All about Sunuwar

भूजीका अहेवा, प्लेततिका प्रहरी र अर्जुन बस्नेतबाट पीडितहरुले कुनै क्षतिपर्ूर्ति पाएनन्

चुप्लु दाम्लोच समाचार विश्लेषण
२७ फागुन, यालाखोम । २१ गते बसेको वार्ताले कुनै निश्कर्षननिकालेकाले आज बसेको वार्तामा पिडीत तिलकबहादुर सुनुवारलाई प्रहरी र अर्जुन बस्नेतले क्षतिपर्ूर्ति नदिने भए । भर्खरै प्राप्त समाचार अनुसार अस्तिको मौखिक सहमतिमा पिडीत उपचार गरी गाउँ पुगे पछि गम्भीर रुपमा वार्ता गर्ने टुँगो भएको थियो । तर आज त्यो सहमति उलंघन भएको छ । कोइँच (सुनुवार) हरुलाई राज्य प्रशासनले हेपेको इतिहास त २४० वर्षअगाडिकै हो । कतै प्रहरीले हेप्ने, कतै गाउँ विकास समितिको सचिवले थर्काउने, कहीँ स्वास्थ्यकर्मीले हेलच्याक्र्राई गर्ने, कतै शिक्षकले फसाउने यी पीँडा कोइँच वस्तीको लागि नौलो होइन । कोइँचलाई राजनीति गर्न सिकाउनेहरु यो घटनामा भने चुप देखिए, खोइ किन बोलेनन् कुरा बुझनु पर्ने छ सबै कोइँचले । उक्त तिलकबहादुरको घटनालाई पनि एमाले र काङ्ग्रेस लगायत माओवादीले दबाउने प्रयास गरेको वार्तामा संलग्न कोइँचको दाबी छ । राजनीतिक संरक्षणमा प्लेततिकोभन्दा बढी जघन्य अपराध भएको घटना र्सवविविदै छ । विराटनगरमा परशुराम वस्नेत काण्ड, चितवानको जेलभित्रै घटाएको काण्ड सामान्य उदाहरण हुन् । राजनीतिको झोला बोकेर हिड्ने कोइँचहरुले पनि अब कसको हितको लागि एमाले, कांग्रेस, माओवादी, राप्रपालाई भोट दिने सोच्नु पर्ने बेला भएको छ । अन्य आदिवासी जनजातिले सोचीसकेकाले केही हदसम्म उपलब्धि गरीसकेका छन् । कोइँचमा त्यस्तो चेत नआउँदा ज्यान जाँदा समेत मुकदर्शक भएर बस्नु बाध्ये छन् । कोही कोइँच घटना प्रति सल्लाहसूझाब र सुरक्षित उन्मुक्तिको सल्लाह सूझाव दिनुको साट्टो निर्देशन गर्छन् भने कोही रमिते भएर बसेका छन् भने कोही उल्टै उक्त घटनालाई सामसुम गर्ने कामतिर दौडिन्छन् भने कोही अन्धाधुन्दा बोली पठाउँछन् । घाँटी हेरी हाड निल्नु पर्छ भन्ने नेपाली उखान अनुसार आफ्नो औकात, हैसियत अनुसार बुद्धि विवेकको प्रयोग गरी ऐक्यवद्धता र र्सवसम्मति, मान्यता लिएर यस्ता वार्तामा बस्नु भन्दा तातै खाउँ जली मरु भन्ने चलन छ । र, तत्काल उपलब्धिको आपेक्ष गरेको देखिन्छ । ओखलढुंगा जिल्ला कटुञ्जे ककनीका ताराबहादुर काःतिचको प्लास टु पढ्ने छोरालाई माओवादीले नारायणटार जोरपाटीबाट अपहरण ज्यान गायब बनाएको थियो । सात सालमा कति कोइँचको ज्यान गयो कुनै लेखाजोखा छैन । ४६ सालमा पनि त्यस्तै भयो र २०६२/६३ पछि पनि त्यै हाल छ ।
इतिहास साँक्षी छ । हामी इतिहास खोज्दै जुन हामीले पढ्यौं गलत इतिहास पढाइयो त्यसैको आधारमा वकालत पनि गर्र्छौं । अब खोटो इतिहासको साँक्षी बस्ने कित्तामा कोइँच उभीनु हुँदैन । सात सालका चन्द्र, कृष्णको साहास ४६ सालको राम, कृष्ण, खड्गको आलो रगत ६२/६३ मा अरुण, अमरमाथि भएको ज्यादती प्रति कोइँच जाग्नु परेको छ । बुजमा अहेवाले निरन्तर गरीरहेको गल्तीलाई ढाकछोप गर्ने स्वास्थ्य चौकीका सञ्चालक समितिका सदस्यहरुलाई पनि तह लगाउनु परेको अवस्था छ । प्लेतति र भूजीको घटनाले यही पाठ सिकउँछ । गाउँमा पार्टर्ीी राजनीतिको दबावले गर्दा आफू माथि घोप्टिएको कालो आकाश पनि थेग्नु परेको छ । हालसालै घटेका घटनाले गाउँका कोइँचहरुलाई एक जुट हुने सन्देश पस्केको छ भने गाउँबाट ब्रेनड्रेन भएर देशविदेशमा अप्रवासी बनेका कोइँचहरुले ताइँ हर्ेर्ने वा घमण्ड देखाउनुको बदाला आ-आफ्नो क्षेत्र, तह र तप्काबाट पीडितहरुलाई कसरी राहत दिलाउने र सम्बन्धित कर्मचारीलाई कानुनी दायरामा ल्याउने बुदिमत्ता उपाय अगाडि सार्नु पर्ने अवस्था आएको छ । त्यस्ता साहासी रगत भएको नेतृत्वदायी कोइँचको खोजी कोइँच समुदायमा सधैं रही रहृयो, छ, भोलि नहोस, कामना गरौं । दुःखको कुरो के हो भने अलिकति जान्ने बुझने कोइँच गाउँमा बस्यो भने माखेसाङ्लो बनाएर अप्ठ्यारोमा पारेर आफ्नो प्रभुत्व कायम राखी राख्नेहरु स्वायम कोइँचहरु पनि छन् । यस्ता खस बाहुनका दलाल कर्मचारी कोइँचहरुका बारेमा पनि गाउँ तथा गाउँबाट प्रवासी भएर बसेका कोइँचले गहिराइमा बुझनु आवश्यक छ ।

