All about Sunuwar

निकट भविश्यमा कोइँच रागिमा एफ एम रेडियो स्टेशन स्थापना हुँदै

चुपलु दामलोच
२९ फागुन, यालाखोम । अब निकट भविश्यमा चुप्लु फाउण्डेशनले ९१ पोइन्ट ३ मेगाहर्जको रेडियो लिकुखिमकु स्थापना गर्दै छ । कोइँच -सुनुवार) बस्तीमा आधुनिक सूचना सञ्चारको माध्यम छैन । भए पनि खसबाहुनकै हलीमुहली भएको र उनैको पृष्ठपोषण गर्ने सञ्चार मात्र । कोइँच भाषाको किङलो चुप्लु रेडियो कार्यक्रम चलाउँदै आएको तीन वर्षपुग्दा नपुग्दै अब कोइँच दाजुभाई दिदीबहिनीको निम्ती समर्पित रेडियो स्टेशन कोइँच बस्तीमा बन्दै छ । आम कोइँचले अरुको लागि रगत पसिना बगायौं । अरुकै उन्नतिमा रमायौं । अरुकै गुणगान गायौं अब आफ्नै बलबुताको सञ्चारमाध्यमलाई लगानी गरौं । माया गरौं । सहयोग, सूझाव र लगानी गरौं । काम पनि आपै+m गरौं । आम्दानी पनि आपै+m खाऔं । सेवा पनि आफ्नै समुदाय र गाउँबस्तीको लागि गरौं । चुप्लु फाउण्डेशनको उद्देश्य रहेको फाउण्डेशनका एक सदस्यले बताउनु भयो । यो रेडियो पत्रकारितामा लाग्ने कोइँच साथीहरुको संयुक्त पहलमा स्थापना हुँदै छ । साथसाथै अब किङलो चुप्लु सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम तत्काल केही समयमा नै विश्वभरि छारिएर रहेका कोइँचहरुको लागि अनलाईन लाइभ प्रसारण हुँदै छ । यसको लागि सुनुवार डट ओआरजि र चुप्लु समाजले सबै आवश्यकीय कामहरु पुरा गर्ने चरणमा पुगेको छ ।

4 Comments to निकट भविश्यमा कोइँच रागिमा एफ एम रेडियो स्टेशन स्थापना हुँदै

  1. thari kayaba says:

    बधाइ संलग्न सकै केाँइचहरूलार्इ र प्रगति र सफलताकेा अग्रिम शुभकामना …

  2. thari kayaba says:

    बधाइ संलग्न सकै केाँइचहरूलार्इ र प्रगति र सफलताकेा अग्रिम शुभकामना …

  3. Chandra Kumar Sunuwar (Noplicha) says:

    Good news, Keepm it countinue.I will back very soon my villiage and nation. I want contribute my rest of time to sunuwar society.

  4. Chandra Kumar Sunuwar (Noplicha) says:

    Good news, Keepm it countinue.I will back very soon my villiage and nation. I want contribute my rest of time to sunuwar society.

Leave a Reply

Your email address will not be published. Required fields are marked *