All about Sunuwar

Archives

now browsing by author

 

अग्नि पीडित शोभादेवी सुनुवारलाई सहयोग

चुप्लु दामलोच
१६ चैत्र, यालाखोम । इजरायलमा रहनु भएकी, सुनुवार सेवा समाजका पूर्व सदस्य, सुनुवार महिला समाजका संस्थापक कोषाध्यक्ष तथा उपाध्यक्ष कविता सुनुवारले रु. दश हजार नगद रामेछाप हिमागंगा गा.वि.स.की अग्निपीडित शोभादेवी सुनुवारलाई सहयोग गर्नु भएको छ । सो सहयोग रकम आज सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई आमा भक्तमाला सुनुवारले हस्तान्तरण गर्नु भएको छ । ‘आदिवासी कोइँच (सुनुवार) ले कतै पनि सहयोगको भीख मागेर भौतरिनु नपरोस् । अरुको मुख ताक्नु नपरोस् । जसको लागि सबै कोइँच मिलेर सुनुवार सेवा समाज मातहतमा वा एक स्वतन्त्र परोपकार अक्षय कोष स्थापना गर्ने र सोही संस्था मार्पmत सबै दैवी वा प्राकृतिक प्रकोपमा भैपरी आउने दुर्घटनामा सहयोग गर्न सकियोस् भन्ने आफ्नो चाहना रहेको छ । यसको लागि सबैमा ऐक्यता जनाउन पनि आव्हान गर्छु ।’ सहयोग गर्ने क्रममा उहाँले बताउनुभयो । Read More

एकदशकीय एकै शैलीको कोइँच लोः कविता वाचन क्रम भंग

दिश दारश-शो आँ प्लेतति !
– प्रेम सुनुवार (थाङराअच आसोक)
हायुः आइदि पुँमि लिकु शोलोलो
आइत-था पियामि लापचानेआ थुमकि
आ हा दिश दारश-शो आँ प्लेतति !
Read More

कतारबाट राजु सुनुवारले पठाउनु भएको गजल

कोइँच पहिचानको लागि साहित्य र सञ्चार नारा सहित चुप्लुमि शारिरेँसो कार्यक्रमको लागि कतारबाट राजु सुनुवारले पठाउनु भएको यो गजल ।

जिबन् अति मिठो तर, निर्दयी छ काल यहाँ,
जिउने रहर् हुँदा हुँदै, मृत्यु को नै जाल यहाँ l Read More

मृगतृष्णा

समयको कुनै विन्दुमा

उष्णताले छोपिएको

सपनाको महलभित्र

सुन्दर भविश्य खोज्न

जिवन संघर्षका पटाङ्गिहरुमा

रहरका बिस्कुन सुकाउँदै

बाँचिरहेको एउटा यायावर Read More

कविता वाचन तथा छोटा फिल्म देखाइयो ।

सुनुवार डट ओआरजि समाचारदाता
११ चैत्र, यालाखोम । चुप्लु समाज (कोइँच चुप्लु), सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार विद्यार्थी समाज, संस्कृति तथा अनुसन्धान विभाग, सुनुवार सेवा समाजले आयोजना गरेको कोइँच पहिचानको लागि भाषा, कला, साहित्य, मनोरञ्जन र सञ्चार मूल नारा सहित कविता वाचन तथा छोटा फिल्म देखाइयो । Read More

स्थानीय विकास मन्त्रालयको पत्र जिल्ला विकास समितिलाई

च.नं. ३३३
लक्षित समूह विकास कार्यक्रम सम्बन्धमा
श्री जिल्ला विकास समितिको कार्यालय
सबै (७५ वटै)
प्रस्तुत विषयमा जिल्ला विकास समिति अनुदान सञ्चालन कार्यविति, २०६७ र गाउँ विकास समिति अनुदान सञ्चालन कार्यविधि, २०६७ को दफा ११ -३) मा लक्षित समूहलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम/आयोजनामा लगानी हुने गरी बजेट विनियोजना गर्नुपर्ने व्यवस्था बारे अवगत नै छ । यस सम्बन्धमा आदिवासी/जनजातिको लागि बजेट वितरण नगरिएको गुनासो आएको भनी नेपाल आदिवासी जनजाति महासंघको मिति ०२८/९/२९ को पत्रबाट लेखी आएको हुनाले परिषद्बाट लक्षित समूह विकास कार्यक्रम स्वीकृत गर्दा उक्त कार्यविधिमा व्यवस्था भए बमोजिम आवश्यक व्यवस्था हुन निर्देशाननुसार अनुरोध गरिन्छ ।
डालविक्रम कँडेल
शाखा अधिकृत
२०६८ फागुन ५
बोधार्थः
नेपाल आदिवासी जनजाति महासंघ

कोइँच सर्जकहरुलाई आफ्नो सिर्जना लिएर उपस्थित हुन हार्दिक अनुराध

कोइँच पहिचानको लागि साहित्य, सञ्चार र मनोरञ्जन ।यही मूल मन्त्र बोकेर कोइँच चुप्लु (चुप्लु समाज) ले अगाडि सारेको अभियान लागभग अब आधा दशक कटीसकेको छ । अहिले यसले मर्ुतरुप लिइसकेको पनि । अब यही ११ गते सनिवार सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार विद्यार्थी समाज, सुनुवार डट ओआरजिको संयुक्त पहलमा चुपलुमि कोइँच शारिरेँसो कार्यक्रम हुँदै छ । सम्पर्ण्ा कोइँच सर्जकहरुलाई आफ्नो सिर्जना लिएर उपस्थित हुन हार्दिक अनुराध छ ।
समय : दिनको ११। बजे
२०६८ साल चैत्र ११ गते शनिवार
कार्यक्रम संयोजक
इन्द्रसेन सुनुवार
सचिव, सुनुवार विद्यार्थी समाज
कोटेश्वर, काठमाडौं ।
सुनुवार डट ओआरजि, दुरदा डट कम, कोइँच चुप्लु (चुप्लु समाज)