4 Comments to भूजीका अहेवा, प्लेततिका प्रहरी र अर्जुन बस्नेतबाट पीडितहरुले कुनै क्षतिपर्ूर्ति पाएनन्

  1. प्रकाश जिजिच says:

    संक्रमणकालिन अवस्थामा गुज्रिरहेको मुलुकमा बिशेसगरी आदीबासीहरुले अरुको तुलनामा अझ बढी पिडा भोग्नु बाध्य भैरहेको हुन्छ / यसलाई हामीले सहज रुपमा लिनु हुन्न / यसको लेखाजोखा गरेर अब पुर्ताल गर्ने तर्फ पनि लाग्नु पर्छ / तिलक को घटनाको सम्बन्धमा कुट्ने पक्ष माओबादीहरु नै हुन् भन्ने बाहिर आएको छ / यसलाई हामीले बुझ्नु जरुरी छ

  2. प्रकाश जिजिच says:

  3. chandra pks sunuwar says:

    The best idea to solve the problem is to log the case in court of ramecchap against the criminal (DSP &BASNYAT) because this is political battle and has to be solve through politically and this is chance for Kirantis to learn how to defeat enemy politically without using phisical force and need to know pen is mightier than sword.In past according to our culture Kirantis only depend on their phisical strenght such as go to Jatra and break skull using ghangaruko latthi and cut down their limbs using Khukuri this kind of (Mudhe bal) doesn’t work anymore need to be (Kalam vir).Although this case is very individual it can only encourage police hagemony in sunuwar village if we remain silence so we must teach him some lesson through politically and this should be done by the regional members of SWS of Bhuji and Preti and must be supported by the central commitee of SWS and all the rest of the sunuwar should united being one under their Flag and must demand for his (DSP) removal from that post.

  4. chandra pks sunuwar says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *