All about Sunuwar

Archives

now browsing by author

 

सुनुवार विद्यार्थीद्वारा भित्तेपात्रो सार्वजनिक

यालाखोम । सुनुवार विद्यार्थी समाजद्वारा प्रकाशित वार्षिक भित्तेपात्रो एक समारोहकाबीच सार्वजनिक गरियो । उक्त समारोहका प्रमुख अतिथि माननीय सभासद श्रीमती दालकुमारी सुनुवार सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारलगायत नेकपा एमाले ओखलढुङ्गा जिल्ला अध्यक्ष यज्ञराज सनुवार नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवार र किरात राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष सुवराज सुनुवारको उपस्थिति थियो ।
उक्त समारोहमा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले आ-आफ्नो पार्टीको विचार व्यक्त गर्दै सुनुवार सेवा समाजमा विभिन्न विचार बोकेका आम सुनुवारहरु अट्नुपर्ने कुरा राखेका थिए । संविधान निर्माणलगायत संघीय राज्यबारे प्रत्येक राजनीतिक दलको आ-आफ्नै विचार र नीति भएको कारणले हामी आदिवासी जनजातिले पाउनुपर्ने हक अधिकारसम्बन्धी बहसलाई अगाडि बढाउन नसकेको कुरा स्थानीय नेताहरुले व्यक्त गरेका थिए ।
उक्त समारोहमा रामेछाप जिल्ला हिमगंगा गाविसस्थित शोभादेवी सुनुवारको घरमा आगो लागेर नष्ट भएकोले तत्काल सहयोगस्वरुप सुनुवार विद्यार्थी समाजले उठाएको रु। ९०६५ नौहजार पैसट्ठी सुनुवार सेवा समाज परोपकार विभागअन्तर्गत जिल्ला समिति रामेछापलाई हस्तान्तरण गरिएको छ ।

दाऊ दाऊ दाऊ

-कोइँचबु काःतिच (उत्तम)
दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…!
तर्सिएका आस्थाका पर्खालहरू
लगलग कामेर आँत्तिदाखेरी
बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी,
का˜तीच पोइँबो सानेलाई ।
दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…! Read More

कोइँच विद्यार्थीले वाषिर्क पात्रो र्सार्वजानिक गर्दै

सुनुवार डट ओआरजि समाचारदाता
३ चैत्र, यालाखोम । हिन्दु ज्योतिषशास्त्रानुसारको नयाँ वर्ष२०६९ को उपालक्ष्यमा सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले यही चैत्र ४ गते भोलि शनिवार वाषिर्क कोइँच भित्तेपात्रो र्सार्वजानिक गर्ने भएको छ । कोइँचहरुको आफ्नै नयाँ वर्ष हिन्दू ज्योतिषशास्त्रको माघ महिनको समयमा ङारिच महिनाबाट शुरु हुन्छ । अहिले येले थोचे ५०७२ चलीरहेको छ । तर प्रशासनिकरुपमा राज्यले अझै पनि एक धर्म, एक जाति, एक संस्कृति र एक भाषालाई वढावा दिई रहेको हुँदा वैशाख महिनालाई नै नयाँ वर्षो पहिलो महिना मान्न आम नेपाली विवश छन् । जसको कारण कोइँचहरु आफैं पनि आफ्नो नयाँ वर्षवारे अनभिज्ञ देखिन्छन् । मुख्यतः कोइँचको आफ्नै पेवा सञ्चार नभएको हुँदा पनि यस्तो भएको हो । प्रकाशित सो वाषिर्क पात्रोले कोइँचहरुले मान्ने विभिन्न चाड तथा महत्वपूर्न तीथिमितिहरु रहेको हुँदा कोइँच पहिचान स्थापित गर्न महत्वपूर्न भूमिका निर्वाह गर्नेछ । कोइँच पहिचान खुल्ने गरी साथीहरुले मिहीनेतको साथ पात्रो निर्माण गरेका छन् । यसै सर्न्दर्भमा केही विचार मन्थन होस्, छलफल रहोस, अन्तरक्रिया होस् भनेर शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम पनि राखेका छौं, सुविस अध्यक्ष सुदिप सुनुवारले बताउनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रम भोलि शनिवार, चैत्र ४ गते, दिउँसो ११. बजे सुनुवार सेवा समाजको भवन हल कोटेश्वरमा हुँदै छ । यस कार्यक्रममा सहभागी हुन सम्पूर्न विद्यार्थी तथा कोइँचहरुलाई सुनुवार विद्यार्थी समाजले हार्दिक अनुरोध पनि गरेको छ ।

वल्लो किरातवासी किरातीहरु पहिचानको खोजीमा उत्रे

सुनुवार डट ओआरजि समाचारदाता
१ चैत्र, यालाखोम । आफ्नो पहिचन स्थापित गर्न वल्लो किरातवासी किरातीहरु (कोइँच, बाहिङ, खालिङ, थुलुङ, सुरेल, जिरेल, थामी, हायु, जेरो) एक जुट भएर जागेका छन् । इतिहासमा वल्लो किरातको किरातीहरु भागेर दक्षिणा लागेकोले समातिएका तथा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्दा वल्लो किरात फत्या भया भन्ने लिखतहरु पाउन सकिन्छ । Read More

पीडित तिलकलाई क्षतिपूर्ति तर प्रहरी प्रशासन उम्क्यो

कोइँचबु काःतिच/समीर मुखिया सुनुवार
३० फागुन, यालाखोम । आफ्नै घरको आँगनमा प्रहरीले पानी छेपेर मरासन्न हुने गरे पीटिएका पीडित तिलकबहादुर सुनुवारले सत्ताइस हजार नगद क्षतिपूर्ति पाउने भएका छन् । छिमेकी अर्जुन बस्नेतसँग जग्गा साँधको विषयमा भएको भनाभनको आधार लिएर तिलकबहादुरको घर पुगेका प्रहरीले लघारीलघारी उनलाई पिटेका थिए । प्रहरीको पिर्टाईले गम्भीर घाइँते भएका तिलकबहादुर सुनुवार, ललितपुर गोर्को स्थित बी एण्ड बी अस्पतालमा भर्ना भई उपचार गरेर गाउँ पुगेपछि पीडित पक्ष र प्रहरी वीच फागनु २७ गते लिखितरुपमा निर्ण्रय गरी उक्त क्षतिपूर्ति दिर्ने सहमति भएको हो । प्रहरीले पीडित तिलकबहादुर सुनुवार आपै+m लडेर खुट्टा मर्काएको, सामान्य वल मात्र प्रयोग गरेकोले क्षतिपूर्ति दिने र माफी माग्न नसकिने अडान लिएपछि २७ गते साँझ छ बजे वार्ता भंग भएको थियो । Read More

निरन्तरता

-कोइँचबु काःतिच
आँशुका नदी
जिन्दगीले फड्को मार्दा मार्दा
एक दिन त भेलले भेटी त गो । Read More

निकट भविश्यमा कोइँच रागिमा एफ एम रेडियो स्टेशन स्थापना हुँदै

चुपलु दामलोच
२९ फागुन, यालाखोम । अब निकट भविश्यमा चुप्लु फाउण्डेशनले ९१ पोइन्ट ३ मेगाहर्जको रेडियो लिकुखिमकु स्थापना गर्दै छ । कोइँच -सुनुवार) बस्तीमा आधुनिक सूचना सञ्चारको माध्यम छैन । भए पनि खसबाहुनकै हलीमुहली भएको र उनैको पृष्ठपोषण गर्ने सञ्चार मात्र । कोइँच भाषाको किङलो चुप्लु रेडियो कार्यक्रम चलाउँदै आएको तीन वर्षपुग्दा नपुग्दै अब कोइँच दाजुभाई दिदीबहिनीको निम्ती समर्पित रेडियो स्टेशन कोइँच बस्तीमा बन्दै छ । आम कोइँचले अरुको लागि रगत पसिना बगायौं । Read More