All about Sunuwar

News

now browsing by category

 

धन भएर के गर्नु ? मन हुनुपर्छ : मानबहादुर विष्णुमाया छात्रवृत्ति स्थापना

bhaktaman–काःतिच

धन होइन मन हुनुपर्छ । धन हुने सुनुवार समाजमा गनी नसक्नु छन् । छन् यसकारण भन्दै छु कि उनीहरुको तडकभडक, रवाफ, फुर्ति र जीवनशैलीले अनुमान गर्न सकिन्छ । तर सबैको मन भक्तमानको जस्तो नहुनसक्छ । सुनुवार समाजको इतिहासमा पहिलो छात्रवृत्ति, विद्वत्तवृत्ति अनि कोइँच गाउँका विद्यालयको लागि शैक्षिक सामाग्री प्रदान गरिने कोष स्थापना भएको यही हो । रामेछाप गुप्तेश्वर १ निवासी तीन कोरी उमेरबाट भर्खरै एक खुड्कीलो उक्लेका भक्तमान सुनुवारले जन्म दिने आप्mनो बुबाआमा मानबहादुर र विष्णुमाया सुनुवारको नाममा मानबहादुर विष्णुमाया सुनुवार स्मृति छात्रवृद्धि कोष स्थापना गर्नुभएको हो । छोरा हुन त भक्तमान सुनुवार जस्ता । यो कोषबाट प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई १२०००, १२००० हजार र स्नाकोत्तर सकेर शोधमा लागेका शोधकर्तालाई २०००० हजार प्रदान गर्ने र कोइँच गाउँको विद्यालयमा चक्रीय प्रणाली अनुसार १०,००० बराबरको शैक्षिक सामाग्री प्रदान गरिने छ ।
आफुले पढ्न नपाएकोमा धेरै थक्थकी लागेको बताउनु हुने छात्रवृद्धि संस्थापक भक्तमान सुनुवारले हरेक सरकारी कार्यालयमा जाँदा कतै कोइँच सुनुवारको उपस्थिति नदेखिएको हुँदा युवायुवतिहरुको शैक्षिक स्थिति सुधार गरि सरकारी जागिरमा अभिप्रेरित गराउने लक्ष्यानुसार कोष स्थापना गरेको बताउनुभयो । Read More

१३ बुँदे इलाम घोषणापत्रको पूर्ण पाठ

सुनुवार सेवा समाजको प्रथम राष्ट्रिय राजनीतिक सम्मेलनले पारित गरेको १३ बुँदे इलाम घोषणापत्रको पूर्ण पाठ ।
==============================
सुनुवार सेवा समाजको
प्रथम राष्ट्रिय राजनीतिक सम्मेलनको
इलाम घोषणा–पत्र २०७३
आदिवासी किरात कोइँच सुनुवार प्राग–ऐतिहासिक राष्ट्र (जाति) का सामाजिक, धार्मिक तथा साँस्कृतिक संरक्षणका लागि स्थापना भएको सुनुवारहरुको प्रतिनिधिमूलक संस्था सुनुवार सेवा समाज हो । ङाकु (सुनकोसी), सुबुकु (तामाकोसी), खिम्कु (खिम्ती), लिकु (लिखु), मोल्कु
(मोलुङ÷सोलुङ), दुबुकु (दुधकोसी) ऐतिहासिक भू–भागका सुनुवारहरु पछिल्लो समय स्वदेश तथा विदेशका विभिन्न भू–भागमा समेत बसोबास गर्दै आइरहेका छन् । सुनुवार सेवा समाजको संस्थागत संगठन १५ जिल्ला समिति क्रियाशील रहेको र बाँकी जिल्लामा संगठन विस्तार हुने क्रममा रहेको छ । यसका साथसाथै विदेशका विभिन्न मुलुक दक्षिण कोरिया, हङकङ, मलेसिया, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बेलायत र अमेरिकामा शाखा रहेको र जापान, इजरायल, ओमनलगायतका मुलुकमा शाखा विस्तार क्रम रहेको छ ।
स्थापनाकालको करिव तीन दशकपछि भाषिक, सामाजिक र साँस्कृतिक संरक्षण भन्दा माथि उठेर मुलुकको बदलिँदो राजनीतिक परिस्थिति तथा राज्यका पुनःसंरचनामा आदिवासी किरात कोइँच सुनुवारको पहुँच, समावेशी सहभागिता, समानता र भूमिका सम्बन्धमा सबै राजनीतिक पार्टीमा संलग्न सुनुवार राजनीतिककर्मीहरुको सक्रिय सहभागितामा किरात कोइँच सुनुवारको पहिचानसहितको स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र भाषिक, साँस्कृतिक अधिकार, समावेशिता, प्राकृतिक स्रोतसाधनमाथि आत्मनिर्णयको अधिकारसहितको प्रयोग र नियन्त्रणको अधिकारजस्ता राजनीतिक अधिकारहरु समाधानका लागि आदिवासीको मानवाधिकार घोषणापत्र, आइएलओ महासन्धि १६९ र युएनड्रिप २००७ ले प्रत्याभूत गरेको अधिकारलाई आत्मसात गर्दै प्राग–ऐतिहासिक थाँतथलोको आधारमा वल्लो किरात स्वायत्त प्रदेश घोषणा गरिनुपर्ने प्रतिबद्धतासहित प्रथमपटक इलाम जिल्लाको इलाम बजारमा ूक्भाि(ज्भउि, क्भाि(क्भचखभ, क्भाि(न्यखभचलभमू नारासहित निम्न बुँदामा सुनुवार सेवा समाजका मातहातका विभिन्न संस्था तथा राजनीतिक दलहरुको प्रतिबद्धतासहितका इलाम घोषणा–पत्र २०७३ जारी गरिएको छ ः
१. वर्तमान संविधानमा उल्लिखित राज्यको पुनःसंरचनाप्रति विमति राख्दै, प्राग–ऐतिहासिक पृष्ठभूमिका आधारमा स्वपहिचान र आत्मनिर्णयको अधिकारसहितको वल्लो किरात स्वायत्त प्रदेश साथै मुलुकको अन्य भू–भागमा निर्माण हुने प्रदेशहरुमा स्थानीय निकाय निर्माण गर्दा किराती कोइँच सुनुवारहरुको बस्ती खण्डित नहुने गरी स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र घोषणा गरिनुपर्दछ ।
२. सिमान्तकृत किराती कोइँच सुनुवारहरुलाई राज्यको हरेक अंगमा पूर्ण समानुपातिक र प्रभावकारी प्रतिनिधित्व, स्वशासन, स्वपहिचान, आत्मनिर्णय सहितको अधिकार सुनिश्चितका साथै सबै राजनीतिक दलहरुले उचित स्थानमा सुनिश्चित गरिनुपर्दछ ।
३. प्राग–ऐतिहासिक किरात कोइँच सुनुवार समुदायहरुको प्रयोग र नियन्त्रणमा रहेको प्राकृतिक स्रोत साधन (जल, जमिन, जंगल र खनिज) माथिको अग्राधिकार सुनिश्चित गरिनुपर्दछ ।
४. सिमान्तकृत आदिवासी किराती कोइँच सुनुवारको आर्थिक समृद्धिका लागि व्यवसायिक उत्पादनमूक क्षेत्रमा सामुहिक लगानीको लागि बैंक सुरक्षण गरिनुपर्दछ ।
५. सीमान्तकृत आदिवासी किराँती कोइँच सुनुवारको शैक्षिक विकासका लागि एक घर एक स्नातकोत्तर÷विद्यावारिधि अभियानमा राज्यले छात्रवृद्धि तथा विद्वत्तवृत्ति व्यवस्था गर्न विशेष शैक्षिक कोषको स्थापना गरिनुपर्दछ ।
६. किराँती कोइँच सुनुवार मातृभाषालाई राज्यले सरकारी कामकाजको भाषा बनाउनुपर्दछ ।
७. किराँती कोइँच सुनुवार मातृभाषा संरक्षणका लागि चलचित्र, गीत÷संगीत, कार्टुन तथा वृत्तचित्र निर्माणका लागि राज्यले विशेष पहल गर्नुपर्दछ ।
८. आदिवासी किरात कोइँच सुनुवार बालबालिका, महिला, अशक्त, अपांग तथा वृद्धवृद्धाहरुको सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले गरिनुपर्दछ ।
९. आदिवासी किरात कोइँच सुनुवार महिला सशक्तिकरणका लागि विशेष आरक्षणको व्यवस्था गरिनुपर्दछ ।
१०. आदिवासी किरात कोइँच सुनुवार महिलाको परम्परागत सीप क्षमताको विकासका लागि राज्यबाट विशेष व्यवस्था गरिनुपर्दछ ।
११. आदिवासी किराँती कोइँच सुनुवार यूवाहरुको रोजगार तथा स्वरोजगारको लागि राज्य तथा समाजले कोइँच कल्चुरल टुरिजम भिलेजलाई प्रवद्र्धन गरिनुपर्दछ ।
१२. विश्वभरि छरिएर रहेका किराती कोइँच सुनुवारको भाषिक, साँस्कृतिक संरक्षण तथा संवद्र्धन तथा आर्थिक समृद्धिका लागि आइ.एल.ओ. महासन्धि १६९ अनिवार्य लागु गरिनुपर्दछ ।
१३. आदिवासी किराती कोइँच सुनुवारको तथ्य सङ्कलन गरी सशक्तिकारण गरिनुपर्दछ ।

आदिवासी जनजातिको मानवाधिकार लागु गर्न गराउन हामी सबै विचार, तह र तप्काका आदिवासी किराती कोइँच सुनुवारहरु प्रतिवद्धता जाहेर गर्दछौं ।

मितिः २०७३ असोज ३ गते सोमबार
प्रतिवद्धता जनाउने संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुः
१. प्रदीपकुमार सुनुवार, नेपाली काँग्रेस
२. मा. यज्ञराज सुनुवार, नेकपा एमाले
३. विनोदकुमार सुनुवार, नेकपा माओवादी केन्द्र
४. मनप्रसाद सुनुवार, वल्लो किरात संघीय राज्य परिषद्
५. नवीनकुमार सुनुवार, संघीय समाजवादी फोरम, नेपाल
६. महेश कोर्मोचा, नयाँ शक्ति पार्टी, नेपाल
७. जंग सुनुवार, संघीय लिम्बुवान पार्टी
८. सुनुवार विद्यार्थी समाज, काठमाडौं
९. सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
१०. सुनुवार सेवा समाज जिल्ला, गाउँ र नगर समिति तथा विदेश शाखा
११. नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, काठमाडौं
१२. कोइँच पत्रकार समाज, इलाम
१३. भारतीय सुनुवार मुखिया समाज, दार्जिलिङ

रुखले किचेर मृत्यु

सुजाता सुनुवार, इलाम ।
इलामको देउमाई नगरपालिका ३ स्थित याक्सी भन्ने ठाउमा १ जना पुर्वशिक्षकको मृत्यु भएको छ । ६७ वर्षिय जयनिधि पराजुलीको रुखले किच्याएर मृत्यु भएको हो । विहिवार दिउसो ४ः३० मा घरनजिकैको अलैचिबारीमा रुख काट्ने क्रममा किच्याएर पराजुली घाइते हुनुभएको थियो  । पराजुलीको भारतको सिलगुडी स्थित नर्थ बङ्गाल न्युरो हस्पिटलमा मृत्यु भएको हो ।  मृतक पराजुली स्थानिय भानुदय प्रा विका पुर्व शिक्षक हुनुहुन्थ्यो  । मृतक पराजुलीका श्रीमती १ छोरा र २ छोरी छन् । मृतकको शवलाई अहिले इलाम अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई शव बुझाउने तयारी भैरहेको  छ  ।

आदिबासी जनजाति चलचित्र महासंघमा पुनः अमृतबहादुर सुनुवार अध्यक्षमा निर्वाचित ।

chalchitraसुनुवार डट ओआरजी समाचारदाता।
१८ भदौ, काठमाडौं । आदिबासी जनजाती चलचित्रकर्मीहरुको हक अधिकार तथा बिकासको साथै आदिबसीको सस्कृती पहिचान एवम जगेर्नाको निमित्त स्थापित आदिबासी जनजाति चलचित्र महासंघको चौथो महाधिवेशन सम्पन्न भएको छ । महादिधवेशनले पुनः अमृतबहादुर सुनुवारलाई अध्यक्षमा निर्वाचित गर्नुको साथै नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सृजना सुब्बा, युगबहादुर गुरुङ, बिकु थोकर, महासचिबमा पुर्खाजित राई, सचिबमा बिवश बुढा मगर, सिजिका माझी, र कोषाध्यक्षमा बिजेन्द्र बज्रचार्य निर्वाचित भएका छन् भने सहकोषाध्यक्ष पछि मनोनयन गरिने भएको छ ।

