All about Sunuwar

Archives

now browsing by author

 

निरन्तरता

-कोइँचबु काःतिच
आँशुका नदी
जिन्दगीले फड्को मार्दा मार्दा
एक दिन त भेलले भेटी त गो । Read More

निकट भविश्यमा कोइँच रागिमा एफ एम रेडियो स्टेशन स्थापना हुँदै

चुपलु दामलोच
२९ फागुन, यालाखोम । अब निकट भविश्यमा चुप्लु फाउण्डेशनले ९१ पोइन्ट ३ मेगाहर्जको रेडियो लिकुखिमकु स्थापना गर्दै छ । कोइँच -सुनुवार) बस्तीमा आधुनिक सूचना सञ्चारको माध्यम छैन । भए पनि खसबाहुनकै हलीमुहली भएको र उनैको पृष्ठपोषण गर्ने सञ्चार मात्र । कोइँच भाषाको किङलो चुप्लु रेडियो कार्यक्रम चलाउँदै आएको तीन वर्षपुग्दा नपुग्दै अब कोइँच दाजुभाई दिदीबहिनीको निम्ती समर्पित रेडियो स्टेशन कोइँच बस्तीमा बन्दै छ । आम कोइँचले अरुको लागि रगत पसिना बगायौं । Read More

भूजीका अहेवा, प्लेततिका प्रहरी र अर्जुन बस्नेतबाट पीडितहरुले कुनै क्षतिपर्ूर्ति पाएनन्

चुप्लु दाम्लोच समाचार विश्लेषण
२७ फागुन, यालाखोम । २१ गते बसेको वार्ताले कुनै निश्कर्षननिकालेकाले आज बसेको वार्तामा पिडीत तिलकबहादुर सुनुवारलाई प्रहरी र अर्जुन बस्नेतले क्षतिपर्ूर्ति नदिने भए । भर्खरै प्राप्त समाचार अनुसार अस्तिको मौखिक सहमतिमा पिडीत उपचार गरी गाउँ पुगे पछि गम्भीर रुपमा वार्ता गर्ने टुँगो भएको थियो । तर आज त्यो सहमति उलंघन भएको छ । कोइँच (सुनुवार) हरुलाई राज्य प्रशासनले हेपेको इतिहास त २४० वर्षअगाडिकै हो । Read More

आदिवासी विद्यार्थीहरुको नेतृत्व गर्न कोइँच विद्यार्थी जर्ुर्मुराए

सुनुवार डट ओआरजि समाचारदाता
२६ फागुन, यालाखोम । तेस्रो सम्मेलन पछाडि विभिन्न परिस्थितिले गर्दा सेलाउन पुगेको सुनुवार विद्यार्थी समाज (सुविस) को चौथो सम्मेलन पस्चात पुनः जर्ुर्मुराउन थालेको छ । आज नेपाल आदिवास जनजाति विद्यार्थी महासंघ काठमाडौं जिल्ला परिषदमा तिलक सुनुवार सहसचिव पदमा निर्वाचित भएका छन् । Read More

कोइँच (सुनुवार) वस्तीमा स्वास्थ्यकर्मीको लापरवाही

चुपलु दामलोच
२६ फागुन, यालाखोम । कोइँच (सुनुवार) वस्तीमा अहिले स्वास्थ्यकर्मीको गम्भीर लापरवाही भएको छ । बुज (भूजी) गा.वि.स वडा नं. ७ सिम्लेकी २५ रेसिना सुनुवारको ब्लुक्रस अस्पताल, त्रिपुरेश्वरमा उपचार गर्दा गर्दै हिजो बेलुकी मृत्यु भयो । फागुन १६ गते बेलुकी भुजी उप स्वास्थ्य चौकीमा प्रसुतीको लागि भर्ना भएकी रेसिना सुनुवारलाई अहेव भरत महतोले भर्ना लिई बिपी हाइ भएको अबस्थामा पनि एक इन्जेक्सन (के को हो थाहा नभएको) दिई प्रसुती हुने विश्वासता गराएपछि घर फर्केको उनका शिउ (ससुरा) शेरबहादुर सुनुवारले बताउँदै १७ गते प्रसुती गराउन नसक्ने जनकारी गराएपछि काठमाडौं ल्याएको जानकारी गराउनु भयो । Read More

कोइँच (सुनुवार) हरुलाई डिएसपिको धम्की : घटना ज्यान मार्ने नियत

चुप्लु दामलोच
२१ फागुन, यालाखोम । रामेछाप जिल्ला प्रिती चौकीका प्रहरीले तिलकबहादुर सुनुवारलाई आँगनमा सुतेको अवस्थामै पानी छ्यापेर हस्पिटल भर्ना गर्ने गरी प्रहरी हवल्दार लगायत प्रहरी जवानले कुटेको सर्न्दर्भमा चौकी घर्ेना पुगेका आम जिल्लावासी कोइँच (सुनुवार) लाई डिएसपी सञ्जीव शर्माले फोन मार्फत धम्की दिएका छन् । जग्गाको साँधको विवाद सम्बन्धमा वादविवद हुँदा अर्जुन बस्नेतको पक्ष लागेर रामेछाप जिल्ला प्रिती गाउँ विकास समिति वडा नं. ४ सेरथे खोला निवासी तिलकबहादुर सुनुवारलाई चार प्रहरीले घरमै कुटपिट गरेका थिए । Read More

सिल पाउ फारपुले सिल पाउ, बोक हाइ बुरकेलि बोक हाइ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण

कोइँचबु काःतिच
गत माघ महिनाको एक साँझ । चक्रपथको थसिखेल खण्डबाट १०० मिटर पर नाखीपोट जाने शाखा रोडको फुटपाथमा हामी कोरमोच पाम, बुजिच सङखु, क्युइँतिच साथिर र म, कोइँचबु काःतिच । विपरित दिशाको झम्काभेटले कुराकानी गरिरहेका थियौं । त्यो थलोमा थापिना आइपुगे पुमा प्रविन, नव प्रतिभाशाली किराती नाटककार तथा कलाकार ।
मेरो किरात मुन्धुम मिथक पढ्नु भयो ? सोधनी भयो । Read More