All about Sunuwar

आदिवासी विद्यार्थीहरुको नेतृत्व गर्न कोइँच विद्यार्थी जर्ुर्मुराए

सुनुवार डट ओआरजि समाचारदाता
२६ फागुन, यालाखोम । तेस्रो सम्मेलन पछाडि विभिन्न परिस्थितिले गर्दा सेलाउन पुगेको सुनुवार विद्यार्थी समाज (सुविस) को चौथो सम्मेलन पस्चात पुनः जर्ुर्मुराउन थालेको छ । आज नेपाल आदिवास जनजाति विद्यार्थी महासंघ काठमाडौं जिल्ला परिषदमा तिलक सुनुवार सहसचिव पदमा निर्वाचित भएका छन् । सो परिषद गठनको लागि सुविसले तीन जना प्रतिनिधि र दर्ुइ जना पर्यवेक्षक पठाएको थियो । यस भन्दा अगाडि नेपाल आदिवासी जनजाति महासंघको भक्तापुर, ललितपुर, काठमाडौं जिल्ला समन्वय परिषद सम्मेलन भई निर्वाचन हुँदा पनि क्रमशः सुदिप सुनुवार सहसचिव, यामवहादुर सुनुवार सचिव र गोपाल सुनुवार सदस्य पदमा चुनिनु भएको थियो । अहिले विद्यार्थीको चुनावमा पनि कोइँचहरुबाट आदिवासी जनजातिको नेतृत्व गर्न सक्षम छौं भन्ने दाबी अगाडि सारेका छन् । सुनुवार विद्यार्थी समाजका अध्यक्ष सुदिप सुनुवारले भन्नुभयो, ‘अहिले केन्द्र भंग भएको र ठूला र बलियाहरु सधैं बलिया र ठूला हौं भन्ने दम्भको अन्त भएको छ । यो काल भनेको सबै समान हौं भन्ने सोँच विकास भएको अवस्था हो र यहाँ कोही पनि साना ठूला छैनन् भन्ने हो । यसैले अब हिजोदेखि एक जाति वा एक वर्ग वा ठूला समुदायले कुनै पनि संस्था वा राज्यसत्तालाई आफ्नो हातमा लिएर चलाउँछु भन्ने मानासिकताबाट मुक्त हुनु पर्छ । अहिले हामीसमतामूलक, र्सवहित गर्ने र सबैलाई सम्मान गर्न सक्ने बहुल संस्कृति, मूल्य-मान्यता बोकेको समाजको निर्माण गर्ने संगीन घडीमा छौं । यस्तो अवस्थामा कोइँचको पनि हरेक तह र तप्कामा हरेक संघसंस्था र क्षेत्रमा उपस्थिति हुनु पर्छ । यदि यस समयमा हामी भुक्यौं भने हामी पुनः ५० औं वर्षपछाडि पर्ने छौं यसैले अबका दिनमा सुनुवार विद्यार्थी समाजको भुमिका कोइँचको मानव अधिकार स्थापित गर्नमा अहम हुने छ ।’ हिजाका दिनमा धेरै अल्पसंख्याक आदिवासी जनजातिको मात्र हलीमुहली भएको नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको नेतृत्व अब थोरै अल्पसंख्याक आदिवासीले गर्नु पर्दछ भन्ने धारणा राख्दै हरेक कोइँचले आ-आफ्नो क्षेत्र र पहुँचबाट लबिङ गर्नु पर्ने पनि विचार पनि राख्नु भयो ।
सम्मेलन भए पछिका दिनमा सुनुवार विद्यार्थी समाजले अहिले विभिन्न कार्यक्रमका खाका तथा एक वषर्ीय कार्यात्मक संगठानिक पात्रो तथा विभिन्न जनजागरणको कार्यक्रमको तय गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *