Literature

now browsing by category

Literature, Songs, Poems

 

नाम राख्ने काम गरौं ।

-मुस्कान कोइँच रुपाच

एक सेकेण्डको जिन्दगीमा मरी लानु के छ र।
बाचुन्जेल आफु हाँशौ अरुलाइ पनि हसाँऔ।
आज हो कि भोली हो कसलाइ के थाहा छ र।
एकले अर्कालाइ नसताऔ दु:खी नबनाऔ।
हिड्दा हिड्दै बोल्दा बोल्दै कहा अन्त्ये हुन्छ।
त्येसैले साथी मरी गए पनि नाम रहने काम गरौ।

Share

जिन्दगीका अनगिन्ती मोडहरु

-रमेश ख्योम्पतिच
दु:खमा कल्पिदैछु म आज
सकिन मैले आफैलाई सम्हाल्न
चाहेर पनि पूरा गर्न सकिन मैले
हृदयको प्रगाढ चाहनालाई
जिन्दगीका अनगिन्ती मोडहरुमा
कर्म गर्न खोज्छु जति त्यति नै
हारेको महसुस हुन्छ मलाई
कसरी गरु म कर्मको थालनी
जति आँट र साहस गरे पनि
धोका र निराश सिवाय
केही पाउन सकिन
जिन्दगीका अनगिन्ती मोडहरुमा
हारेर नै विलाए सबै मनको उर्जाशत्ती
मलाई लाग्छ अब चाहेर पनि
उन्नतिको बाटोमा पाईलाहरु अनि
चाहनाहरु अग्रसर हुन सक्दैनन्
हो चाहेर पनि केही गर्न सकिन
जिन्दगीका अनगिन्ती मोडहरुमा !!

कुँबु, रामेछाप

Share

थेअ्नि

-नरबहादुर सुनुवार (सोम)

मुखियाकी छोरी
फेसबुकमा पोक हान्छे
मेरो मुटु छेड्ने गरि
धेरै नजिस्काउ मोरि
धनुषवाण मेरो नि छ

अशक्ति ममा नि छ
मनै त हो सबैको
कोइँच मौसुफको
फेला परौली नि फेरि।

सिन्धुली हाल कतार

 

 

Share

गजल

-मोमिलन सुनुवार

छामेर मुटुको चोट छातिमा राप थामी आएँ

विकट छनि यो संसार दुखव्यथा छानी आएँ।।

 

कोहि छन दरिद्र सपना नै नभएका पनि

सम्वृद्द कथा सुनाउदै जानि नजानी आएं।।

 

शत्रुछन धेरै पछाडि धकेल्न मात्रै जानेका

भोक र सोकले डुबेको ठाउँ यो ठानी आएँ।।

 

सबैको मानवता पसलको सामान सरह छ

फर्क ए ! नबेच इज्यत भन्दै तानितानी आएँ।।

 

अँध्यारो व्यावहारले हुन्छ वैरी आफै हो आफ्नो

आफू भित्रकै कालो मनलाई दोष मानी आएँ।।

 

खुलु-६ सैपु रामेछाप।

Share

जानिन

आँसु झार्नु बृहत पिडा हो!
उमंग मा पनि वेदना हुन्छ!
पिडामा साथ दिने आफ्नु जाती हुन्न!
वेदना पुछ्ने आफ्नै सन्तान हुन्छ!

जब पिल्छिएको हुन्छ चोटहरु
बजारिन्छ सपनाहरू बगरमा
झिनो आशा रहन्छ जिउने यता कता!
लखेटेर आउँछ भेल आफै तिर!

नियालेर हेर्छ माथी बाट प्रकृति
अनि विलीन हुन्छ मेरो आकृति
जब ठेल्छन तुफान हरुले मलाइ
हुत्तिएर सहमालिन सक्दिन यहाँ

मुख खोलिरहेको हुन्छन अजिङ्गर
तब तब त खुल्छ यी अन्धा नयन
जब खुल्छन ती परेली का तड्पाइ
ब्यबस्था गर्छु आफैले आफै लाई!

आँसु मा साथ दिने जाती हुन्न!
पीडा सहमाल्ने त सन्तान हुन्छ!
उमंग मा पनि वेदना को ताती हुन्छ!
जब पीडा सहन्छु यो मन रुन्छ!
जब अपहरण हुन्छ मेरो भबिस्य!

-पर्देशी (साइला)जोहन!

Share

दशैंको तीते करेली

–कोइँच बु काःतिच
पत्रकारिताको अर्थ सुझाउने धेरै छन् । तर जति स्वातन्त्र पत्रकारिताको कुरा गरिन्छ त्यतिकै पत्रकारले लेखेका समाचार निस्पक्ष भने हुँदैन । जसरी इतिहास जित्नेहरुको पक्षमा लेखिन्छ । त्यस्तै समाचार पनि मालिक, बाठा र पैसावालका पक्षमा लेखिन्छ । जतिसुकै निस्पक्ष लेख्छु भन्नेहरुले पनि अनन्त नुनको सोझा गरेर वास्ताविकतालाई चपरी मुनि पुर्ने काम गरेकै देखिन्छ ।
हो, दशैंको बेला विभिन्न पत्रपत्रिकाले दशैं विशेष अंक निकालेको देखियो । तर राज्यमा यतिका जनताले ६ महिनामा शाहदत प्राप्त गरे । सारा नेपालीले कष्ट भोग्नु प¥यो । आदिवासी जनजातिको यसभन्दा अगाडि प्राप्त अधिकार खोसियो तर न आदिवासी जनजातिको अधिकारलाई दशैं विशेष अंकले समेट्न सकेको छ न हाम्रा आदिवासी जनजाति खोल ओडेका नेताहरुलाई आदिवासीत्व बोध भएको छ । सबैको आ–आफ्नै डम्फु बजाउने होडबाजी छ । अन्ततः न डम्फु राम्रो बजाउन जान्नेहरुको डम्फुको ताल सर्वसाधारण जनताले सुन्न पाए न बेसुरा तालमा डम्फु बजाउनेको डम्फुको ताल जनताले राम्ररी सुन्न पाए । अखिरी जनतालाई डम्फुको मादकता कति हुन्छ ? अनुभूति गर्न नै दिइएन । यतिबेला राज्यको चौथो अंग र पब्लिक इन्टेलेक्चुयलहरुले संयतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्नुपथ्र्यो । त्यस्तो अनूूभुति कहिल्यै हुन सकेन ।

यसैले
विभिन्न वाद र विचारमा
विभिन्न आस्था र विश्वासमा
वर्षौं अघिको खोमित वचन ध्रुवसत्य मन्त्र जपेर
दासत्व स्वीकार्ने बौद्धिक गिदी सापटी लिएर
वाध्यताको भुमरीमा वैचारिक कारोबार गर्ने
हाम्रा पब्लिक इन्टेलेक्चुयलहरु
राज्यको चौथो अंगका सदस्यहरुबाट
जालझेल र धुत्र्यइँको यथास्थितिमा उन्मुक्तिको आशा राख्नु
भत्भति पोल्ने मध्यान्हको ङास्वा दिवा स्वप्न मात्र हो ।

तर,
वेथिति, स्वेच्छाचारिताका विषयामा
अलिकति मात्र असन्तुष्टि पोख्यो भने
यिनै संकीर्ण र यथास्थितिवादी
हाम्रा पब्लिक इन्टेलेक्चुयलहरु
राज्यको चौथो अंगका सदस्यहरुका
अन्धभक्त चेला विभिषणहरुको मन अचाक्ली कुँडिन्छ
प्रभु भक्तिमा चोट लाग्छ र थुतुना फर्फराउन थाल्छन्
अनि रावणको शिर छेदन गर्ने शक्तिशाली तीर बनेर वर्षिन्छन्
ठाङ्ठाङ् ठुङ्डुङ्
फिउ फिउ फाउ फाउ
सुईँय्या स्विप स्याँ …
सिरिरि रगतका छर्राले ल्याछेप्पै भिज्दा
लाग्छ विभिषणहरु मर्यादापुरुषोत्तम राम नै हुन्
रावण मारेर रक्तताम्य विजयोत्सव मानिरहेका छन् ।

Share

इँचिकाः कोइँच सासि मुक-दुम

-कोइँचबु काःतिच -उत्तम)

