All about Sunuwar

Archives

now browsing by author

 

भूजीका अहेवा, प्लेततिका प्रहरी र अर्जुन बस्नेतबाट पीडितहरुले कुनै क्षतिपर्ूर्ति पाएनन्

चुप्लु दाम्लोच समाचार विश्लेषण
२७ फागुन, यालाखोम । २१ गते बसेको वार्ताले कुनै निश्कर्षननिकालेकाले आज बसेको वार्तामा पिडीत तिलकबहादुर सुनुवारलाई प्रहरी र अर्जुन बस्नेतले क्षतिपर्ूर्ति नदिने भए । भर्खरै प्राप्त समाचार अनुसार अस्तिको मौखिक सहमतिमा पिडीत उपचार गरी गाउँ पुगे पछि गम्भीर रुपमा वार्ता गर्ने टुँगो भएको थियो । तर आज त्यो सहमति उलंघन भएको छ । कोइँच (सुनुवार) हरुलाई राज्य प्रशासनले हेपेको इतिहास त २४० वर्षअगाडिकै हो । Read More

आदिवासी विद्यार्थीहरुको नेतृत्व गर्न कोइँच विद्यार्थी जर्ुर्मुराए

सुनुवार डट ओआरजि समाचारदाता
२६ फागुन, यालाखोम । तेस्रो सम्मेलन पछाडि विभिन्न परिस्थितिले गर्दा सेलाउन पुगेको सुनुवार विद्यार्थी समाज (सुविस) को चौथो सम्मेलन पस्चात पुनः जर्ुर्मुराउन थालेको छ । आज नेपाल आदिवास जनजाति विद्यार्थी महासंघ काठमाडौं जिल्ला परिषदमा तिलक सुनुवार सहसचिव पदमा निर्वाचित भएका छन् । Read More

कोइँच (सुनुवार) वस्तीमा स्वास्थ्यकर्मीको लापरवाही

चुपलु दामलोच
२६ फागुन, यालाखोम । कोइँच (सुनुवार) वस्तीमा अहिले स्वास्थ्यकर्मीको गम्भीर लापरवाही भएको छ । बुज (भूजी) गा.वि.स वडा नं. ७ सिम्लेकी २५ रेसिना सुनुवारको ब्लुक्रस अस्पताल, त्रिपुरेश्वरमा उपचार गर्दा गर्दै हिजो बेलुकी मृत्यु भयो । फागुन १६ गते बेलुकी भुजी उप स्वास्थ्य चौकीमा प्रसुतीको लागि भर्ना भएकी रेसिना सुनुवारलाई अहेव भरत महतोले भर्ना लिई बिपी हाइ भएको अबस्थामा पनि एक इन्जेक्सन (के को हो थाहा नभएको) दिई प्रसुती हुने विश्वासता गराएपछि घर फर्केको उनका शिउ (ससुरा) शेरबहादुर सुनुवारले बताउँदै १७ गते प्रसुती गराउन नसक्ने जनकारी गराएपछि काठमाडौं ल्याएको जानकारी गराउनु भयो । Read More

कोइँच (सुनुवार) हरुलाई डिएसपिको धम्की : घटना ज्यान मार्ने नियत

चुप्लु दामलोच
२१ फागुन, यालाखोम । रामेछाप जिल्ला प्रिती चौकीका प्रहरीले तिलकबहादुर सुनुवारलाई आँगनमा सुतेको अवस्थामै पानी छ्यापेर हस्पिटल भर्ना गर्ने गरी प्रहरी हवल्दार लगायत प्रहरी जवानले कुटेको सर्न्दर्भमा चौकी घर्ेना पुगेका आम जिल्लावासी कोइँच (सुनुवार) लाई डिएसपी सञ्जीव शर्माले फोन मार्फत धम्की दिएका छन् । जग्गाको साँधको विवाद सम्बन्धमा वादविवद हुँदा अर्जुन बस्नेतको पक्ष लागेर रामेछाप जिल्ला प्रिती गाउँ विकास समिति वडा नं. ४ सेरथे खोला निवासी तिलकबहादुर सुनुवारलाई चार प्रहरीले घरमै कुटपिट गरेका थिए । Read More

सिल पाउ फारपुले सिल पाउ, बोक हाइ बुरकेलि बोक हाइ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण

कोइँचबु काःतिच
गत माघ महिनाको एक साँझ । चक्रपथको थसिखेल खण्डबाट १०० मिटर पर नाखीपोट जाने शाखा रोडको फुटपाथमा हामी कोरमोच पाम, बुजिच सङखु, क्युइँतिच साथिर र म, कोइँचबु काःतिच । विपरित दिशाको झम्काभेटले कुराकानी गरिरहेका थियौं । त्यो थलोमा थापिना आइपुगे पुमा प्रविन, नव प्रतिभाशाली किराती नाटककार तथा कलाकार ।
मेरो किरात मुन्धुम मिथक पढ्नु भयो ? सोधनी भयो । Read More

ऐतिहासिक सम्मेलन : पहिचानको राजनीतिमा प्रतिवद्ध सुनुवार सेवा समाज

सुनुवार डट ओआरजि समाचारदाता

१९ फागुन, यालाखोम । रमेशकुमार सुनुवार -कुँबुकास्थली) को अध्यक्षतामा १३ सदस्यीय सुनुवार सेवा समाज रामेछाप जिल्ला कार्य समिति गठान भएको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरुमा क्रमशाः निम्नानुसार गाविसबाट प्रतिनिधित्व भएको छ : पुण्य सुनुवार (भीरपानी), चन्द्रबहादुर सुनुवार (फर्पु), मेनुका सुनुवार (भूजि), प्रवीन सुनुवार (बेताली), घण्टीकादेवी सुनुवार -दुरागाउँ), नम्रता सुनुवार, नामरु (सैपु), कृष्णबहादुर सुनुवार (गुप्तेश्वर), तोरणबहादुर सुनुवार (राशनाइलु), चन्द्रबहादुर सुनुवार (प्रिती), खेटबहादुर सुनुवार (मन्थली), उजरसिंह सुनुवार (हिमागंगा), विमला सुनुवार (नामाडी) । जिताजित प्रणाली अनुसार कोही पनि नहार्ने र वहिस्करणमा नपर्ने समन्यायिकरुपमा निवार्चन गरिएको थियो । Read More

सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको प्रथम सम्मेलन सम्पन्न

चुप्लु दामलोच
१७ फागुन, मन्थली रामेछाप । आज रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । राशनाइलु, कुँबु काँस्थली, फर्पु, भूजी, गुप्तेश्वर, दुरागाउँ, सैपु, प्लेतति, नामाडी, बेताली, हिमागंगा, भिरपानी गाविसका प्रतिनिधि सदस्यहरुले जिताजित निर्वाचन प्रणाली अनुसार एक जना सदस्य जिल्ला कार्य समितिको प्रथम बैठकले छनौट गर्ने गरी रमेशकुमार सुनुवारको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।