गीता सुनुवार वचाउ अभियानलाई थाँति

सुनुवार डट ओआरजी समाचारदाता ।
सुनुवार सेवा समाज, कोलबुङ गाउँसमितिका कोषाध्यक्ष टिका सुनुवारको श्रीमती गीता सुनुवारका लागि रु. १७७, ६७० सहयोग प्राप्त भएको छ । सुनुवार सेवा समाज जिल्ला समिति इलाम र कोल्बुङ गाउँ समितिको मिर्गौला पीडित गीता सुनुवारलाई सहयोग गर्न आव्हान गरे अनुसार सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका कोषाध्यक्ष रमा सुनुवारले चलाएको मृर्गौला पीडित गीता सुनुवार सहयोग अभियानका लागि उक्त रकम प्राप्त भएको हो ।
वि.पि.मेमोरियल अस्पताल धरानमा डाइलासिस गरिरहेको गीता सुनुवारलाई उक्त रकमले ३५ पटक डाइलसिस गर्न पुग्छ । हप्तमा दुईपटक डाइलसिस गर्दा पनि सो रकमले साँढे चार महिना डाइलसिस गर्न सहयोग पुग्ने भएको छ । चार महिनाभित्रमा उनको मृर्गौला फेर्न वैकल्पिक उपाय अप्नाउन सकिने सुसेस इलाम जिल्लाका अध्यक्ष तथा सुसेस केन्द्रीय उपाध्यक्ष किरण मुखिया सुनुवारले बताउनु भयो । उहाँ अगाडि थप्नुहुन्छ, सुनुवारलाई आपतविपत पर्दा सबै सुनुवार चुप लागेर बस्न सक्दैनन् । कुनै पनि सुनुवारलाई परेको चोट प्रति सुनुवारहरु सबैको मनमा चोट लागेको अनुभूत गर्नु सकारात्मक कुरा हो । यही अनुभूतिले मर्महत भएर देशविदेशबाट सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरुमा इलाम जिल्ला सुनुवार सेवा समाज तथा कोल्बुङ गाउँ समितिको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापनसहित गीता सुनुवार बचाउ अभियानलाई यहीँ थाँति राखेको जानकारी गराउँदछु । मृर्गौला प्रत्यारोपण गर्नको लागि आर्थिक अभाव भएको खण्डमा हामी फेरि पनि यहाँहरुको माया ममतालाई उच्चा कदर गर्दै सार्वजानिक आव्हान गर्ने छौं । Read More

इण्डिजिनिअस भ्वाइसका सञ्चालक देवकुमार सुनुवार पुरस्कृत ।

devपाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
२७ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वुारा आयोजित १७ औं स्थापना दिवसको अवसरमा अनलाइनतर्फ देवकुमार सुनुवार, छापातर्फ मीरा अमात्य राजभण्डारी र रेडियोतर्फ बुद्ध योन्जन तामाङ पुरस्कृत हुनुभएको छ । गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाको संयोजकत्वमा वरिष्ठ पत्रकार टिकाराम राई र फोनिजका निवर्तमान अध्यक्ष मोहनसिंह लामा सदस्य रहेको समितिले छनौंट गरी पुरस्कारका लागि शिफारिश गरेका थिए । सो पुरस्कार प्रात्येक वर्ष स्थापना दिवस र विश्व आदिवासी दिवसको अवसर पारेर वितरण गरिने राष्ट्रिय पुरस्कार हो ।

आगामी वर्षदेखि आदिवासी दिवस राज्यको तर्फबाट आयोजना गरिने : प्रधानमन्त्री प्रचण्ड

Indigenousपाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
काठमाडौं : २२औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व आदिवासी जनजाति दिवस आउँदो वर्षदेखि आदिवासी जनजाति संघसंस्थाहरुको समन्वयमा सरकारले मनाउने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा गरेको २२ औं विश्व आदिवासी जनजाति दिवसको कार्यक्रममा उनले यस दिवसलाई सरकारी मान्यता दिने बताएका हुन् । संयुक्त राष्ट्रसंघले नै आजको दिनलाई विश्व आदिवासी जनजाति दिवसको रुपमा घोषणा गरेको र नेपाल राष्ट्र संघको सदस्य भएकाले सरकारले मान्यता दिने बताएका हुन् । ‘म आदिवासी जनजाति, पछाडि पारिएका र सीमान्तकृतहरुका लागि लडेको भएकाले प्रधानमन्त्रीको हैसियतले यो घोषणा गर्छु कि आउँदो वर्षदेखि सरकार र आदिवासी संघसंस्थाको समन्वयमा यो दिवस मनाइन्छ’ उनले भने ।

सरकार गठन पूर्व नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति र मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधन र परिमार्जन गरी अधिकतम स्वीकार्य बनाउने प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने ‘यो संविधान संशोधन र परिमार्जन गरी अधिकतम स्वीकार्य बनाइ कार्यान्वयनको दिशामा जान्छ ।’ अहिले आफूलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति र पछाडि पारिएका समुदायको अपनत्व हुने संविधान बनाउनका लागि इमान्दारिता देखाउने बताए । ‘म तपाईहरुको आवाज र माग पूरा गर्न अधिकतम पहल गर्छु अहिले धेरै बोल्ने बेला होइन’ उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानले कुनैपनि जातजाति र भाषाभाषीमाथि विभेद नगरेको बताए । उनले नयाँ माग राख्नतिर भन्दा प्राप्त उपलब्धीकोे संरक्षण गर्न्तिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग आग्रह गरेका छन् । आदिवासी जनजातिहरुले संविधानको कार्यान्वयनमा सहयोगी भूमिका खेले पहिचान कायम गर्न कांग्रेसले सहयोग गर्ने उनले बताए । कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरुले जातीय पहिचानको विषयलाई नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । उनीहरुले प्रमुख दलका शिर्ष नेतामाथि एकल जातीयवादी बनेको आरोप समेत लगाएका छन् ।