१. मुरु चोइ-ति

ङोइति एको सोर-लुमुदिमि माराइ मानाम-नाति । तेकोइ सिखि-गुरो, तास-ला, सोर-लु माबाअÞबामाता । केरा सि-सि ता-ता शेत-थि सारिङ खेसुमुसु ला ।  खेसुमुसु रागिमि इँअिा थुँमि थुङ बोता । मेको थुङमि ख्लिँख्लिर पोअÞतु । ख्लिँख्लिर काःथा काःथा मुद, तेम, पोम/हिम-दो दोर-दो, साया/ताया, सोम बोता । नेल-लि गिफाकाः दुम-शा सोत-लु इत-लुआ बानाबोता । मेको सोत-लु इत-लु/जोलापुँखिले मुकासुखिकासु बोता । मुकासुखिकासुला मुँलिलिँखि बोता । मुँलिलिँखिआ गे ताशा इँगिले ओ हो हो हो … देँशो साङ हाम-सो दुर-दा ग्लुःता । दुर-दा थुङला तारासारिङ-गि होपोमुकासि बोता । तारासारिङ-गिला थिसोच, थिसोचला फाइशि, फाइशिला ङालिताँखि, ङालिताँखिला चेरोमि, चेरोमिला गाल-शो, गाल-शोला मुक-बÞाकु, मुक-बÞाकुला निरि, निरिला सुबुअिÞसा होपोमुकासि बोता । मुँलिलिँखिके साँ थुङ बुइशि लाँ थाथा, लाल लाँ बुसा, केर लाँ हासा बानाबोत । थाथाला ताया सेँ, बुसाला थुँ, पोम/हिम-दो दोर-दो हासाल, थानालु बोत । इँगिमि होपोमुकासिमि सोत-लु इत-लुला तान-वालु बोइश-शा बुसामि हिम-दो दोर-दो प्लिँताउ । मोदे हिम-दोदोर-दो प्लिँसे नोले आम आँमिमिन खोर-मुदित-मु दुम-शा साँफिलिँफि बÞाक-राक जोल-ता । मेको साँफिलिँफि बाक-राकुमि सिँताखिसा वोल-शि पा बाअÞता । सिँताखिसाके सोदुइदु शिवोरला सोरि होर होर पा ब्लाता । ओँदे सोरिकालि इँगिमि आम जोअÞसदुम-सि प्लोइँतु । सोरिकालि क्याःता काः नु हिम-दो दोर-दो काःमि हिप-शिरेला गाअÞना गाअÞना पाशो ताशा इँगिमि कुयामोदियामोआ चिङ-गा तामतेमे । मिनु मेको सोरिकालि बुबोर पेबोर पुअÞचा दुम-ता । बुबोरपेबोरला सोरि इ-इमचिलि मिज-रि विम-रि मिराक, नारेच, बारेच, राँकोच खोदेँशो दुम-तेमे । इशि-काः थोचेकोम-थि साँफिलिँफि बÞाक-राकमि वोल-शि पा बाअÞता । तान-वालुनु मिज-रिबिम-रिपुकिमि आँमआँमिमि किमुमानु इशिकाः तायाताँखिन नुप-शा योल-ता । गिशिमि आमकेन राइच-चि पाचा सिखिगुरो दुम-ता ओँत-थिएरि ।

इशिका सिखिगुरोके यो राइचङाल-सि वाँमनिम पोम-दोकिम-दो सेल साँमा । इँगिमि मिज-रिबिम-रिकालि लेँसो-पाः आँम आँमिमि हिम-सि ग्याइँशिरेला पा राम-शिकिम-शि पामुशो ताशा मेकोआनकाः नापोथार पाचा आनिलासिरि नेः पाइश-शो सोअÞति चोल-चा दुम-ता । पोम सुर-चा मिनु साँफिलिँफि आँखा पा सुर-ना सुर-ना गाम-शा योल-ता । पोम सुर-मे नोले गिगि गिम-गिम सारिङ ताइँसाउ । मिनु होहो होर-होर मिज-रिबिम-रि राँकोचआ पोम-दो किम-दो तानाता किःमुशा दाम-मुम-तेमे । शेर-दालु, यार-दालु, यामालु, वाशेरेलु, गोर-मारेलुपुकि गार-शो सुबु/खादिमुदि/खारिङ रागि गाल-जोलमि जिश-शा ताइँसाउ । खादिमुदि, खारिङ रागि कालि बÞाक-राकुमि सेअÞबेर पा प्लाप-साला पाशो ताशा चेबारि, चेःसिबारि, चुकुबारि, बिन-दुबारि, लावाबारि फ्लिप-शा आम पाँतोस पार-मोसिरि/ताया/सायारिप-चि सेल-शा खारिङ ग्योम-तेक आथार-रिफार गेचा दुम-ता । सुबु रागिकालि साँफिलिँफिला ग्लुइना ग्लुइँना पाशो खेममिन कुयामो दियामोमि हाँगोकालि गिलतासे । मोदे कुयामोदियामोमि हाँगो गिल-शा आम पोःपे चेल-शो ताशा थुङला सारिङमि राँकोच रुमुहोपोआ ताउ बुइशि थाथा दुमा पारुहोपो सेल-चा दुम-ता मोपान सुसि/फाइश-शिआ तामि लाल बुसा ग्लुमा सुम-निमामा सेल-चा दुम-ता । पारुहोपो सुम-निमामाकालि कोबा सिखारि बायाबेदा यो सेल-चा दुम-ता आनिलासिरि नु पार-मोसिरिमि । पारुहोपो नु सुम-निमामाके कुयामो दियामो नु राम-शि दुम-ता । मोदे राम-शि पाम-सेनु ब्लाःशा खेरा पाम-तासे कुयामो दियामोकालि । मिनु ते ते कुयामो दियामो प्लोअÞना प्लोअÞन लासा मेकेरे केरा पा नादा दुम-ता तेकेरे पारुहोपो नु सुम-निमामामि हाअÞना हाअÞन योल-सा मेकेरे नाअÞति दुम-ता । Read More

Share