All about Sunuwar

कोइँच (सुनुवार) वस्तीमा स्वास्थ्यकर्मीको लापरवाही

चुपलु दामलोच
२६ फागुन, यालाखोम । कोइँच (सुनुवार) वस्तीमा अहिले स्वास्थ्यकर्मीको गम्भीर लापरवाही भएको छ । बुज (भूजी) गा.वि.स वडा नं. ७ सिम्लेकी २५ रेसिना सुनुवारको ब्लुक्रस अस्पताल, त्रिपुरेश्वरमा उपचार गर्दा गर्दै हिजो बेलुकी मृत्यु भयो । फागुन १६ गते बेलुकी भुजी उप स्वास्थ्य चौकीमा प्रसुतीको लागि भर्ना भएकी रेसिना सुनुवारलाई अहेव भरत महतोले भर्ना लिई बिपी हाइ भएको अबस्थामा पनि एक इन्जेक्सन (के को हो थाहा नभएको) दिई प्रसुती हुने विश्वासता गराएपछि घर फर्केको उनका शिउ (ससुरा) शेरबहादुर सुनुवारले बताउँदै १७ गते प्रसुती गराउन नसक्ने जनकारी गराएपछि काठमाडौं ल्याएको जानकारी गराउनु भयो ।
अहेव भरत महतो मन्थलीबाट कारवाहीमा परी भूजी हेल्थपोष्टमा सरुवा भएको हुन् । अहेव महतोको मनमानी तथा गल्तीको कारण गाउँमा विभिन्न गम्भीर घटना गराएकाले लिखुभूजी क्लबले र्सार्वजानिक सुनुवाई गरीसकेको जानकारी गराउँदै मनोजकुमार सुनुवारले रेसिनाको मृत्यु भए पछि गाउँबाट भागेको बताउनु भयो ।
महतोले गाउँमा सोझा सादा व्यक्तिलाई कपडा माथिबाटै इन्जेक्सन दिने, दुखेको दाँत उखाल्नु पर्नेमा अर्को दाँत उखाल्ने, सोझा सादा गाउँले छोरीचेलीलाई यौनदुराचार गर्ने, सित्तैमा पाउने औषधिलाई भारी शुल्क लिने, अवैधानिक तरिकाले गर्भ तुहाउने कार्य गरेको जनगुनासो रहेको छ ।
यो घटना भूजीको मात्र होइन । कोइँच बस्तीका स्वास्थ्य चौकीहरुमा सोझासादा कोइँचहरु माथि स्वास्थ उपचार पाउने गम्भीर मानव अधिकार उलंघन भएको छ । विभिन्न कोइँच गाउँमा र्सवसुलभ स्वास्थ्योपचार गर्ने स्वास्थ्य संस्थाहरु नभएको कारण यस्ता घटनाहरु वारम्वार घटेको हो । यस्ता कम दक्षा व्यक्तिहरुले गाउँघरमा क्युरेट गराउने आफुले गर्न नसक्ने उपचार पनि पैसाको लोभमा गर्न सक्छु भन्ने धेरै कोइँचहरुको जनगुनासो रहेका छ । कोइँच गाउँमा यस्तो लुकाइएको हजारौं घटनाहरु रहेको छ ।
यस्तो घटनाले कोइँच वस्तीमा कोइँचले पाउनु पर्ने स्वास्थ्योपचार सम्बन्धि अधिकारका वारेमा सबै कोइँचहरु सचेत हुनुपर्ने देखिन्छ । कोइँचको मानव अधिकार उलंघन भएकोमा आम कोइँचहरु जाग्नु पर्ने देखिन्छ । अहिले जान्नेबुभ\mने कोइँच युवा तथा शिक्षित वर्गहरु गाउँबाट बाहिर जानु पर्ने वाध्येताका कारण सोझासादा गाउँले कोइँचहरुको गम्भीर मानव अधिकार हनन् भएको छ ।

4 Comments to कोइँच (सुनुवार) वस्तीमा स्वास्थ्यकर्मीको लापरवाही

  1. subha says:

    “Little knowledge is very danger” यस्तो सर्भ साधारण संग सिधा सरोकार राखने विसयमा हेल्चाक्राई गर्ने माथि तुरुन्त कारबाही गर्ने बेला मा रब्जनिक सुनवाई मात्रै हुन्न उसलाई त आजै कुनै पनि अबस्थामा पनि नेपाल भरि अयोग्य ठहरिने गरि राष्ट्रिय दैनिक पत्रिकामा फोटो सहित सूचना निकाली प्रसासन मा औझाउनु परथियो, उसको गल्ति ले रेशिना सुनुवार को मृत्यु भयो अब यसको जिम्मा कसले लिने ? हरामी महतो त भागी नै सक्यो , साचिकै हाम्रो कोइंच हरु सुधो हुनु नै पनि यसको मुख्य कमजोरी को पनि फाइदा उठाएको देखिन्छ, चोर महतो ले इंडिया बाट किनेर ल्याएको प्रमाण पत्र प्रमाणित गर्ने सचिव पनि यहाँ दोषी छन् किन प्रमाणित गर्ने बेला मा सहि प्रमाण पत्र होकी होइन भनेर हेर्ने काम उनि हरु कै हो, यो घुस खोरिको देशमा कसको के लाग्छ र ?

  2. subha says:

  3. thari kayaba says:

    बेथितिमै चलेकेा मुलुकमा थिति खेादै थाकिने भैयेा त ? अब त लाग्ना थाल्येा निरङकुस्तै ठिक ।।।।

  4. thari kayaba says:

    बेथितिमै चलेकेा मुलुकमा थिति खेादै थाकिने भैयेा त ? अब त लाग्ना थाल्येा निरङकुस्तै ठिक ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *