ११ बजे शुरु हुने भनिएको कविता गोष्ठी साँडे १२ बजे शुरु भएको थियो ।
वाचित कविता वारेमा सुनुवार विद्यार्थी समाजका अध्यक्ष मानबहादुर सुनुवारले धेरै राम्रो कविता प्रस्तुत् भएको र वाचित कविताहरुले कोइँच पहिचानको लागि वाकलता गरेको बताउनुभयो । साहित्यले समाज परिवर्तन मात्र होइन देशको राजनीतिक महौला नै परिवर्तन गर्न सक्छ साहित्यकारले दरोसँग नियामित लेखन कर्म अगाडि बढाउनु पर्ने बताउनुभयो नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार ।
सुनुवार सेवा समाजका संस्थापक कोषाध्यक्ष टिकाराम मुलिचा र सदस्य प्रेम हाँबालिको उपस्थितिमा सञ्चालित साहित्यिक गोष्ठीमा सुसेस पाँचौं अध्यक्ष लोकप्रिय सुनुवारले कोइँच साहित्यको भविश्य उज्यालो रहेको बताउनु भयो । संस्थापक प्रेम हाँबालीले साहित्य यथार्थभन्दा अर्कै सन्सार हो । त्यो सन्सारमा हराउँन सकियो भने साहित्य उत्कृष्ट हुन्छ । हिँजोको साहित्य र अहिलेको साहित्यमा धेरै अन्तर भएको जानकारी गराउनु भयो । Read More
